राष्ट्रपति र प्रधानमन्त्रीद्वारा निर्वाचन सुरक्षाको विषयमा सुरक्षा निकायका प्रमुखसँग छलफल

काठमाडौं । सुरक्षा निकायका प्रमुखहरूसँगको बैठक शीतलनिवासमा सकिएको छ। राष्ट्रपतिको पहल र प्रधानमन्त्रीको समन्वयमा भएको बैठकमा सबै चारवटै सुरक्षा निकायका प्रमुख, गृहमन्त्री र अन्य मन्त्रीहरूको उपस्थिति थियो । बैठक निर्वाचनको वातावरण र सुरक्षाका विषयमा केन्द्रित थियो। सबै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराए । अहिलेभन्दा कठिन अवस्थामा पनि […]

तिथिको भोग घटबढले यसपालि छ दिनको यमपञ्चक

महोत्तरी । उज्यालो र उमङ्गको रमाइलो चाड दिपावली आजदेखि सुरु भएको छ । सामान्यतः पाँच दिनको हुने यो पर्व यसपालि तिथिको भोग घटबढले एक दिन बढेर छ दिन भएको हो । मधेशको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्व मैथिल परम्परानुसार आज ‘धनतेरस’ बाट सुरु भएर आउने बिहीबार ‘भैयादुज’ मनाइएसँगै सम्पन्न हुनेछ । […]

अर्थमन्त्री खनालको सिंगापुरका राष्ट्रपति थार्मानसँग शिष्टाचार भेट

काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वर खनालले सिंगापुरका राष्ट्रपति थार्मान शनमुगारातनमसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उक्त भेटमा राष्ट्रपति थार्मानले देशको तिव्र आर्थिक विकासका मानव पुँजी, पूर्वाधार, उर्जा, व्यापार र खुल्लापनमा लगानी केन्द्रित गर्न अर्थमन्त्रीलाई सुझाव दिएका थिए । अर्थमन्त्री खनालले नेपाल सरकारले युवाको […]

कालीगण्डकी करिडोरको सेतोखोलामा बन्यो मोटरेबल पुल

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–३ मा रहेको सेतोखोलामा मोटरबल पुल निर्माण भएको छ। बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय मुस्ताङले २५ मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो। पुल निर्माण भएपछि सेतोखोलामा जोखिम मोलेर सवारीसाधन वारपार गराउनुपर्ने बाध्यताको अन्त्य भएको छ। आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईँले रु […]

तिहार बिदामा आयल निगमका डिपोहरु खुल्ला रहने

काठमाडौं । नेपाल आयल निगमले तिहारको बिदामा समेत आफ्ना डिपोहरू खुलै राख्ने भएको छ । निगमले शुक्रबार एक सूचना जारी गर्दै खुला रहने डिपोबारे जानकारी गराएको छ । ६ कात्तिकका दिन यस वर्ष भाइटिका परेको छ । निगमका अनुसार कोशी प्रादेशिक कार्यालय विराटनगर ४ र ७ कात्तिकका दिन खुला हुने भएको छ । मधेश प्रदेश […]

सन नेपाल लाइफद्वारा नेपाली पुरुष क्रिकेट टिमका प्रत्येक सदस्यलाई ३० लाखको बीमा

काठमाडौं । नेपाली पुरुष क्रिकेट टिमले तेस्रो पटकका लागि विश्वकपमा ऐतिहासिक यात्रा तय गरेको गौरवपूर्ण अवसरमा, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रत्येक सदस्यलाई रु ३० लाखको बीमा सुरक्षा प्रदान गर्ने भएको छ । यस अन्तर्गत, राष्ट्रिय क्रिकेट टिमका प्रत्येक सदस्यलाई ३० लाख रुपैयाँ बराबरको बीमा सुविधा र नेपालकै पहिलो इमर्जेन्सी मेडिकल सुविधा सन मेडिकेयर समावेश […]

पुनर्निर्माण, कोभिड महामारी र सङ्घीयताका कारण सार्वजनिक ऋणमा वृद्धि

काठमाडौं । नेपाल सरकारको सार्वजनिक ऋण दायित्व निरन्तर बढ्दै गएर कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४३.७ प्रतिशत पुगेको छ। पछिल्ला वर्षहरूमा ऋणको आकार उल्लेख्य रूपमा बढ्दै जाँदा जिडिपीमा सार्वजनिक ऋणको अनुपात पनि दोब्बरजस्तै भएको हो। अर्थमन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७२-७३ मा जिडिपीको २४.०७ प्रतिशत रहेको सार्वजनिक ऋणको हिस्सा आर्थिक वर्ष २०८१-८२ सम्म आइपुग्दा बढेर ४३.७ […]

हुलास र अशोक स्टिलले तिर्न थाले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता

काठमाडौं । डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टिल इण्डष्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई तिर्न सुरु गरेको छ । उद्योगले २०७२ साल माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्कलाइन प्रयोगबापतको प्रिमियम महसुलको कूल १४ करोड १२ लाख बक्यौता रकमलाई प्रतिकिस्ता ५० लाख ४३ हजारको एक मासिक किस्ता हुनेगरी […]

नगर विकास कोषको रकम प्रतिफल दिने क्षेत्रमा लगानी गरौँ : मन्त्री घिसिङ

काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने बताएका छन् । कोषका कामकारबाहीबारे जानकारी लिँदै आज उनले प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी विस्तार गरी कोषलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक रहेको बताए । मन्त्री घिसिङले विद्युतीय सवारी साधन, चार्जिङ स्टेसनजस्ता ‘इ-मोबिलिटी’का क्षेत्रमा लगानी गर्न सम्बद्ध पक्षलाई सुझाव दिए । […]

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ। बैंकको असोज ३१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको […]