दुई वटा नयाँ सामूहिक लगानी योजनाले पाए धितोपत्र बोर्डबाट स्वीकृति, कुनको आकार कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुईवटा नयाँ सामूहिक लगानी योजनाहरूलाई विवरण पुस्तिका प्रकाशन गर्न औपचारिक स्वीकृति प्रदान गरेको छ । एनआईसी एशिया इक्वीटी अपर्चुनिटी फण्ड र मुक्तिनाथ म्युचुअल फण्ड २ ले आफ्नो योजनाका लागि स्वीकृति पाएका हुन् । दुवै योजनाहरू बन्दमुखी प्रकृतिका रहेका छन् र दुवैको अवधि दश वर्षको रहनेछ । पहिलो योजना अन्तर्गत एनआईसी […]

बाढीको प्राविधिक प्रतिवेदन सार्वजनिक, भूकम्पदेखि बाढी छिर्दासम्म के–के भयो ? (प्रतिवेदनसहित)

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीका सम्बन्धमा जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनका अनुसार चीनको तिब्बततर्फ नदी थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखुलेकाले माथिल्लो भोटेकोशी क्षेत्रमा बाढीको जोखिम अझै समाप्त भइसकेको छैन । महाशाखाले भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीमा निरन्तर अनुगमन आवश्यक रहेको […]

देशभर मनसुनी वायुको प्रभाव कायमै, ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ […]

देशको करिब १० प्रतिशत विद्युत् उत्पादन क्षमता प्रभावित

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित भएको छ । बाढीबाट विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेपछि विद्युत् आपूर्तिमा हुन सक्ने असन्तुलनलाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणले माग र आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज […]

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, भारतीय सबैभन्दा धेरै

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि ४०३ जना पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा ३४१ जना विदेशी र ६२ जना नेपाली पर्यटक रहेका छन्। सम्पर्कविहीन पर्यटकमध्ये २०३ जना पुरुष र २०० जना महिला रहेका छन्। बाढीपछि सञ्चार तथा सडक सम्पर्क प्रभावित हुँदा उनीहरूको अवस्थाबारे जानकारी लिन कठिनाइ भएको जनाइएको छ। सम्पर्कविहीन […]

विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह

काठमाडौं ।वर्षा र पहिरोका कारण भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले दुःख व्यक्त गरेको छ । नेसनल प्याब्सनका महासचिव प्रतापबहादुर थापा र अध्यक्ष गीता क्षेत्री राणाले बुधबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै  विपद्मा परी ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै घाइतेको […]

स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया

काठमाडौं । जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो देखाएका छन् । खासगरी लक्जरी यो ईभी एसयूभी किफायती मूल्यमा सार्वजनिक भएपछि अटो शो हेर्न पुगेका अवलोकनकर्ताहरुले स्काईवेलको स्टलमा पुगेर यसका विशेषताबारे चासो देखाउन थालेका हुन् । अवलोकनकर्ताले ५० लाख भन्दा कम मूल्यमा सार्वजनिक भएको यो ईभी नै अटो शोमा राखिएका गाडीमध्ये सबैभन्दा लामो […]

रसुवा बाढीमा १३३ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय

काठमाडौं ।  रसुवा बाढीमा परी विभिन्न जलविद्युत आयोजनामा कार्यरत १३३ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन बनेका छन् । नेपाल विद्युत प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बाढीमा परी १३३ जना भन्दा बढी कर्मचारी र कामदार सम्पर्कविहीन भएका हुन् । यसमा विदेशी कामदार पनि छन् । प्राधिकरणकाअनुसार त्रिशुली जलविद्युत कम्पनीको निर्माणाधिन रहेको त्रिशुली ३ बी को साइटमा कार्यरत […]

भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु

काठमाडौं ।  रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण साँझ ५ः४५ बजेसम्म ७० जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १ जनाको पुरुषको शव फेला […]