हालसम्म ५ खर्ब ६४ अर्ब विदेशी लगानी प्रतिवद्धता , सबैभन्दा बढी चीन र भारतको

काठमाडौं । नेपालको उद्योग क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी प्रतिवद्धता (एफडीआई) स्वरुप करिब पौने ६ खर्ब रुपैयाँ आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार शुरुदेखि हालसम्म अर्थात चालु आर्थिक वर्षको ८ महिनासम्म उद्योग क्षेत्रमा विदेशी लगानी प्रतिवद्धता, एफडीआईस्वरुप ५ खर्ब ६४ अर्ब ५९ करोड रुपैयाँ आएको हो । उक्त लगानी प्रतिवद्धता ६ हजार ९८२ […]

काँकडभिट्टाबाट १६ अर्ब १९ करोडको पेट्रोलियम पदार्थ आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पूर्वी नाका काँकडभिट्टाबाट रु १६ अर्ब १९ करोड १५ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएका हुन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार गत आवको सोही अवधिको तुलनामा रु […]

निफ्राको ऋणपत्रमा आवेदन दिने म्याद फेरि थपियो

काठमाडौं ।नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) द्वारा जारी गरिएको ‘निफ्रा हरित ऊर्जा ऋणपत्र २०८८–८९’ मा आवेदन दिने समय सीमा थपिएको छ । अब लगानीकर्ताले जेठ २५ गतेसम्म ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । यसअघि जेठ १८ गतेदेखि निष्कासन सुरू भएको उक्त ऋणपत्रमा आवेदन दिने अन्तिम म्याद पहिलो चरणमा जेठ २१ तोकिएको थियो । तर सोही […]

अधिकांश विदेशी मुद्राको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मद्राको विनिमय दर निर्धारण गरेका छ । यसदिन अमेरिकी डलर, युरोपियन युरो, बेलायती पाउन्ड, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनारसहित अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ १५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७५ पैसा कायम भएको छ । युरोपियन […]

देशभर वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मौसम बदली र वर्षा हुने क्रम जारी छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि सातै प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले आज बिहान जारी गरेको संक्षिप्त बुलेटिनअनुसार आज दिउँसो कोशी प्रदेशका केही स्थानहरूमा, देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा अन्य क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा […]

इजरायली आक्रमणपछि गाजाका अमेरिकी सहायता केन्द्रहरू अस्थायी रूपमा बन्द

काठमाडौं । संयुक्त राज्य अमेरिकाको सहयोगमा रहेको मानवीय सहयोग निकायले वितरण केन्द्रहरूतर्फ जाने सडकलाई लडाइँको क्षेत्र मानिने इजरायली सेनालाई चेतावनी दिँदै गाजाका सहायता केन्द्रहरू अस्थायी रूपमा बन्द गरिने बताएको छ । मङ्गलबार गाजामा इजरायली सेनाले संयुक्त राज्य अमेरिकाको सहयोगमा रहेको गाजाको ह्युमेनिटेरियन फाउन्डेसन (जीएचएफ) द्वारा सञ्चालित एक केन्द्र नजिकै गोली चलाउँदा २७ जनाको मृत्यु भएको थियो […]

‘शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ: उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताएका छन् । साथसाथै फाउण्डेसनले कोइला ऊर्जाको प्रयोग बन्द गर्ने अभियानसम्बन्धी आज ज्ञापनपत्र बुझ्दै उनले कार्बन उत्सर्जन शून्यमा झार्नका लागि सरकारले विभिन्न योजनाबद्ध कार्यक्रमलाई अगाडि सारेको बताए । मन्त्री खड्काले हरित ऊर्जालाई अगाडि बढाउनका लागि सरकारले कानुनी र नीतिगत […]

प्रोग्रेशिभ फाइनान्स एनपीएस–एनसीएस तथा नेपालपे कार्डमा आवद्ध

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स र एनसीएचएल बीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय […]

जापानमा जन्मदरमा निरन्तर कमी, गत बर्ष सात लाखभन्दा कम शिशुको जन्म

काठमाडौं । जापानमा गत वर्ष पहिलो पटक सात लाखभन्दा कम शिशुले जन्म लिएको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । जापानले सन् २०२४ मा छ लाख ८६ हजार ६१ नवजात शिशुलाई स्वागत गरेको छ । योसन् २०२३ को तुलनामा ४१ हजार २२७ ले कम हो । यो सङ्ख्या सन् १८९९ मा रेकर्ड सुरु भएयताकै सबैभन्दा कम […]

एमआरपी र लेवलिङमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले एमआरपी र लेवलिङ कार्यान्व्यनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । उपाध्यक्ष दिपक श्रेष्ठ नेतृत्वको चेम्बर अफ कमर्सको टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष उपभोक्ता र बिक्रेता दुवैलाई सचेतना गराएर मात्रै एमआरपी र लेवलिङ कार्यान्व्यन गर्नुपर्ने सुझाव दिएको हो । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, गुणस्तरीय […]