मिड सोलु हाइड्रोपावरले सञ्चालन गरेको आयोजना पूर्ण रुपमा बन्द

काठमाडौं ।  मिड सोलु आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ । गएको असोज २० गते बिहान ८ः२५ बजेबाट प्लान्ट पूर्ण रुपमा बन्द गरिएको कम्पनीले जनाएको छ ।  असोज १८ र १९ गतेको भएको  वर्षाको कारणले आयोजना रहेको सोलु खोलाको सतहदेखि पहिरो गएको र सो सोलु खोलाको करिव १२० मिटर माथि हेडरेस पाइपको माथिल्लो भाग सल्लेरी […]

बालेन र सुदनविरुद्ध नेविसंघले पनि दियो जाहेरी

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीसमक्ष जाहेरी दिएको छ। भदौ २३ र २४ भएको जेनजीको आन्दोलनमा घुसपैठ गराएर विद्यार्थीहरूलाई विद्यालय पोसाकमै आन्दोलनमा आउन उक्साएको, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको आरोप लगाउँदै […]

हरेक अमेरिकी नागरिकको टाउकोमा १ करोड ५६ लाख रुपैयाँ ऋणको भार, ७२ लाख ७५ हजार जना बेरोजगार

काठमाडौं । हरेक अमेरिकी नागरिकको टाउकोमा १ लाख १० हजार डलर अर्थात, नेपाली १ करोड ५६ लाख रुपैयाँ बराबरको सार्वजनिक ऋणको भार परेको छ । ‘यूएस डेब्ट क्लक’का अनुसार प्रत्येक अमेरिकी नागरिकको भागमा १ लाख १० हजार १७९ डलर बराबरको ऋणको भार परेको हो । २ वर्ष अगाडि अर्थात, २०८० असोज २६ गतेसम्म अमरिकी नागरिकको टाउकोमा […]

अमेरिकाले दोहोरो मापदण्ड अपनाएको चीनको आरोप

बेइजिङ। राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा थप १०० प्रतिशत कर लगाउने चेतावनी दिएपछि चीनले आइतबार संयुक्त राज्य अमेरिकामाथि ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाएको छ । ट्रम्पले चीनले दुर्लभ पृथ्वी तत्व (खनिज) सँग सम्बन्धित ‘असाधारण आक्रामक’ निर्यात प्रतिबन्धहरू लगाएको भन्दै शुक्रबार आफ्नो व्यापार युद्धलाई पुनः तीव्र बनाउने घोषणा गरेका थिए । उनले नोभेम्बर १ देखि […]

मकरीगाड बन्यो व्यापारिक केन्द्र

दार्चुला। सडक यातायातको सहज पहुँचसँगै अपिहिमाल गाउँपालिका–५ स्थित मकरीगाड अहिले व्यापारिक केन्द्र बनेको छ । करिब २० वर्षअघि सामान्य होटल–पसलसम्म सीमित मकरीगाड अहिले दर्जनौँ पसल, होटल र गोदामसहितको आधुनिक बजार बनेको छ । विसं २०७६ मा मकरीगाड जलविद्युत् आयोजना सुरु भएपछि सडक विस्तारले यहाँको आर्थिक रुपान्तरणलाई गति दिएको छ । विसं २०६० देखि मकरीगाडमा व्यापार […]

बैंकिङ प्रणालीमाअधिक तरलता ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले ७ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले सातामा २ पटक आइतबार र बुधबार निक्षेप संकलन मार्फत बैंकिङ प्रणालीबाट पैसा तान्दै आएको छ। राष्ट्र […]

वीरगञ्ज भन्सारद्धारा २ महिनामा पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड राजस्व संकलन

काठमाडौं। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट रु ११ अर्ब १८ करोड संकलन गरेको छ । कार्यालयले चालु आवको दुई महिनामा रु २६ अर्ब ३३ करोड खर्चिएर पाँच थरिका पेट्रोलियम पदार्थ आयात गरेको हो । आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको […]

वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड राजश्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको २ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट रु ११ अर्ब १८ करोड सङ्कलन गरेको छ । कार्यालयले चालु आवको २ महिनामा रु २६ अर्ब ३३ करोड खर्चिएर पाँच थरिका पेट्रोलियम पदार्थ आयात गरेको हो । आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम […]

मुक्तिनाथ कृषि कम्पनीको बोनस सेयर घोषणा, हकप्रद पनि जारी गर्ने

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको बोनस सेयर घोषणा गरेको छ । यस कम्पनीले लाभांश प्रस्तावसहित कात्तिक २१ गते साधारण सभा पनि बोलाएको छ ।  सभा सिल्भर वक ब्यान्क्वेट एण्ड इभेन्ट्स सेन्टर, गैरीधारा, काठमाडौँमा दिउँसो साढे ११ बजेबाट सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर वितरण गर्ने र सोपश्चात कायम […]

सुनचाँदीको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी, चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला ३ हजार १२५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको भाउ २ लाख ३५ हजार र चाँदीको भाउ […]