रिलायन्स स्पिनिङ मिल्सलाई उच्च अदालतले दियो सफाइ

काठमाडौं । बुक बिल्डिङ विधिमार्फत सवसाधारणका लागि शेयर जारी गर्न लागेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई प्रिमियम मूल्यमा साधारण शेयर निष्कासन गर्न अदालतले बाटो खुला गरिदिएको छ । महँगो र अस्वाभाविक मूल्यमा शेयर जारी गर्न लागेको भन्दै सो कम्पनीको शेयर बिक्रीमा रोक लगाउन माग गर्दै परेको रिट बुधबार उच्च अदालत पाटनले खारेज गरिदिएको छ । यसअघि नेपाल […]

दुई हजारले बढ्यो सुन

काठमाडौं । सुन र चाँदीको मूल्य बढेको छ । आज शुक्रबार सुनको भाउ दुई हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रति तोला एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य […]

नेपाललाई उच्च सम्भावनायुक्त बजारसँग प्रत्यक्ष संलग्न हुने अवसर: सिइओ जोशी

काठमाडौं । नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले लन्डनमा आयोजना गरिएको वर्ल्ड ट्राभल मार्केट २०२४ (डब्ल्यूटीएम) मा सहभागिता जनाएको छ । २०८१ कात्तिक २० देखि २२ गते ( ५–७ नोभेम्बर २०२४) सम्मका लागि तय गरिएको वर्ल्ड ट्राभल मार्केट–२०२४ मा नेपालले साहसिक यात्रा, सांस्कृतिक विविधता, र दिगो पर्यटनका लागि अग्रणी गन्तव्यको रूपमा आफ्नो उपस्थिति जनाउँदै गर्दै विश्व […]

वहालवाला मन्त्रीकै कम्पनी कालोसुचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सुचीमा राखेको निर्माण कम्पनीमा बहावाला मन्त्रीको कम्पनी पनि परेको छ । एक दर्जन बढी निर्माण कम्पनीलाई कालोसूचीमा राख्दा बहालवाला मन्त्रीको कम्पपनी पनि कालो सुचीमा परेको हो  । सार्वजनिक खरिद तथ अनुगमन कार्यालयले अध्याबधिक गरेको सुचीमा रामेछापका प्रतिनिधिसभा सदस्य एंव ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ मुख्य व्यक्ति रहेको कान्छाराम कन्सट्रक्सन […]

अमेरिकी डलर र युरोको भाउ बढ्यो, नेपाली रुपैँया इतिहाँसकै सस्तो

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । बिहीबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा रहेकोमा शुक्रबारका लागि यस मुद्राको खरिदर एक […]

उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो । पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा […]

आजदेखि त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल दैनिक १० घण्टा बन्द हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार […]

एनएमबि बैंकको डिजिटल यात्राः आधुनिक प्रविधिमा अग्रणी भूमिका

काठमाडौं । प्रविधिको तीव्र विकाससँगै बैंकिङ क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग अनिवार्य जस्तै बनेको छ। यही परिप्रेक्ष्यमा नेपालका अग्रणी वाणिज्य बैंकहरूमध्ये एक एनएमबि बैंकले डिजिटल बैंकिङ यात्रामा उल्लेखनीय प्रगति हासिल गर्दै आएको छ। डिजिटल सेवाहरू विस्तार गर्दै ग्राहकहरूको बैंकिङ अनुभवलाई सहज, सुरक्षित र प्रविधिमैत्री बनाउन बैंकले निरन्तर नयाँ प्रविधि अपनाउने नीति लिएको छ। एनएमबि बैंकले स्थापनाकालदेखि […]

आइसिसी यु १९ महिला विश्वकप छनोट- नेपालको दोस्रो जित

काठमाडौं । नेपालले आइसिसी यु १९ महिला विश्वकपको एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । युएईमा जारी छनोटमा बिहीबार नेपालले कुवेतलाई १ सय ८ रनको ठूलो अन्तरले पराजित गरेको छ । १ सय ३१ रनको लक्ष्य पछ्याएको कुवेत २२ रनमा समेटियो । कुवेतका लागि ओपनर जिफाले १२ रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकमा रन […]

कामना सेवा विकास बैंकको मठमन्दिर सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । धार्मिक स्थलहरूको महत्त्वलाई ध्यानमा राख्दै, कामना सेवा विकास बैंकले मन्दिरहरूको सरसफाई र संरक्षणका लागि देशव्यापी रुपमा मठमन्दिर, पार्क सरसफाई साथै डस्टबिन हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । ”साँस्कृतिक र धार्मिक धरोहरको संरक्षण गर्नु हाम्रा कर्तव्य हो” भन्ने बोध […]