सुन तस्करी प्रकरणमा जोडिएका दावा छिरिङको होटल भियनामा सीआईबीको छापा
काठमाडौं । सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ मुलका बेल्जियम नागरिक दावा छिरिङ समेतको लगानी रहेको होटल भियनामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ ।हुण्डी कारोबार भएको आशंकामा सीआईबीले छापा मारेको बताइएको छ । हुण्डी रकमसहित केही व्यक्तिलाई पक्राउ गरिएको सीआईबी स्रोतले बताएको छ । तर, यसबारे सीआईबीले भने केही पनि सार्वजनिक गरेको छैन […]

