भीमफेदी-कुलेखानी-फाखेल र त्रिभुवन राजपथ सञ्चालनमा
हेटौँडा । अविरल वर्षापछि अवरुद्ध भएका मकवानपुर हुँदै काठमाडौं जोड्ने मुख्य सडक खण्डहरूमध्ये केही सोमबार बिहानैदेखि पुनः सञ्चालनमा आएका छन् भने केही सडक अझै पनि अवरुद्ध छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड र त्रिभुवन राजपथ (हेटौँडा–पालुङ–नौबिसे) मार्गमा सवारीसाधनको आवागमन पुनः सुरु भएको छ। तर, भीमफेदी–कुलेखानी–सिस्नेरी खण्ड र कान्ति लोकपथ अझै अवरुद्ध नै रहेको […]

