एक दिवसीय टोलीमा अनिलको पुनरागमन

काठमाडौं। विकेटकिपर तथा ब्याटर अनिलकुमार साह र बलर शाहब आलमले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु टोली यूएई र अमेरिकाबीच हुने त्रिकोणात्मक सिरिजका लागि यी दुई खेलाडीलाई पुनरागमन गराएको हो। दुबई अन्तर्राष्ट्रिय रंगशालामा सिरिज आगामी २६ अक्टोबरदेखि सुरु हुनेछ। अक्टोबर २६ मा नेपाल […]

पदयात्रीको ‘रिफ्रेस सेन्टर’ भुरुङ–तातोपानी कुण्ड

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ–तातोपानी कुण्ड ‘रिफ्रेस सेन्टर’को रूपमा विकास भएको छ । भुरुङ तातोपानी कुण्ड बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने–आउने, अन्नपूर्ण चक्रीय र अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदयात्राको थकान मेटाउने थलो बनेको हो । अन्नपूर्ण हिमालको आधार शिविरको तीन दिने पदयात्रा सकेर फर्किएकी बुटवलकी स्मृति न्यौपानेले तातोपानीको पोखरीमा दुई […]

घरघरमै पुगे व्यापारी, बढ्यो फूलको मूल्य

भक्तपुर । यस पटकको तिहारमा सयपत्री र मखमली फूलको मूल्य वृद्धि भएको छ । घरघरमै व्यापारी र बिचौलिया फूल लिन आउन थालेपछि मूल्य वृद्धि भएको हो । भक्तपुरमा सबैभन्दा बढी फूल खेती हुने सूर्य विनायक नगरपालिका-७ गुण्डुदेखि चाँगुनारायण नगरपालिका-९ ताथलीसम्मका किसानलाई प्रतिस्पर्धामा व्यापारीले घरघरमै गएर मूल्य बढी तिरेर फूल लिइरहेका छन् । आइतबारदेखि तिहार सुरु […]

पर्याप्त ब्रेथलाइजर मेसिन नहुँदा मापसे जाँचमा समस्या

काठमाडौं । काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) विरुद्धको कारबाहीमा प्रयोग गरिने ब्रेथलाइजर मेसिन पर्याप्त नहुँदा ट्राफिक प्रहरीलाई मापसे जाँचमा समस्या भएको छ । गत भदौ २३ र २४ गते काठमाडौंमा भएको ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण उपत्यकाका ट्राफिक प्रहरी पोस्टमा रहेका ब्रेथलाइजर मेसिन जलेर नष्ट भएकाले असहिले समस्या भएको हो […]

दुई सातापछि मेची राजमार्ग सञ्चालन

इलाम । गत असोज १८ गतेको वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग आजदेखि सञ्चालनमा आएको छ । सो राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड मर्मतसम्भारपश्चात् आज राति ९ः०० बजेदेखि सवारी सञ्चालनका लागि खुला गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिए । सडक डिभिजन कार्यालय इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीको लगातार दुई साताको प्रयासपछि […]

तीन महिनामा १८ प्रतिशत बजेट खर्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती तीन महिनामा सरकारले १८ प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत असोज मसान्तसम्ममा तीन खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख रुपैयाँ अर्थात् वार्षिक विनियोजनको १८ दशमलव ५६ प्रतिशत खर्च भएको हो । चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ […]

धोबाहा खोला पुलको ठेक्का तोड्ने तयारी

काठमाडौं । सरकारले निर्धारित समयमा निर्माण कार्य अघि नबढेका आयोजनाहरुको सम्झौता अन्त्य गर्ने प्रक्रियालाई तीव्र बनाएको छ । यसै क्रममा नवलपरासीको धोबाहा खोला पुलको सम्झौता किन अन्त्य नगर्ने भन्दै पुल सेक्टर नेपालगन्जले एक सूचना जारी गरेको छ । पुल महाशाखाले शनिबार सार्वजनिक सूचना जारी गरी सम्झौता भएको लामो समय भइसक्दा पनि काम सुरु नगरेकाले यस […]

नयाँ पार्टी खोल्ने घोषणा गर्दै मिराज ढुंगानाले भने- चुनावमा जान पार्टी खोल्न लागेका होइनौँ

काठमाडौं । जेनजी आन्दोलनका एक अगुवा मिराज ढुंगानाले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफूहरू राजनीतिक दल खोलेर अघि बढ्न लागेको बताएका हुन्। उनले भने, ‘हामी चुनावमा जाने भनेर पार्टी खोल्न लागेका होइनौँ। भिडले देश विकास हुँदैन, कि एनजीओ खोल्नुपर्‍यो कि पार्टी नै खोल्नुको विकल्प छैन। हामीले यो आन्दोलनलाई छाडेर […]

गणपति सिमेन्ट इन्डस्ट्रीजमा नयाँ लगानीकर्ता समूहको आगमन, पुनः सञ्चालनका लागि तयारी तीव्र

काठमाडौं । शिवराज–६ कपिलवस्तुमा अवस्थित गणपति सिमेन्ट इन्डस्ट्रीज प्रा. लि. मा नयाँ लगानीकर्ता समूहको प्रवेशसँगै उद्योगलाई पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी तीव्र गतिमा अघि बढेको छ। कम्पनीका अध्यक्ष अर्जुन चौलागाईको नेतृत्वमा बनेको नयाँ लगानीकर्ता समूहले उद्योगलाई पुनर्जीवित गर्ने लक्ष्य लिएको हो। अध्यक्ष चौलागाईसँगै संयुक्त राज्य अमेरिका निवासी एनआरएन विषम पाण्डे र नेपालमा व्यवसायिक रूपमा […]

सांग्रिला डेभलपमेन्ट बैंकबाट ‘एससीटी युनियन पे कार्ड’ सेवा सुरु 

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक ‘एससीटी युनियन पे कार्ड’ मा आवद्ध भएको छ । यससँगै सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले बैंकमा गएर ‘एससीटी युनियन पे’ कार्ड प्राप्त गर्न सक्नुहुनेछ । साथै, यस आवद्धतासँगै ग्राहकलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास यस डेभलपमेन्ट बैंकले लिएको छ । दुई दशकदेखि नेपालभर सुरक्षित सरल र […]