बंगलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित छन्ः परराष्ट्रमन्त्री डा राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेका जानकारी दिएकी छन् । त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूबारे सामाजिक सञ्जालमार्फत आज बिहान उनले सो जानकारी गराएकी हुन् । उनले भनिन्, ‘ढाकास्थित नेपाली दूतावासले स्थानीय अधिकारी, कलेज प्रशासन र नेपाली विद्यार्थीहरूसँग उनीहरूलाई सुरक्षित तवरले बस्ने, सुरक्षा दिने र आवश्यक […]

नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको छ । बैंकले एक सूचना जारी गर्दै कोषको ५० हजार कित्ता सेयर लिलामीमा राखेको जानकारी दिएको हो । सेयर प्रतिकित्ता न्यूनतम मूल्य ७ सय ७ रुपैयाँ तोकिएको छ । शिलबन्दी बोलपत्र साउन ७ गतेदेखि साउन १४ गतेसम्म पेस गर्नुपर्ने […]

सिद्धार्थ बैंकको ७२ हजार ९ सय कित्ता संस्थापक सेयरको बिक्री खुला

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर ७२ हजार ९२७ कित्ता सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकले संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणमा सेयर बिक्री तथा सेयर नामसारी प्रक्रिया अगाडि बढाएको हो । बैंकले चञ्चल देवी जैनको नाममा रहेका ७२ हजार ९२७ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । सेयरको प्रतिकित्ता न्यूनतम मूल्य […]

उद्योगमा बिजुलीको लाइन जोड्ने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठकले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने निर्णय गरेको छ । ट्रंकलाइन र डेडिकेटेड लाइन अन्तर्गत महशुल नबुझाएको भन्दै प्राधिकरणले उद्योगहरुको लाइन काटेको थियो । प्राधिकरणको सञ्चालक समितिको सोमबार बिहान बसेको सञ्चालक समितिको बैठकले लाइन जोड्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान […]

तोलामा एकसय रुपैँया बढ्यो सुनको मूल्य

काठमाडौं ।  आइतबार तोलाको १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ पुगेको छ ।आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २५ हजार ४३० रुपैयाँ तोकिएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४५ […]

मेची भन्सार कार्यालयद्वारा १४ अर्ब २३ करोड राजश्व सङ्कलन

काठमाडौं । पूर्वीनाका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापारघाटा रु २० अर्ब ३५ करोड ३० लाख ४० हजार पुगेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कानुसार गत आर्थिक वर्ष २०८०/८१ मा रु ४४ अर्ब ७५ करोड ६६ लाख ९४ हजार बराबरको आयात हुँदा रु २४ अर्ब ४० करोड ३६ लाख ५४ हजार बराबरको मालवस्तु निर्यात भएको […]

कागतीको मूल्य बढ्दा कुरीलो र च्याउको घट्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य घटेको छ । हिजो प्रति केजी औसत मुल्य ९५रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ६६ रहेको छ जुन हिजोको ३०.५३ प्रतिसत कम हो । गोलभेडा सानो लोकल मुल्य आज बढेको छ हिजो प्रति केजी औसत मुल्य १५ रुपैँयामा […]

बिपिए अवार्ड २०२३ बाट एनसिएचएल सम्मानित

काठमाडौं ।  नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल) लाई Institutes of Chartered Accountants of Nepal (ICAN)  द्वारा सञ्चालन गरिएको वार्षिक कार्यक्रममा ‘National Best Presented Award’ अन्तर्गत सन् २०२३ का लागि फाइनान्सियल सर्भिसेस् क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” प्रदान गरिएको छ । एनसीएचएलले आ.व. २०७९-८० को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा उक्त पुरष्कार प्रदान प्राप्त गरेको […]

कोशी,बागमती, गण्डकी र कर्णाली प्रदेशका केही  स्थानमा भारी वर्षा हुने

काठमाडौं ।  मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। देशभर साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ  छ। आज दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ […]

यस्ता छन् अपि पावरले लगानी गरेका ७ कम्पनी, अबको योजना पानी बिक्री र अपार्टमेन्ट निर्माण

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले दार्चुलाको नौगड गाढ नदीको पानी उपयोग गरि ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजनाबाट आफ्नो यात्रा सुरु गरेको थियो । ८.५ मेगावाटबाट सुरु भएको अपिले  अहिले ६२.५  मेगावाटका आयोजना निर्माण सम्पन्न गरेको छ । १७ महिनामै पहिलो आयोजना निर्माण सम्पन्न गरेको अपिले दोश्रो जलविद्युत आयोजनाको रुपमा सोहि नदीमा ८ मेगावाट […]