कात्तिक पहिलो साता भित्र डेडिकेटेड ट्रङ्कलाइन बक्यौता बुझाउन उद्योगलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगलाई पुन बक्यौता रकम बुझाउन अनुरोध गरेको छ । ४९ उद्योगको सूची सार्वजनिक गर्दै आउँदो कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन भनेको हो । तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल गर्ने प्राधिकरणले जनाएको छ ।  प्राधिकरणले सार्वजनिक सूचना निकालेर २०७२ माघदेखि २०७५ वैशाखसम्मको […]

दशैं बिदामा पनि बैंकहरु खुल्ने

काठमाडौं । दशैं बिदामा पनि अधिकांश बैंकहरुले आफ्नो सेवा सञ्चालनमा राख्ने भएका छन् । सूचना जारी गर्दै बैंकहरुले दशैं बिदामा पनि आफ्ना केही शाखाहरू खुला रहने जनाएका हुन् । अधिकांश बैंकले सार्वजनिक बिदा रहेको दिनहरू २४ गते फूलपाती, २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी र असोज २८ गते द्वादशीका दिन पनि बैंकिङ्ग […]

उद्योगपति रतन टाटाको निधन

काठमाडौं ।  भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको बुधबार राति मुम्बईको एक अस्पतालमा निधन भएको छ । टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट एक विज्ञप्ति जारी गर्दै रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको पुष्टि गरेका छन्। उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो। उनी उमेरसँग सम्बन्धित रोगबाट […]

हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो

काठमाडौं । गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । आज बिहान शुभसाइतमा दरबारका सुसारेहरुले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले बता[ए । बाजागाजासहितको ¥याली निकालेर गोरखा दरबारबाट फूलपाती पठाइएको हो । फूलपाती काठमाडौँको हनुमान ढोका दरबारमा पु¥याइएपछि आज साँझ हर्कबढाइँका […]

डिजिटल कर्जाका लागि एनएमबि बैंक

काठमाडौं । डिजिटल प्रविधिको विकाससँगै नेपाली बैंकहरुले ग्राहकलाई अनलाइनमा आधारित सूविधा प्रदान गर्दै आइरहेका छन् । इन्टरनेट र डिजिटल डिभाइसको प्रयोग बढेसँगै ग्राहक डिजिटल प्रविधिमा अव्यस्त भएसँगै बैंकहरू पनि सोही अनुसार आफूलाई रुपान्तरित गर्दै अघि बढेका छन् । डिजिटल प्रविधिको प्रयोगले ग्राहकले वित्तीय सेवा सहज र सुलभ बन्छ । डिजिटल सेवाका रुपमा बैंकहरुले विशेषगरी मोबाइल बैंकिङ […]

बेष्ट फाइनान्सले कात्तिक १४ गते बोलायो साधारण सभा

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले कात्तिक १४ गते २७औं वार्षिक साधारण सभा बोलाएको छ । असोज २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको […]

मनसुनी वायुको प्रभाव कायम मौसम पुर्णतया सफा रहने

काठमाडौं ।मौसम पुर्वानुमान महाशाखाका असार कोशी प्रदेश लगायत मधेश प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ  । आज दिउँसोː […]

दशैंअघि किसानले पाएनन् दुग्धको १ अर्ब बढी भुक्तानी

काठमाडौं । सरकारले दुग्ध किसानको २ अर्ब रुपैयाँ बक्यौता रकम भुक्तानी गरेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चाडो भन्दा चाडो दुग्ध किसानको बक्यौता रकम भुक्तानी गर्ने भने पनि त्यसो गर्न सकेन् । अर्थ मन्त्रालयले बजेट नदिए सँगै मन्त्रालयले किसानलाई रकम भुक्तानी गर्न नसकेको बताएको छ । यो सँगै चाडवाडको समयमा अर्थात् दशैंमा पनि […]

आश्विन शुक्ल सप्तमी: आज दशैं घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय ४७ […]