सांसद सिंहको आरोपः लेखा समिति भ्रष्टाचार संस्थागत गर्ने निकाय बन्दै
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको भ्रष्टाचारसम्बन्धी सार्वजनिक लेखा समितिको छलफलमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले लेखा समितिमाथि गम्भीर आरोप लगाएका छन्। समितिको चालू कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सांसद सिंहले लेखा समिति स्वयं भ्रष्टाचारलाई संस्थागत गर्ने निकायजस्तो बन्दै गएको आरोप लगाए। सांसद सिंहले डेडिकेटेड र टंकलाइनजस्ता महत्त्वपूर्ण विषयमा समितिमा गन्तव्यहीन छलफल भएको भन्दै प्रश्न गरे, ‘कहाँ […]

