सर्वदलीय बैठक : राहत, उद्धारदेखि पुनर्स्थापनासम्मको लागि सर्वदलीय समिति गठनको पहल  

काठमाडौं ।  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल कांग्रेस, एमाले, श्रम संस्कृति, जसपा नेपाल लगायतले रसुवा आएको बाढीका कारण प्रभावित बनेको क्षेत्रको बासिन्दाको राहत, उद्धारदेखि पुनर्स्थापनासम्मको लागि सर्वदलीय समिति गठनको पहल  आवश्यक रहेको जनाएको छ । बिहीबार बिहान बसेको सर्वदलीय बैठकमा सो पार्टीका शीर्षस्थ नेताहरुले समिति गठन आवश्यक रहेको बताएका हुन् । रास्वपाका सभापति […]

नयाँ नामी बक्स ई२ को बिक्री सुरु, नाडा विशेष मूल्य २९.९९ लाखदेखि

काठमाडौं ।  नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले नाडा अटो शो २०२६ मा नयाँ नामी बक्स ई२ को बुकिङ तथा बिक्री सुरु गरेको छ। नयाँ नामी बक्स ई२ दुई भेरियन्ट-बक्स ई२ ३३० र बक्स ई२ ४३०-मा उपलब्ध छ। नाडा अटो शो अवधिभर बक्स ई२ ३३० विशेष मूल्य रु. २९.९९ लाखमा […]

सरकारको निर्देशन बाढी प्रभावित क्षेत्रमा समन्वय पछि मात्र निजी हेलिकप्टर उडाउनु

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा  समन्वय पछि मात्र निजी हेलिकप्टर उडाउन निर्देशन दिएको छ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा प्रयोग भइरहेका निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न पत्राचार गरेको हो । आफ्नै हिसाबले सञ्चालन हुँदा उक्त क्षेत्रमा हवाई ट्राफिक बढेर […]

नेपाालमा भिभोको नयाँ बजेटमैत्री स्मार्टफोन वाई ०५ई सार्वजनिक

काठमाडौं ।   भिभोले आफ्नो लोकप्रिय वाई सिरिजमा नयाँ स्मार्टफोन भिभो वाई ०५ई सार्वजनिक गरेको छ । दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको यो बजेटमैत्री स्मार्टफोनले भरपर्दो कार्यसम्पादन, टिकाउ डिजाइन र सहज प्रयोगको अनुभव किफायती मूल्यमा उपलब्ध गराउने लक्ष्य राखेको छ । भिभो वाई ०५का मुख्य विशेषताहरूलाई निरन्तरता दिँदै वाई ०५ईमा प्रयोगकर्ताको दैनिक आवश्यकतालाई केन्द्रमा राखेर […]

भोटेकोसी बाढी प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनद्वारा १ करोड सहयोग

काठमाडौं । हिजो बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड आर्थिक सहयोग प्रदान गर्ने एनसेलले  घोषणा गरेको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको र प्रभावित आम सर्बसाधारणको तत्काल उद्धार, राहत तथा […]

नुवाकोटमा बाढी प्रभावित क्षेत्रमा वैकल्पिक लाइनबाट विद्युत् आपूर्ति सुचारु

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनःसुचारु गरेको छ । बाढीका कारण प्रभावित खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार चपली सबस्टेसनबाट चपली–देवीघाट […]

रवि लामिछानेको प्रस्ताव : विपद् राहत, उद्धार र पुनर्स्थापनाका लागि सर्वदलीय समिति बनाऔँ

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्राकृतिक विपद्पछिको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सर्वदलीय समिति गठन गर्न प्रस्ताव गरेका छन् । सिंहदरबारमा जारी सर्वदलीय बैठकको सुरुवात गर्दै लामिछानेले सरकारको एकल प्रयासभन्दा सबै राजनीतिक दलको साझा संयन्त्रमार्फत काम अघि बढाउँदा निर्णय प्रक्रिया थप प्रभावकारी हुने धारणा राखे । उनले राहत, […]

बाढी प्रभावित क्षेत्रबाट नेपाली र भारतीय नागरिकको सकुशल उद्धार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढी प्रभावित क्षेत्रबाट नेपाली र भारतीय नागरिकहरुलाई सकुशल उद्धार गरिएको बताएका छन् । उनले नेपाली सेनाले बिहीबार बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गर्न सफल भएको बताएका हुन् । उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन् उनले भने । […]

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । विहीबार नेपाली बजारमा सुनको मूल्य १ हजार २ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य ३ लाख २२ हजार १ सय रुपैयाँ थियो । त्सयतै, चाँदी भने १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला […]

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न लागे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका  छन्। ​प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी छन्। उनिहरु आज बिहान ९:३० बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये एक, विदुरतर्फ प्रस्थान गरेका  हुन। ​हिजो रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा क्षति पुर्‍याउनासाथ […]