मोरङ ३ मा श्रम संस्कृति अगाडि

बेलबारी। जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार मोरङ ३ मा श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले ५५४ मत प्राप्त गरेका छन् । यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ३३६ र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीले २९५ मत प्राप्त गरेका छन् । यो निर्वाचन क्षेत्रमा एक लाख ५८ हजार ५७ मतदाता कायम रहेकामा ९६ हजार […]

कैलाली –१ मा कांग्रेस अघि

सुदूरपश्चिम।  कैलाली क्षेत्र–१ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले अग्रता लिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौधरीले ३४८ मत पाएका छन्। उनलाई नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीले समर्थन गरेका स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले २४१ मत प्राप्त गरी पछ्याइ रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले १९९मत पाउनु भएको छ । एक लाख […]

निर्वाचन आचारसंहिता विपरीत गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा

काठमाडौं । देशभरका विभिन्न मतदानस्थलमा निर्वाचन आचारसंहिता विपरीत र निर्वाचन विरोधी गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा ३ जना, मधेश प्रदेशमा ४ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा ३ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र  सुदूरपश्चिम प्रदेशमा ४ जना गरी २४ […]

इंग्ल्यान्डलाई हराउँदै भारत टी-२० विश्वकपको फाइनलमा

काठमाडौं । इंग्ल्यान्डलाई सात रनले पराजित गर्दै भारत जारी टी-२० विश्वकपको फाइनलमा पुगेको छ। भारतले दिएको २५४ रनको लक्ष्य पछाएको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै २४६ रन बनाएको हो। इंग्ल्यान्डका लागि ज्याकब बेथेलले १०५ रनको शतकीय पारी खेलेका थिए। त्यस्तै विल ज्याकले ३५ रन बनाए भने जोस बटलरले २५ रन बनाएका थिए। त्यस्तै जोफ्रा […]

भक्तपुरका दुवै क्षेत्रमा रास्वपा अगाडि

भक्तपुर। जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार भक्तपुर निर्वाचन क्षेत्र नं. १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । क्षेत्र नम्बर–१ मा रुकेश रन्जितले तीन हजार ४५२, नेमकिपाका प्रेम सुवालले एक ९८२ मत र नेपाली कांग्रेसका किरण न्यौपानेले ५१९ मत प्राप्त गरेका छन् । त्यसैगरी, क्षेत्र नं. २ मा सोही […]

प्रारम्भिक मतगणनामा रास्वपाको अग्रता

काठमाडौं । फागुन २१ गते सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ। हालसम्म सार्वजनिक भएको विवरण अनुसार रास्वपा ४२ स्थानमा अग्रता कायम गर्दै अन्य दलभन्दा अगाडि देखिएको छ। त्यस्तै, नेपाली कांग्रेस ५ स्थानमा अग्रता लिएको छ भने नेकपा (एमाले) पनि ५ स्थानमै अघि रहेको छ। नेपाली कम्युनिष्ट पार्टीले २ […]

रुकुमपूर्वमा प्रचण्डलाई फराकिलो मतको अग्रता

रुकुमपूर्व । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन् । प्रारम्भिक मतगणना अनुसार २ हजार ६३५ मत गणना गर्दा प्रचण्डले १ हजार ४१५ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४३१ मतका साथ पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी […]

काठमाडौँ–६ र ८ मा पनि रास्वपाको अग्रता

काठमाडौं । काठमाडौँ क्षेत्र–६ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम छ । क्षेत्र नम्बर ६ का उम्मेदवार शिशिर खनालले चार हजार २९२ मत प्राप्त गरेको निर्वाचन अधिकृत चपला पोखरेलले राससलाई जानकारी दिए । यसैगरी, नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले एक हजार १८० र नेकपा (एमाले)का अमनकुमार मास्केले एक हजार ८६ मत प्राप्त गरेका […]

भक्तपुर–२ मा रास्वपाका राजीव खत्रीको अग्रता

काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएको मतगणनामा खत्रीले ३ हजार ६० मत पाएका छन् । यस्तै, नेकपा एमालेका महेश बस्नेतले १ हजार ५ सय ७३ मत पाएका छन् । नेपाली कांग्रेसका कविर राणाले ४ सय ८४ मत पाएका छन् […]

रसुवामा कांग्रेसको अग्रता

रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आचार्यले ६८९ मत प्राप्त गरेका छन् । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्टले ५३८ र नेकपा एमालेका प्रेम तामाङले २३५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ […]