सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिका अनुसार, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्नुहुने सम्भावित कार्यसूची छ । यस्तै, अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव […]

कालिन्चोक हाइड्रोपावरको आईपीओमा आजसम्म मात्रै आवेदन दिने सकिने 

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (चैत २५ गते) अन्तिम दिन रहेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि […]

इरान र अमेरिकाबिच दुई हप्ते युद्धविरामको सहमति

काठमाडौं । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच अस्थायी राहतको संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई साताका लागि सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेका छन् । यो निर्णयसँगै इजरायल पनि आक्रमण रोक्न सहमत भएको ट्रम्पको भनाइ छ । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानमाथिको बमबारी तथा आक्रमण अस्थायी रूपमा रोक्ने सहमति […]

सानिगाड हाइड्रोको आईपीओमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (चैत २५ गते) अन्तिम दिन रहेको हो । कम्पनीले निष्काशन अवधि २०८३ बैशाख ७ गतेसम्म लम्ब्याएको भएपनि मागभन्दा बढी आवेदन परेका कारण आज बैंकिङ्ग समयपश्चात […]

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना, यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ । यसका कारण देशका विभिन्न भागको मौसममा आंशिकदेखि पूर्ण बदली हुने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली भागमा सामान्य बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा […]

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४९ रुपैयाँ १२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ […]

करोडभन्दा बढी बैङ्किङ कसुर : पक्राउ गरी अदालतमा पेस

काठमाडौं । एक करोड बढी बैङ्किङ कसुर गरेको आरोपमा दोषी ठहर भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । वादी नेपाल सरकार र प्रतिवादी काठमाडौँको तार्केश्वर नगरपालिका–५ घर भई सोही ठाउँ बस्ने ३१ वर्षीय निकेश तामाङ र भक्तपुर सूर्यविनायक–४ बालकोट बस्ने ३६ वर्षीया रीता प्रधान पौडेललाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय […]

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए । उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय […]

सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन तथा प्रसारण गर्ने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने सरकारको नीति परिवर्तन गर्न आग्रह गरेको छ । महासङ्घले आज विज्ञप्ति जारी गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै सङ्घीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाई समेत जारी गरिएको सोसम्बन्धी परिपत्र तत्काल फिर्ता गर्नसमेत सरकारसँग आग्रह गरेको छ । महासङ्घले […]

नयाँ वर्षमा हायर ब्राण्डको अफरः फ्री गिफ्ट देखि बम्पर उपहार

काठमाडौं । नयाँ वर्षको अवसर पारेर हायरले आफ्ना फ्रिज, वासिङमेसिन, टीभी लगाएतका विभिन्न घरायसी उपकरणको खरिदमा आकर्षक अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले विभिन्न उत्पादन खरिद गर्दा फ्री गिफ्ट, क्यासब्याकका साथै बम्पर उपहार जित्ने मौका पाउनेछन् । कम्पनीका अनुसार, रेफ्रिजेरेटर (फ्रिज) अन्तर्गत सिङ्गल डोर किन्दा माहाराजा ड्राइ आइरन, डबल डोर फ्रिज किन्दा महाराजा […]