‘नेपाल ट्राभल स्पेसलिस्ट’ अनलाइन पाठ्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (यूएनडीपी) नेपालसँगको सहकार्यमा ‘नेपाल ट्राभल स्पेसलिस्ट – बेसिक लेभल’ अनलाइन पाठ्यक्रम सार्वजनिक गरेको छ । पाटा नेपाल र नेपाल एयरलाइन्स अन्य निजी क्षेत्रको सहकार्यमा बोर्डले आयोजना गरेको हिमालयन ट्राभल मार्टको उद्‌घाटन सत्रका अवसरमा मङ्गलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले ‘क्यूआर’ सार्वजनिक गर्दै अनलाइन तालिमको […]

११.९७ अंकले घट्यो नेप्से, १ अर्ब ५१ अर्बले कारोबार

काठमाडौं । शेयर बजार आज बुधबार पनि घटेको छ । बजेट सार्वजनिक भए पछि खासै बढ्न नसकेको शेयर बजार मंगलबार र बुधबार दुवै दिन घटेको हो । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ११.९७ अंकले घटेर २६६४.९५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.५९ अंकले घटेर ४५१.३२ विन्दुमा […]

राष्ट्र बैंकका प्रवक्तामा किरण पण्डित

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रवक्ता कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन् । पण्डित जेठ २१ गतेदेखि लागू हुने गरी प्रवक्ता तोकिएका हुन् । २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डिटको बैंक सुपरिवेक्षण विकाभ, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव छ । हाल उनी भुक्तानी प्रणाली […]

रुपन्देहीमा साढे एक अर्ब लगानीमा अन्तर्राष्ट्रियस्तरको गार्मेन्ट उद्योग स्थापना हुँदै, १२ सयलाई प्रत्यक्ष रोजगारी

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र नेपाली कांग्रेसका कोषाध्यक्ष एवं व्यवसायी उमेश श्रेष्ठ लगायतको संयुक्त लगानीमा रुपन्देहीमा अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी गरिएको छ। बुधबार भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगको भूमि पूजन तथा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। प्रारम्भिक चरणमै करिब एक अर्ब ५० करोड रुपैयाँको लगानीमा गार्मेन्ट उद्योग स्थापना गरिने […]

डोङफेङ नामीको अन्तर्राष्ट्रिय सफलताः ४० भन्दा बढी देशमा १२ हजारभन्दा बढी युनिट निर्यात

काठमाडौं । जुनफेङ कम्पनीका अनुसार, डोङफेङ नामीले उत्पादन गरेको विद्युतीय सवारी मोडल जेएफ–एस३ ले हालसम्म १२ हजारभन्दा बढी युनिट ४० भन्दा बढी देश तथा क्षेत्रहरूमा निर्यात गर्दै उल्लेखनीय अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेको छ। यसले कम्पनीको विश्वव्यापी रणनीतिक विस्तारलाई थप सुदृढ बनाएको स्पष्ट संकेत गरेको छ। सन् २०२४ को डिसेम्बरदेखि युरोपमा डेलिभरी सुरु भएपछि, जेएफ-एस३ ले युरोपेली […]

डिजिटल भुक्तानी सहज बनाउन एभरेष्ट बैंकको “इबिएल भर्चुअल क्रेडिट कार्ड’’ प्रयोगमा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले विद्युतीय सेवा विस्तार गर्ने क्रममा जेठ २० गतेदेखि आफ्ना ग्राहकवर्गको लागि इबिएल भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ। इबिएल भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिङ एप्लिकेसनमार्फत प्रत्यक्ष रूपमा उपभोग गर्न सकिने एक पूर्ण डिजिटल कार्ड हो। यस बैंकका ग्राहकहरूले न्यूनतम जारी गरिएको मापदण्ड प्रयोग गरी उक्त सेवा लिन सक्नेछन्। सो सेवामार्फत […]

नीति र बजेटबीच असन्तुलनः अध्यक्ष सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारको नीति र बजेटबीच असन्तुलन प्रति चिन्ता व्यक्त गरे। नेपाल पूर्वाधार पत्रकार समाज र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा सम्पन्न छलफल कार्यक्रममा निर्माण क्षेत्रका चुनौती र आगामी आर्थिक वर्षको बजेट सम्बन्धी कार्यक्रममा अध्यक्ष नीति र बजेटबीचको असन्तुलनमा चिन्ता व्यक्त गरेका हुन् । अध्यक्ष सिंहका अनुसार […]

सम्पदा लघुवित्तका सीईओ पौडेलले दिए राजीनामा

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशब कुमार पौडेलले पदबाट राजीनामा दिएका छन्। संस्थाका अनुसार उनले आफ्नो राजीनामा वैशाख ११ गते सञ्चालक समितिका अध्यक्षसमक्ष पेश गरेका थिए। पौडेलको राजीनामा संस्थाको २४औं सञ्चालक समिति बैठकबाट स्वीकृत गरिएको छ। संस्थाले राजीनामा २०८२ साल जेठ २१ गतेदेखि लागू हुने गरी स्वीकार गरेको जानकारी […]

दिगो र प्रभावकारी विकासतर्फ सरकार उन्मुख: भौतिक मन्त्री दाहाल

काठमाडौं । सरकारले अबदेखि साना र छरपस्ट योजनाको सट्टा ठूला र प्रभावकारी योजनामा ध्यान केन्द्रित गर्ने संकेत दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आगामी आर्थिक वर्षको बजेटमा ३ करोडभन्दा कम लागतका योजना समावेश नगरी, अब ५ करोडभन्दा माथिका योजना मात्र अघि बढाउने अभ्यास थालिने स्पष्ट पारेका छन्। “यसले ठूला र प्रभावशाली आयोजनामा बजेट […]

एनआईसी एशिया लघुवित्तको १ करोड बढी कित्ता शेयरको लकइन अवधि सकिदै

काठमाडौं । एनआईसी एशिया लघुवित्तको लकइनमा रहेको १ करोड बढी संस्थापक शेयरका लकइन अवधि समाप्त हुदैछ । लघुवित्तको १ करोड ४५ हजार संस्थापक शेयरको लकइन अवधि आगामी असार १९ गते पश्चायत समाप्त हुन लागेको हो । नेपाल धितोपत्र बोर्डले २०८० मंसिर २५ गते उक्त शेयरको लक इन अवधि सकिने बारेमा लघुवित्तलाई जानकारी गराएको थियो । […]