एभरेष्ट बैंकको २० प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले २० प्रतिशत लाभांश घोषणा गरेको छ । यस बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक र एभरेष्टको आगामी साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।  

संयुक्त उर्जा लिमिटेडले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाडौं । संयुक्त उर्जा लिमिटेडले ४१ लाख ६० हजार कित्ता सेयर आइपीओ मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ४१ करोड ६० लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्न लागेको छ । यसका लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । संयुक्त उर्जा लिमिटेडले म्याग्दी जिल्लाको रघुगंगा […]

एनआईएमबि एस क्यापिटलका ३ वटा म्युचुअल फन्डको लाभांश घोषणा, कसको कति ?

काठमाडौं । एनआईएमबि एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल ग्रोथ फण्ड, एनआईबीएल समृद्धि फण्ड-२ र मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड-१ को लाभांश घोषणा भएको छ । एनआईबीएल ग्रोथ फण्डले गत वर्षको नाफाबाट करसहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । त्यस्तै, मेगा म्युचअल फन्डको […]

२ वटा म्युचुअल फन्डको इकाई मूल्य समायोजन

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नबिल ब्यालेन्स्ड फण्ड-२ र नबिल ब्यालेन्स्ड फण्ड-३ को नगद लाभांशमा मूल्य समायोजन भएको छ । नबिल ब्यालेन्स्ड फण्ड-३ को १३ प्रतिशत नगद लाभांश (कर सहित) मूल्य समायोजन भएको छ । फण्डको बिहीबारको क्लोजिङ प्राइसलाई १०.६१ रुपैयाँमा मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात फण्डको इकाई मूल्य ९.३१ रुपैयाँ कायम […]

एन आई सी एशिया बैंकका ग्राहकलाई स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा १५ प्रतिशत छुट

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई धनगढी, कैलालीमा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट सुविधा उपलब्ध प्राप्त गर्न सक्ने छन् । स्वास्थ्य उपचार गर्दा छुट उपलब्ध गराउने सम्बन्धमा हस्पिटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले धनगढी, कैलालीमा रहेको उक्त हस्पिटलमा […]

चाडपर्वलाई लक्षित गर्दै महालक्ष्मी विकास बैंकद्धारा क्रेडिट कार्ड मार्फत टुर प्याकेज खरिद गर्न सकिने योजनाको सुरुवात

काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराईरहेको महालक्ष्मी विकास बैंकले आगामी चाडपर्वहरुलाई लक्षित गर्दै बैंकको क्रेडिट कार्ड प्रयोग गरी सहज र सुरक्षित तरिकाले टुर तथा भ्रमण प्याकेज खरिद गर्न सकिने सुविधाको सुरुवात गरेको छ । चाडपर्वहरुमा नेपालीहरु विभिन्न देशहरु घुम्न जाने प्रचलनलाई मध्यनजर गर्दै बैंकले यो योजनाको सुरुवात गरेको हो सो […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले महिला उद्यमी नेपालका सदस्यहरुलाई विभिन्न सेवाहरुमा छुट दिने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपाल बिच व्यावसायिक सम्झौता भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपाल बिच नेपालका महिलालाई उद्यम क्षेत्रमा आकर्षित गरी महिला व्यवसाय प्रवद्र्धन गर्न बैंक बिच सम्झौता भएको हो । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश […]

बिहीबार नेप्से सूचक घट्यो, कारोबार रकममा भने वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि नेप्से सूचक घटेको छ । नेप्से परिसूचक ६.५५ अंकले घटेर २७१९.७७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.११ अंकले घटेर ४६९.८३ विन्दुमा पुगेर बन्द भएको छ । फ्लोट इन्डेक्स ०.४७ अंकले र सेन्सेटिभ इन्डेक्स ०.२६ अंकले घटेको हो । बिहीबार ३१७ वटा […]

एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुलाई बुटवल हस्पिटलमा १५ प्रतिसतसम्म छुट

काठमाडौं । एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुले बुटवल हस्पिटलबाट प्राप्त गर्ने सेवामा छुट प्राप्त गर्नेछन् । एनएमबि बैंक र बुटवल स्थित बुटवल हस्पिटल प्राइभेट लिमिटेडबीच सम्पन्न भएको सम्झौता बमोजिमसो छुट प्रदानगर्न लागीएको हो । सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारी/परिवार एवं ग्राहकहरुले हस्पिटलले प्रदान गर्ने सेवाहरुमाविशेष छुट पाउनेछ्न । हस्पिटलले प्रदानगर्ने सेवाहरु बेड चार्ज, ल्याव टेस्ट, […]

काठमाडौंको कलंकीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उदघाटन

काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले काठमान्डौमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ। काठमान्डौको कलंकीस्थित टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रा.लिलाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सले यो शोरूम उद्घाटन गरेको हो। बुधबार आयोजित औपचारिक समारोहमा टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रा।लि। का सन्चालक प्रज्ज्वल अधिकारीज्यु र लेमिनार टायल्सका […]