सबस्टेशनमा आगलागीले बेलायतको हिथ्रो विमानस्थल बन्द, यात्रुहरूलाई सतर्कता अपनाउन आग्रह

काठमाडौं । युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल शुक्रबार बिहानै लन्डनको पश्चिममा रहेको सुविधामा बिजुली आपूर्ति गर्ने छिमेकी विद्युतीय सबस्टेशनमा ठूलो आगलागी भएपछि शुक्रबार बिहान बन्द गरिएको अधिकारीहरूले बताएका छन् । उडान–ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ का अनुसार केही उडान पहिले नै मोडिएका थिए भने विमानस्थल अधिकारीहरूले विमानस्थल अधिकारीहरूले ‘आगामी दिनहरूमा महत्त्वपूर्ण अवरोधको अपेक्षा’ गरेका छन् । […]

उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका विभिन्न १३ स्थानमा रहेका पोखरी व्यवस्थापन गर्दै नयाँ वितरण सञ्जालबाट पानी आपूर्तिको प्रबन्ध गरेको छ । मेलम्चीको पानी समानुपातिक रुपमा वितरण गर्न नयाँ व्यवस्था भएको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिए । सबै पोखरीको धमिलोपना र क्लोरिन परीक्षण तथा गुणस्तर मापनको व्यवस्था मिलाइएको […]

आज प्रोटोन इमास–७ ईभी सार्वजनिक हुँदै

काठमाडौं । नेपाली बजारमा नयाँ इलेक्ट्रिक कार प्रोटोन इमास–७ सार्वजनिक हुँदैछ । नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले आज इमास ७ ईभी सार्वजनिक गर्दै छ । औपचारिक रुपमा लन्च गर्दैछ । कम्प्याक्ट एसयूभी इमास–७ दुई भेरियन्टमा नेपाली बजारमा उपलब्ध हुनेछ । ४९.५२ किलोवाट आवरको ब्याट्री प्याकबाट सुसज्जित प्राइम भेरियन्टले ३४५ किलोमिटर र ६०. २२ किलोवाट […]

सुन चाँदीको मूल्य घट्यो

काठमाडौं । आज सुन र चाँदीको मूल्य घटेको छ । हालसम्मकै उच्च विन्दुबाट सुनको मूल्य हजार रुपैयाँले घटेको छ । शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार सुनको मूल्य १ लाख ७६ हजार रुपैयाँ थियो । चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ […]

आज राष्ट्रिसभामा टेबुल हुने आर्थिक सुधारसम्बन्धी तीन विधेयकमा के छ ?

काठमाडौं । बिहीबार प्रतिनिधिसभाबाट आर्थिक सुधारसँग सम्बन्धी तीन विधेयक पारित भएका छन् । प्रतिनिधिसभा बैठकले ‘निजीकरण (पहिलो संशोधन विधेयक), २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ पारित गरेको छ । सरकारले ‘निजीकरण ऐन, २०५०’ लाई समयानुकूल […]

कर्मचारी सञ्चय कोषमा जागिरको अवसर

काठमाडौं । कर्मचारी सञ्चय कोष, पुल्चोकले विभिन्न पदमा ३८ जना कर्मचारी मागेको छ । कोषले आठौँ तहको प्रबन्धकदेखि पाँचौँ तहको प्रमुख सहायकसम्म कर्मचारी मागेको हो । कोषले आजदेखि २१ दिनसम्म प्रशासन, कानुन, प्राविधिक, सूचना प्रविधिलगायत रिक्त पदरहरुमा दरखास्त दिन सक्नेछन् । तोकिएको योग्यता पुगेका इच्छुक आवेदकले सूचनामा तोकिएबमोजिमको प्रक्रिया पूरा गरी कोषको अनलाइन दरखास्त प्रणाली […]

सानिमा रिलायन्सको साधारणसभा आज, यस्ता छन् एजेण्डा

काठमाडौं ।  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आज वार्षिक साधारणसभा बैठक हुँदैछ । ९.२४ बोनस प्रस्तावसहित नयाँबानेश्वर शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान ११ बजे साधारणसभा बोलाइएको छ । साधारणसभाबाट आर्थिक वर्ष २०८०/८१ को लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र त्यससम्बन्धि अनुसूचि तथा एनएफआरएस प्रणाली बमोजिम तयार गरिएको वित्तिय विवरण उपर […]

पोखरा महानगरका अधिकृत २५ हजार घुससहित पक्राउ

काठमाडौं । पोखरा महानगरपालिकाको उजुरी फछर्यौट समन्वय शाखामा कार्यरत प्रशासकीय अधिकृत (सातौं तह) कपिल गिरी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराले बिहीबार साँझ उनलाई २५ हजार घुससहित नियन्त्रणमा लिएको हो । गिरीले अख्तियारमा उजुरी परी पत्र आएको छ उक्त उजुरीसँग सम्बन्धित केस मिलाई दिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाका […]

एपेक्स हस्पिटालिटीको ११ लाख ७५ हजार कित्ता शेयर बिक्रीमा, कसले किन्न पाउँछन् ?

काठमाडौं । एपेक्स हस्पिटालिटी लिमिटेड, नक्सालले ११ लाख ७५ हजार कित्ता संस्थापक शेयर बिक्री खुला गरेको छ । कम्पनीले जगेडामा रहेको कि.नं. ४१००००१ थान देखि कि.नं. ५२७५००० थान सम्मको संस्थापक शेयर बिक्री खुला गरेको हो । शेयर खरिदका लागि ७ दिनभित्र कम्पनीको दमौली शाखा रहेको कार्यालय प्रभु बैंकको खाता नं.०२००१५०३१५९०००११ मा बुझाई त्यस्को अर्धकट्टी भौचर […]

एनएमबि बैंकको १ लाख २२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंकले १ लाख २२ हजार १२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीले शेयर बिक्री गर्नका लागि निवेदन दिएपछि संस्थापक शेयर खरिद बिक्री गर्दा बैंकका अन्य विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिई शेयर बिक्रीमा ल्याइएको हो । शेयर खरिदका लागि  संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनी सचिवको कार्यालय, […]