धितोपत्र बोर्ड स्वतन्त्र तथा व्यवसायिक हुनुपर्छ: अर्थमन्त्री

काठमाडौं ।  अर्थमन्त्री वर्षमान पुन अनन्तले दक्ष र व्यवसायिक व्यक्तलाई सरकारले छिट्टै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ दिने क्रममा सांसदहरुले बोर्ड अध्यक्षको नियुक्तिबारे जिज्ञासा राखेका थिए । जवाफमा पुनले १९ आवेदकमध्येबाट छनोट समितिले ५ जनाको नाम ‘सर्ट लिष्ट’ गरेको र त्यसमध्ये दुई जना मात्र […]

भरतपुर महानगरको साढे ६ अर्बको बजेट

काठमाडौं ।  चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१ -०८२ का लागि अघिल्लो भन्दा २४ करोड बढीको बजेट ल्याएको छ । महानगरपालिकाको नगर सभा तथा १५ औँ अधिवेशनमा उपप्रमुख चित्रसेन अधिकारीले ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट पेस गरेका हुन् । यो बजेट चालु आर्थिक वर्षको भन्दा २४ करोड ६ लाख […]

राज्यकोषमा भार पार्ने संसद् सचिवालयका कर्मचारीको मागमा सांसदहरुका साथ

काठमाडौं । चालु खर्च कटौती गर्दै जानु पर्ने अवस्थामा सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग पूरा गर्न सांसदहरु नै लागेका छन् । बजेटको भावनालाई ख्याल नगर्दै सांसदहरु सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग पूरा गर्न अग्रसर भएका छन् । सोमबार बसेको संसद् बैठकको शून्य समयमा सांसदहरूले कर्मचारीको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । कर्मचारी २० […]

कात्तिकदेखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द

काठमाडौं । धावनमार्ग विस्तारलगायतका कारणले आउँदो २३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । ट्याक्सी वे, पार्किङ वे’लगायत काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्नुपर्ने जनाइएको छ । विमानस्थल कार्यालयका अनुसार २३ कात्तिकबाट काठमाडौं विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुनेछ । यो पाँच महिना अवधिसम्म रहनेछ । २३ […]

एकसिङ्गे गैँडाको खाग खरिद बिक्रीको अभियोगमा नौजना विरुद्ध मुद्दा दायर

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग खरिद बिक्री गरेको अभियोगमा नौजना विरुद्ध मुद्दा दर्ता गरेको छ । निजहरुविरुद्ध आज चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो । कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाएअनुसार मुद्दा दायर गरिएकाहरुमा भरतपुर महानगरपालिका–२८ का ४० वर्षीय सन्तबहादुर कुमाल, राप्ती नगरपालिका–३ सुन्दर बस्ती बस्ने ३३ […]

बैंक तथा वित्तीय क्षेत्रको आन्तरिक सम्पत्ति ६९ खर्ब ४३ अर्ब

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रको आन्तरिक र वैदेशिक सम्पत्ति बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय क्षेत्र सर्वेक्षणका तथ्यांकअनुसार बैंक तथा वित्तीय क्षेत्रको आन्तरिक सम्पत्ति चालु आवको तेस्रो त्रैमाससम्म ६९ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ रहेको छ । भने, वैदेशिक सम्पत्ति १७ अर्ब ३८ अर्ब ८४ करोड रुपैयाँ रहेको छ […]

बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब १५ अर्ब पुनरकर्जा वितरण

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले १ खर्ब १५ अर्ब ६८ करोड रुपैयाँ पुनरकर्जा स्वीकृत गरेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको जेठसम्म पुनरकर्जाका विभिन्न शीर्षकमा २४ हजार ३ सय ५ जना ऋणलाी १ खर्ब १५ अर्ब ६८ करोड रुपैयाँ वितरण गरिएको हो । मुलुकमा रहेका २० वटा वाणिज्य बैंक, १७ वटा विकास […]

चित्लाङमा एक बेतमा १ हजार लिटर दूध दिने’सानन’बाख्रा विकास गरिँदै

काठमाडौं । दूध उत्पादन भन्नेबित्तिकै आम उपभोक्ता र किसानले गाई वा भैँसीपालन सम्झन्छन् तर दैनिक चार लिटर दूध दिने ‘सानन’ जातको बाख्रा हुन्छभन्दा धेरैलाई अचम्म लाग्न सक्छ । अब नेपाली किसानले दूध उत्पादनका लागि बाख्रापालन गर्न सक्ने भएका छन् । बाख्रा विकास फार्म चित्लाङले गाईभैँसी पाल्न नसक्ने र थोरै घाँस भएका किसानका लागि दूध उत्पादन […]

०.१५ प्रतिशतले बढ्यो नेप्से, ५ अर्ब पुग्यो कारोबार रकम

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार ०.१५ प्रतिशतले बढेको छ । सोमबार नेप्से परिसूचक ३.२१ अंकले बढेर २ हजार ६६.१६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स परिसूचक ०.३९ अंकले बढेर ३ सय ६४.८१ अंकमा पुगेर बन्द भएको छ । आइतबार भने नेप्से परिसूचक ५.३७ अंकले घटर […]

चितवनको कालिकामा ६ हजार पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइँदै

काठमाडौं । चितवनको कालिका नगरपालिकामा भएका पशुलाई लम्पी स्किन विरुद्धको निःशुल्क खोप लगाउन सुरु गरिएको छ । चालु आर्थिक वर्षको सुरुआतामा जिल्लामा महामारीका रुपमा फैलिएको लम्पी स्किनको सङ्क्रमण आगामी आवमा नफैलियोस् भन्ने उद्देश्यले आइतबारदेखि अभियान सञ्चालन गरेर खोप लागाउन सुरु गरिएको हो । नगरपालिकाका पशु सेवा शाखाका अधिकृत ईश्वरीप्रसाद पौडेलका अनुसार यो अभियानमा पालिकामा भएका […]