इन्टरनेट सेवा प्रदायकले सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय गर्दै

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न सुरु गरेका छन् । नेपाल टेलिकम, एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपश्चात दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पार्न सुरु गरेका हुन। नेपाल टेलिकमले एक सूचनामार्फत नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र लेखी आएकाले सोही निर्देशनबमोजिम […]

हनुमानढोका क्षेत्रको राजश्वमा वृद्धि

काठमाडौं । गत आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको राजस्वमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा करिब दुई करोडले राजस्वमा वृद्धि भएको हनुमानढोका दरबार क्षेत्र कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिएका छन्  । उनका अनुसार अघिल्लो आव २०८०/८१ मा  १७ करोड ६९ लाख आम्दानी गरेकामा गत आव २०८१/८२ मा  १९ […]

सुनको मूल्य निरन्तर बढ्दा पनि कर्जा लिने हिच्कीचाएनन् लगानीकर्ता, ८३ अर्ब २८ करोड पुग्यो सुनचाँदी धितो कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार सुनचाँदी धितो राखी कर्जा लिने दर बढेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँँदी कर्जास्वरुप ८३ अर्ब २८ करोड ७० लाख रुपैयाँ वितरण गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा २५ अर्ब २८ करोड ६१ […]

कोशी , बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने

काठमाडौं । जल तथा मौसम विज्ञान बिभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम बिज्ञान बिभाग मौसम पुर्वानुमा महाशाखाले जनाएको छ ।  लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भु-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरुमा मध्यम […]

विराटनगर किङ्सले सांगीतिक कार्यक्रम गर्ने

काठमाडौं । एनपीएल टिम विराटनगर किङ्सले कोशी प्रदेशको राजधानी विराटनगरस्थित जैन भवनमा यहि भाद्र २१ गते शनिबार सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा नेपालका चर्चित युवा आइकन गायक नितेश जंग कुँवरले मुख्य आकर्षणका रूपमा आफ्नो प्रस्तुति दिनेछन्। साथै, स्थानीय कलाकारहरू शुभम एण्ड द ब्याण्ड र मृत्युन्जयले पनि आ-आफ्नो प्रस्तुति दिनेछन् साँझ ४:३० बजे सुरु […]

अफर नै अफरसंग टाटा मोटर्सको ‘प्रि – फेस्टिभ फियस्टा’ सुरु

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले नजिकिँदै गरेको चार्डपर्वलाई लक्षित गर्दै ‘प्रि – फेस्टिभ फियस्टा’ विशेष कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रम भाद्र २० र २१ (सेप्टेम्बर ५ र ६ ) दुई दिन सञ्चालन हुने सिप्रदी ट्रेडिङले जनाएको छ । यो अवसरमा ग्राहकहरूले टाटाका नयाँ इलेक्ट्रिक मोडल […]

यस्तो छ आजको लागि बिदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ४० रुपैया ७४  पैसा  बिक्रि दर १ सय ४१ रुपैया ३४ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६३ रुपैया […]

झापा इनर्जीको आइपीओमा आवेदन दिनुअघि कस्तो छ कम्पनी ? हेरौं

काठमाडौं । झापा इनर्जी लिमिटेडले भदौ २० गते शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ४ करोड ७३ लाख ३३ हजार रुपैयाँ बराबरको ४ लाख ७३ हजार ३३६ कित्ता सेयर निष्कासन गर्न लागेको हो । झापाले यसअघि जारी पुँजी ३८ करोड १ लाख रुपैयाँको १० प्रतिशतले हुने ३ करोड […]

एभरेष्ट बैंकको २० प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले २० प्रतिशत लाभांश घोषणा गरेको छ । यस बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक र एभरेष्टको आगामी साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।  

संयुक्त उर्जा लिमिटेडले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाडौं । संयुक्त उर्जा लिमिटेडले ४१ लाख ६० हजार कित्ता सेयर आइपीओ मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ४१ करोड ६० लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्न लागेको छ । यसका लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । संयुक्त उर्जा लिमिटेडले म्याग्दी जिल्लाको रघुगंगा […]