वस्तु काठमाडौं सम्पर्क समाजको २० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं । वस्तु काठमाडौंको सम्पर्क समाजको २० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका वार्ड न ५ बाट काठमाडौंमा आइ बसोबास गरेका बस्तेलीहरुको साझा सस्थाकोरुपमा रहेको वस्तु समाजले राजधानीमा विशेष कार्यक्रम गर्दै आफनो २० औं वार्षिकोत्सव मनाएको हो । समाजको २० औं वार्षिकोत्सवमा वस्तुबाट काठमाडौ आएर विभिन्न बिधामा उत्कृष्ट कार्य गरेका विशिष्ट […]

चिया बगानमा ‘लुपर’नामक कीराको प्रकोप

झापा । हल्दिबारी गाउँपालिकाको चिया बगानहरुमा ‘लुपर’ नामक कीराको प्रकोप फैलिएको छ । हरियो पत्ती उत्पादन हुने मुख्य समयमा प्रकोप फैलिएका कारण चिया किसानहरुले यसबाट ठूलो क्षति व्यहोर्नुपरेको छ । झापाको मध्यभागमा रहेको हल्दिबारी गाउँपालिकाको पाँच वटा वडाको लगभग एक हजार पाँच सय बिघा क्षेत्रफलमा फैलिएको चिया बगानमा ‘लुपर’ कीराको प्रकोप फैलिएको पालिकाका कृषि शाखाका […]

तरकारीखेतीबाटै टोलकै महिला आत्मनिर्भर

टीकापुर । टीकापुर नगरपालिका-३ कटानपुरमा तरकारीखेती गरेर टोलकै महिला आत्मनिर्भर बनेका छन् । दीप ज्योति महिला कृषक समूहका २७ जना महिला मौसमी तथा बेमौसमी तरकारीखेती गरेर लाखौँ आम्दानी लिन सफल भएका हुन् । आज भोलि कटानपुरका महिलाले बारीमा काक्रा, भिन्डी, लौका, भान्टा, तोरै, चिचिन्डा लटरम्म फलाएका छन् । महिलाहरूले प्रतिव्यक्ति पाँच कठ्ठाभन्दा बढी जमिनमा खेती […]

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व संकलन

बागमती । बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व संकलन भएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८१/८२ मा विभिन्न शीर्षकमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत अर्थात् रु ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन भएको छ । प्रदेश सरकारले आव […]

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न आग्रह

काठमाडौं । विश्व भेटेरिनरी एसोसिएसनको २०२५ को महासभामा नेपाल भेटेरिनरी एसोसिएसनले सहभागिता जनाएको छ। एसोसिएसनका पूर्वअध्यक्ष डा. शीतलकाजी श्रेष्ठले संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार सम्पन्न भएको महासभामा सहभागिता जनाएका हुन्। डा. श्रेष्ठ सार्क भेटेरिनरी एसोसिएसनको समेत प्रतिनिधित्व गर्दै महासभामा सहभागी भए। महासभालाई सम्बोधन गर्दै उनले नेपालमा पशु चिकित्सकहरूले गरेको योगदानको चर्चा गर्दै नेपालमा पशु […]

पशुपालक किसानलाई ३८ लाख अनुदान

म्याग्दी । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०८१/८२ मा पशुपन्छी र माछापालक कृषकलाई रु ३८ लाख अनुदान वितरण गरेको छ। ४३ वटा फर्म, समूह र सहकारी संस्थाले केन्द्रले सञ्चालन गरेको आठ वटा कार्यक्रममार्फत रु ३८ लाख ७० हजार ७५ अनुदान पाएका हुन्। केन्द्रका प्रमुख पशु विकास अधिकृत गोपाल गिरीले घाँसखेती […]

राजस्व सङ्कलनमा नौ दशमलव ४० प्रतिशतले वृद्धि

भद्रपुर (झापा)। आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८१/८२ मा तीन अर्ब ५१ करोड ७९ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा नौ दशमलव ४० प्रतिशतले बढी हो । कार्यालयले आव २०८०/८१ मा तीन अर्ब २१ करोड ५४ लाख ६८ हजार राजस्व सङ्कलन गरेको थियो । आव २०८१/८२ […]

न्यून ज्यालामा काम गर्न बाध्य हुम्लाका श्रमिक

हुम्ला। सरकारले न्यूनतम प्रारिश्रमिक निर्धारण गरिरहँदा हुम्लाका नागरिकहरू न्यून ज्यालामा काम गर्न बाध्य भएका छन्। श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयले यही आर्थिक वर्षदेखि कार्यान्वयन गर्ने गरी मासिक दैनिक, प्रतिघण्टा तथा आंशिक समयमा काम गर्ने कामदारको न्यूनतम पारिश्रमिक निर्धारण गरी रहँदा यहाँका नागरिक त्यसको दोब्बरभन्दा कम ज्यालामा मजदुरी गर्न बाध्य छन्। श्रम ऐन २०७४ को […]

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

नवलपरासी । यातायात व्यवस्था कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले आर्थिक वर्ष २०८१/८२ मा २८ करोड ४५ लाख ८७ हजार ९८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा कार्यालयको राजस्व सङ्कलन अघिल्लो आव कै हाराहारीमा भएको यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख सुरेश जैसवालले बताए । “गत आवमा सवारी साधन कर सङ्कलन बापत २२ […]

कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि स्थानीय चिन्तित

भोजपुर । टेम्केमैयुङ गाउँपालिकाको गुम्बा–कोट– दिप्सा–पाँचधारे सडक कालोपत्र गुणस्तरहीन भएको जनाउँदै कोटका स्थानीयवासी चिन्तित भएका छन् । कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै उप्किएको तथा कालोपत्र सडकमा घाँस उम्रिएपछि स्थानीय चितिन्त भएका हुन् । यहाँ कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किनुका साथै बीच सडकमा घाँस उम्रिएको टेम्केमैयुङ ६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए । […]