टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । नम्बर नखुलेको टिपरले बा ४६ प ४६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ललितपुरको सातदोबाटो बस्ने मोटरसाइकल चालक ३१ वर्षीय मनिष केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उपचारका क्रममा ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा दुर्घटनामा गम्भीर घाइते केसीको सोमबारमृत्यु […]

सरकारको निर्णय : ओली कार्यकालका सबै प्रस्ताव फिर्ता

काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा मन्त्रिपरिषद्‌मा पेस गरिएका तर निर्णयमा नपुगेका सबै प्रस्ताव फिर्ता गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‌को बैठकले अघिल्लो सरकारको मन्त्रिपरिषद्‌मा टेबल भएका एजेन्डा कार्यान्वयन नगरी सम्बन्धित मन्त्रालयमै पठाउने निष्कर्ष निकालेको हो। गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश […]

विदेशी विनिमय सञ्चिति  ४.८ प्रतिशतले बढ्यो, १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने 

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशी विनियम सञ्चिति ४.८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउन महिनामा असारको  तुलनामा ४.८ प्रतिशतले विदेशी विनियम सञ्चिति बढेको हो । २०८२ असार मसान्तमा रु.२६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले वृद्धि भई २०८२ साउन मसान्तमा […]

साउन महिनामा चालु खाता ७८ अर्ब र शोधनान्तर स्थिति ८९ अर्बले बचतमा 

काठमाडौं । चालु आर्थिक वर्षका पहिलो महिना साउनमा चालु खाता ७८ अर्ब भन्दा बढीले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु खाता ७८ अर्ब १४ करोडले बचतमा रहेको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३३ अर्ब ८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २५ करोडले […]

साउन महिनामा पौने २ अर्ब बढी रेमिट्यान्स भित्रियो 

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा पौने २ खर्ब रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक स्थिति अनुसार चालु आवको साउन महिनामा वैदेशिक रोजगारीमा गएकाहरुले १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल पठाएका हुन् । यो रकम गत आर्थिक वर्षको साउन महिनाको तुलनामा २९.९ प्रतिशत धेरै हो।गत […]

साउन महिनामा मूल्य वृद्धि २ प्रतिशत भन्दा कम, कुन प्रदेशमा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मूल्य वृद्धि २ प्रतिशत भन्दा कम विन्दुमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनामा मूल्य वृद्धि १.६८ प्रतिशत रहेको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.०९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति –२.२८ प्रतिशत […]

बन्दीपुर केवलकारको आईपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

काठमाडौं । सोमबार बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबरको ४३ लाख ४१ हजार ८० कित्ता शेयर गत भदौ ११ […]

कुलमान घिसिङले तलब लगायतका सेवा सुविधा नलिने

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले कुनै सरकारी सुविधा नलिने घोषणा गरेका छन् । उनले आफ्नो नामको तलबभत्ता शहीदहरूको सहयोग कोषमा राख्ने उल्लेख गरेका छन् । आफुलाई सुरक्षा चाहिने र सुरक्षासँग सम्बन्धित सेवा सुविधा बाहेक मन्त्रीको हैसियतमा अन्य कुनै सेवा सुविधा नलिने उनले बताए। उनलाई भौतिक पूर्वाधार तथा यातायात र सहरी […]

कुलमानको पहिलो निर्णय : उद्योगीबाट डेडिकेटेड ट्रंकलाइनको बक्यौता असुल्ने

काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता असुल्ने निर्णय गरेका छन् । सोमबार ऊर्जा मन्त्रीको सपथ लिएपछि सिंहदरबारमा पदबहाली गरेका मन्त्री घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता उठाउने निर्णय गरेका हुन् । घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गरेका थिए । घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता रकम उठाउने विषयमा सरकारसँग विवाद हुँदै […]

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन । पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको इच्छाकामना–५ स्थित तुइनखोला नजिकै पहिरो खसेपछि आज बिहान ९ बजेदेखि एकतर्फी मात्र सञ्चालनमा रहेको थियो । सडक डिभिजन कार्यालयको मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि बिहान ११: ०० बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको सडक सुपरभाइजर ईश्वर […]