झण्डै ४ करोडले घट्यो सर्वोत्तम सिमेन्टको नाफा

काठमाडौं । सर्वोत्तम सिमेन्टको खुद नाफा झण्डै ४ करोड रुपैयाँले घटेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ कम्पनीको खुद नाफा ३ करोड ९५ लाख ८१ हजार रुपैयाँले घटेको हो । बिहीबार अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको खुद नाफा १७ करोड ४२ लाख ८६ हजार रुपैयाँ रहेको […]

नेपाल इन्फ्रास्ट्रकचर बैंक(निफ्रा) को सिइओमा कृष्ण बहादुर अधिकारी नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेड को सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा कृष्ण बहादुर अधिकारीलाई नियुक्त गरेको छ । हिजो साउन ३० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम उनी सीइओ नियुक्त भएका हुन । सिइओमा नियुक्त अधिकारी यस अघि नेपाल बैङ्कमा नै सिइओको चार बर्षे कार्यकाल पुरा गरेर बाहिरिएका थिए । उनले इक्वीटी नेपालसँगको […]

दुई मनिचेञ्जरको इजाजतपत्र रद्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई मनिचेञ्जरको इजाजतपत्र रद्द गरेको छ। राष्ट्र बैंकले रेन्चो मनि एक्स्चेञ्ज ठमेल, काठमाडौं र कसा मनि एक्स्चेञ्ज पुल्चोक, ललितपुरको इजाजतपत्र रद्द गरेको हो। यी दुई मनिचेञ्जरले समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गरिएको राष्ट्र बैंकले सूचना मार्फत जानकारी दिएको छ। मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियावली, २०७७ (चौथो संशोधनसहित)को विनियम १९ को उप–विनियम […]

नेपाल टेलिकमको आम्दानी र नाफा दुवै घट्यो

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको आम्दानी घटेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमले ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आव २०७९/८० मा टेलिकमको आम्दानी ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजार रुपैयाँ थियो। समीक्षा अवधिमा टेलिकमको आम्दानी २ अर्ब ८० कराड ६५ लाख अर्थात […]

जीवन विकास लघुवित्त वित्तीय संस्थाको सात लाख भन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था को ७,०४,५०० कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ । उक्त शेयर बिक्रीका लागि नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७९ निर्देशन नं. १०/०७९ बमोजिम संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता वित्तीय संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुलाई दिनुपर्ने व्यवस्था रहेको छ । शेयर खरिद […]

दुइवटा संसदीय समितिले सभापति पाउदै

काठमाडौं ।  सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले आज नेतृत्व पाउदैछन् । संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसकी नेत्री एवं समिति सदस्य ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त समितिमा नेकपा  (एमाले) का सांसद ठाकुरप्रसाद गैरेको उम्मेदवारी परेको छ । आज ३ बजे बस्ने सम्बन्धित […]

तिते करेला र घिरौलाको मूल्य घट्दा अन्य तरकारीको मूल्य कति ?

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ८६.६७ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ९५ रहेको छ जुन हिजोको मूल्य भन्दा बढी हो  । गोलभेडा सानो लोकल मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ५५ […]

कुनै पनि नम्बर रेन्जमा एटूपी म्यासेज वा नोटिफिकेशन डेलिभरीको समस्या छैन-एनसेल

काठमाडौं । एनसेलका सबै मोबाइल नम्बर-ग्राहकहरुले कुनै पनि सर्ट कोड वा सेवा प्रदायकहरुले पठाएका वान टाइम पासवर्डहरु (ओटीपी), एसएमएस र अन्य एसएमएसमार्फत आउने जानकारी तथा सूचनाहरु आफ्नो मोबाइलमा प्राप्त  हुने जनाएको छ  । यसरी प्राप्त हुने  जानकारी तथा सूचनाहरुले विशेष गरि केवाईसीमा मोबाइल नम्बर चाहिने र आम नेपाली नागरिकलाई आफ्ना सेवा, सुविधाका बारेमा जानकारी तथा […]

आइएमई रेमिटको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल नियुक्त

काठमाडौं । आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल नियुक्त भएका छन् । आइएमई रेमिट्यान्स तथा जिएमई रेमिट्यान्सको मर्जरबाट स्थापित आइएमई लिमिटेडको सीईओमा भेञ्चर हायर पर्चेचका सञ्चालक पौडेल नियुक्त भएका हुन् । आइएमई रेमिट्यान्स  र  जीएमई रेमिट्यान्स  कम्पनी एकआपसमा मर्ज भएर आइएमई लिमिटेडको नामबाट बुधबारदेखि एकीकृत कारोबार सुरु गरेको छ  ।

आज देशैभरी पानी पर्ने सम्भावना

काठमाडौं । मौसम  पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बदली रहेको छ।   बागमती र सुदुरपश्चिम  प्रदेशका  थोरै  स्थानहरुमा  तथा बाँकी  प्रदेशका एक-दुई  स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ  । आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै […]