नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन । पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको इच्छाकामना–५ स्थित तुइनखोला नजिकै पहिरो खसेपछि आज बिहान ९ बजेदेखि एकतर्फी मात्र सञ्चालनमा रहेको थियो । सडक डिभिजन कार्यालयको मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि बिहान ११: ०० बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको सडक सुपरभाइजर ईश्वर […]

बुधबारदेखि मोबाइलमाण्डुको दशैं ग्याजेट्स मेला, ६० प्रतिशतसम्म छुटसँगै उपहार प्राप्त गर्न सकिने

काठमाडौं । मोबाइलमाण्डुले दशैंको अवसरमा ‘दशैं ग्याजेट्स मेला’ सुरू गर्ने भएको छ । असोज १ बुधबारदेखि असोज १० गतेसम्म सञ्चालन हुने यो विशेष क्याम्पेनमा उपभोक्ताले ६० प्रतिशतसम्म छुट, कम्बो अफर, प्रि–बुकिङ सुविधा तथा रोचक उपहारहरू प्राप्त गर्नेछन् । मोबाइलमाण्डुले यस मेलामा ट्याबलेट, ल्यापटप, स्मार्टवाच, इयरबड्सदेखि लिएर विभिन्न होम एप्लायन्ससम्म उपलब्ध गराउने जनाएको छ । यसअन्तर्गत […]

चोरिएका सामग्री फिर्ता गर्न मुख्यमन्त्री कार्यालयको आग्रह

गण्डकी । जेन जेड प्रदर्शनका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालय, आयोग, निकाय, कार्यालय र आवासबाट लुटपाट गरिएका सामग्री फिर्ता गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुरोध गरेको छ । कार्यालयले आज सार्वजनिक सूचनामार्फत यही भदौ २४ गते आगजनी तथा तोडफोड गरी लुटिएका सवारीसाधन, टेलिभिजन, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फर्निचरलगायत सामग्री सम्बन्धित निकाय वा […]

गृहमन्त्री अर्यालको पहिलो निर्णय : शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख उपलब्ध गराउने

काठमाडौं । सरकारले जेनजी आन्दोलनका मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरे लगत्तै उक्त निर्णय गरेका हुन् । यो निर्णयलाई अब मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइनेछ। शोक दिवस मनाउने समय भने मन्त्रिपरिषद्ले तय गर्ने छ। यस्तै गृहमन्त्री अर्यालले मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक […]

अर्थमन्त्री खनालको पहिलो निर्णय : खर्च कटौतीका लागि टुक्रे आयोजना कार्यान्वयन नगर्ने

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि अर्थ मन्त्रालयमा मन्त्री खनाललाई कर्मचारीहरूले स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै मन्त्री खनालले आफूलाई माननीय नभन्न आग्रह गरे । मन्त्री खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन् ।   पदभार ग्रहण गर्दै उनले भने, ‘अबको […]

अर्थमन्त्री रामेश्वर खनालले गरे पदभार ग्रहण

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको अर्थमन्त्रीमा रामेश्वर खनालले पदभार ग्रहण गरेका छन्  । उनी हिजो अर्थमन्त्रीमा नियुक्त भएका थिए । उनले शीतलनिवासमा आज बिहान ११।३०  राष्ट्रपति रामचन्द्र पौडेलसँग अन्य दुई मन्त्रीहरू कुलमान घिसिङ र ओमप्रकाश अर्यालसँगै पद तथा गोपनीयताको शपथ लिएका हुन्। आगामी फागुन २१ मा चुनाव गराउने म्यान्डेटसहित जेनजी प्रदर्शनको बलमा केपी शर्मा ओली […]

खानेपानी मन्त्रालयका कामकाज नियमित सञ्चालनमा

काठमाडौं । ‘जेनजी’ युवाहरुको प्रदर्शन र आगजनीका कारण बन्द रहेको खानेपानी मन्त्रालयको कामकाज नियमित रुपमा सञ्चालनमा आएको छ । परिस्थिति सामान्य बन्दै गएपछि आजदेखि मन्त्रालय र मातहतका सम्पूर्ण निकायको काम नियमित रुपमा सञ्चालन भएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिए । उनले भने, “यही भदौ २३ गतेको ‘जेनजी’युवाको प्रदर्शनका कारण २७ सम्म मन्त्रालय र मातहतका […]

सर्वसाधारणका लागि सानिमा जिआईसी इन्स्योरेन्सको ५ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि गत भदौ ८ गते कम्पनीका विद्यामान संस्थापक […]

अख्तियारद्वारा लुटपाट एवं चोरी गरिएका सामान बुझाउन आग्रह

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही भदौ २४ गतेको आन्दोलनका क्रममा आयोग र मातहतका कार्यालयहरुबाट लुटपाट एवं चोरी भएका सामान बुझाउन अनुरोध गरेको छ । आयोगले उक्त सामग्रीहरू काठमाडौँको हकमा प्रहरी वृत्त मालीगाउँ, काठमाडौँ वा यस आयोगको कार्यालय टङ्गालमा र आयोगका मातहत कार्यालयको हकमा तत्तत् कार्यालय वा नजिकको प्रहरी कार्यालयमा आई सामान बुझाई दिनुहुनसमेत […]

प्रधानमन्त्री सुशीला कार्कीलाई नारायणकाजीले दिए ६ सुझाव

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई ६ सुझाव दिएका छन् । नेता श्रेष्ठले कार्की प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै फोन सम्पर्क गर्ने प्रयास गरे पनि सफल नभएपछि सामाजिक सञ्जालबाट सुझाव दिनुपरेको बताएका हुन् । उनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री कार्कीलाई सम्बोधन गर्दै दलभन्दा बाहिरका क्षमतावान् व्यक्तिलाई समेटेर […]