महसुल उठाउन खोज्दा ६ पटक स्पष्टीकरण मागियो: कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङले विद्युत महसुल उठाउन खोज्दा आफूले निरन्तर अवरोध भोग्नुपरेको गुनासो गरेका छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले महसुल असुलीको प्रक्रियामा आफूलाई हतोत्साही बनाउन हजारौं कागजात मागिएको र ६ पटक स्पष्टीकरण सोधिएको जानकारी दिए। उनका अनुसार बक्यौता तिर्न आनाकानी गर्ने ठूला उद्योगी तथा सार्वजनिक संस्थाहरूसँग महसुल असुल […]

