नेपाल-चीन जोड्ने मितेरी पुल बाढीले बगायो, सयौँ गाडी पनि बगाएको अनुमान
काठमाडौं । गएरातिको भारी वर्षापछि आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । बाढीले मितेरी पुल बगाएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए । चीनपट्टीबाट आएको बाढीका कारण मितेरी पुल बगाएर ठूलै क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । रसुवाको टिमुरे र रसुवागढी आसपास पनि बाढीले डुबानमा परेको छ । डुबानमा भन्सारको सुख्खा […]

