आइतबारबाट धनतेरस टाटा उत्सव सुरु

काठमाडौं । टाटा मोटर्सका लागि नेपालको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यस वर्षको शुभदिपावलीसँगै आउँदै गरेको धनतेरस पर्वलाई लक्षित गर्दै देशव्यापी रुपमा ‘धनतेरस टाटा उत्सव’ कार्यक्रमको शुभारम्भ गरेको छ । हर्ष र उल्लासले भरिएको यस पर्वको अवसरमा सुरु गरिएको यो कार्यक्रममा ग्राहकले आकर्षक अफरका साथ सुनको असर्फी बम्पर उपहारमा जित्ने सुनौलो मौका पाउने […]

सान्जेन जलविद्युतको ३६ लाख ५० हजार कित्ता सेयरको लक इन अवधि कात्तिक २८ गते सकिंदै

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडद्वारा  स्थानिय बासिन्दाहरूका लागि छुटाएको सेयरको लक इन अवधि आगामी कात्तिक २९ गते सकिने भएको छ । स्थानिय बासिन्दाहरुका लागि होल्ड गरेको ३६ लाख ५० हजार  कित्ता सेयरको लक इन अवधि समाप्ति हुनेछ । यी सेयरहरु लक इन खुलेपछि दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछन् ।

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आइपीओ बिक्री खुला, हेरौं कस्तो छ कम्पनी ?

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँ बराबरको २५ लाख १० हजार ४९३ कित्ता सेयर बिक्री खुला गरेको हो । श्रीनगरले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० […]

बन्धक मुक्त भएपछि गाजाका सुरुङहरू नष्ट गर्ने इजरायलको घोषणा

इजरायलले आफ्ना बन्धकहरू मुक्त भएपछि अमेरिकी स्वीकृतिमा गाजा क्षेत्रमा रहेको हमासको भूमिगत सुरुङ सञ्जाल पूर्ण रूपमा नष्ट गर्ने योजना बनाएको जनाएको छ । रक्षामन्त्री इजरायल काट्जले आइतबार जारी गरेको  विज्ञप्तिमा भने, “बन्धक मुक्तिको चरणपछि इजरायलको सबैभन्दा ठूलो चुनौती गाजामा रहेका हमास आतङ्कवादी सुरुङहरूको सम्पूर्ण विनाश हुनेछ । मैले सेनालाई यो अभियानका लागि तयार रहन आदेश […]

नेप्से सूचक ३.०५ प्रतिशत घट्यो, सबै उप-समूहमा गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात,  आइतबार नेप्से परिसूचक ७८.८३ अंकले घटेर २५०३.३५ विन्दुमा पुगेर बन्द भएको छ । बजार ३.०५ प्रतिशतले घटेको हो ।  नाफा बुक गर्ने बढ्दा सूचकमा दबाब देखिएको हो । यस दिन ३२४ वटा कम्पनीको १ करोड ४३ लाख ६४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ भने ६ अर्ब ७० […]

बिपी राजमार्गः ‘ट्र्याक’ खुलाएसँगै मर्मत थालियो

काभ्रेपलाञ्चोक। गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी ‘ट्र्याक’ खोलेर सवारी सञ्चालन गरेसँगै थप मर्मत गर्न थालिएको छ । बाढीले एक साता अवरुद्ध गराएको उक्त राजमार्ग औपचारिक रुपमा शनिबार बिहानदेखि खुलाइएको थियो । बाढीले क्षतिग्रस्त भएका स्थानमा ‘डाइभर्सन बनाएर सञ्चालनमा ल्याइए पनि साँघुरो तथा अप्ठ्यारो सडकमा मर्मत गरिरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको […]

मन्त्री कुलमान घिसिङबाट १४ वर्षदेखि अलपत्र पारिएको कन्काई पुलको निरीक्षण, पुलबारे छिट्टै निर्णय गरिने

झापा । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलको निरीक्षण गरेका छन् । हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने कन्काई पुलको स्थलगत निरीक्षण गरी मन्त्री घिसिङले निर्माण प्रगति बारे जानकारी लिनुका साथै स्थानीयसँग छलफल गरेका छन् । करिब […]

जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

तेल अभिव । इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि रहेका छन् । उनको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको प्रतीक बनेको छ । सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको विनाशकारी आक्रमणपछि दुई वर्ष लामो युद्ध सुरु भएको थियो […]

अफगानिस्तानको सीमा कारबाहीमा ५८ पाकिस्तानी सैनिक मारिएको दाबी

पेशावर (पाकिस्तान) ।अफगानिस्तानले आफ्नो भूमि र हवाई क्षेत्रको बारम्बार उल्लङ्घन भएको दाबी गर्दै आइतबार राति सञ्चालन गरिएको सीमा कारबाहीमा ५८ जना पाकिस्तानी सैनिक मारिएको जनाएको छ । यसअघि यसै साताको सुरुआतमा अफगान अधिकारीहरूले पाकिस्तानले राजधानी काबुल र देशको पूर्वी भागका बजारहरूमा बम प्रहार गरेको आरोप लगाएका थिए । पाकिस्तानले भने सो आक्रमणको जिम्मेवारी अस्वीकार गरेको […]

राष्ट्रपति अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज  भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार शनिबार उनी अस्पतालमा भर्ना भएको र उनको स्वास्थ्य अवस्था सामान्य भएकाले डिस्चार्ज भएको हो ।