पोखरामा किसानका लागि आइपिएम पाठशाला

गण्डकी । कास्कीको पोखरा महानगरपालिकामा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) किसान पाठशाला सञ्चालन गरिएको छ । पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनोहर कडरियाले वडा नं ११ स्थित काहुँ सिस्नेरीमा किसानलाई प्राङ्गारिक विधिबाट खेतीगर्न ज्ञानसीप उपलब्ध गराउने उद्देश्यले पाठशाला सञ्चालन गरिएको जानकारी दिए । व्यावसायिक कृषिप्रति आकर्षण बढ्दै गएकाले स्थानीय किसानलाई रासायनिक मल र विषादीको प्रयोगबिना […]

नारायणगढ–बुटवल सडक: पाँच वर्षमा पचास प्रतिशत काम पूरा

नवलपुर (नवलपरासी) । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । बयालीस महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले ६३ महिनामा ५० प्रतिशत काम पूरा गरेको छ । नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार वैशाख १५ सम्म पूर्वी खण्डमा ३३ किलोमिटर कालोपत्र भएको […]

नेपालको आर्थिक वृद्धि ३.१ प्रतिशत मात्र रहने 

काठमाडौं ।  अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) ले सन् २०२४ मा नेपालको अर्थिक वृद्धि ३.१ प्रतिशत मात्र रहने प्रक्षेपण सार्वजनिक गरेको छ । सरकारले बजेटमा चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धि ६ प्रतिशत हुने लक्ष्य राखेको छ । आईएमएफले यसअघि सार्वजनिक गरेको भन्दा आर्थिक वृद्धिको लक्ष्य १.९ प्रतिशतले घटाएको हो । गत असोजमा सार्वजनिक इकनोमिक आउटलुकमा […]

सिईडिबि हाइड्रोपावरको सेयर मूल्य समायोजन

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनसमा सेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुधबारदेखि बैशाख ३१ गतेसम्म कम्पनीले बुकक्लोज तोकेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो । प्रस्तावित चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर समायोजनपछि नेप्सेले प्रतिकित्ता ७ सय २९ रुपैयाँ ७३ पैसा तोकेको छ। मंगलबार कारोबार भएको अन्तिम मूल्य ८१० […]

श्रमिक दिवसका अवसरमा चेम्बरद्धारा शुभकामना व्यक्त

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले १ सय ३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिएको छ । मे १ अथार्त अन्तराष्ट्रिय मजदुर दिवसको सन्र्दभमा शुभकामना सन्देश मार्फत चेम्बरले सम्पुर्ण श्रमजीवीको हकहित र अधिकारको पक्षमा रहेको जनाएको छ।श्रमिक बर्गको सुरक्षा, लगानीमैत्री वातावरण मार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ । नेपालको संविधान […]

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने

काठमाडौं । नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता आज भएको हो । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर गरेका  छन् । सुपर खुदीको प्रतिकित्ता एक सय अङ्कित ७५ लाख ९५ हजार कित्ता बराबर हुन आउने ७५ […]

नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबीच सम्झौता

काठमाडौं  । नेपालमा वैदेशिक लगानी भित्र्याउन नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि र कोरियन कम्पनी एमएबीसी इन्भेस्टमेन्ट ग्रुप प्रालिबीच सम्झौता भएको छ । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनमा सोसम्बन्धी सहमतिमा सम्झौता भएको हो । सम्झौतामा चीनको लागि नेपालका राजदूत विष्णु पुकार श्रेष्ठको उपस्थितिमा एमएवीसी इन्भेस्टमेन्ट गु्रपका अध्यक्ष जियोन योगं लि र नेक्सजेन म्यानेजमेन्टका प्रतिनिधि शिवराज दवाडीले हस्ताक्षर गरेका […]

मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताएका छन् । विश्व मजदुर दिवसको शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले मुलुकको आर्थिक समृद्धि र आत्मनिर्भरउन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत हुनुपर्ने बताएका हुन् । शुभकामना सन्देशमा उनले भनेका छन्, “मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत […]

श्रमिकका अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकको अधिकारको सम्बन्धमा व्यवस्था भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनहरुको कार्यान्वयनमा जोड दिँदै श्रम शोषणका सबै अवस्थाको अन्त्य गरी श्रमिकका अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ। बुधबार १३५औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसमा शुभकामना दिँदै आयोगले सरकारलाई श्रमिकका लागि संविधानमा व्यवस्था गरिएका तथा अन्तर्राष्ट्रिय श्रम सम्बन्धी सन्धिहरुको कार्यान्वयनमा जोड दिन […]

अर्थतन्त्रमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको हुने

काठमाडौं । राष्ट्रिय तथ्यांक विभागले चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको हुने बताएको छ । मंगलबार चालु आर्थिक वर्षको राष्ट्रिय लेखा सम्वन्धि वार्षिक तथ्यांकहरु सार्वजनिक गर्दै औद्योगिक क्षेत्रहरु मध्ये अर्थतन्त्रमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको हुने प्रक्षेपण गरिएको छ । कृषि, वन तथा मत्स्य २४ दशमलव शून्य नौ प्रतिशत, खानी तथा […]