प्रभु महालक्ष्मी लाइफको १३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आम सर्वसाधारणले समेत आवेदन दिने पाउने गरि १ लाख ३५ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले यस अघि संस्थापक सेयरधनीका लागि आवेदन खुला गरेकोमा आवेदन नपरेकाले आम सर्वसाधारणले समेत आवेदन दिन पाउने गरि १३ लाख ५६ हजार ६०० कित्ता संस्थाकप सेयर बिक्रीमा राखेको […]

गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

काठमाडौ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनाका सम्बन्धमा नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ। गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको हो। सहमतिअनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षाअनुसार […]

चालु आवको पहिलो महिनामा ५४ करोडभन्दा बढी कित्ता धितोपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । साउन महिनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न कम्पनी तथा सामूहिक लगानी कोषका गरी ५४ करोड १५ लाख १४ हजार ३८२ कित्ता धितोपत्र सूचीकृत भएका छन् । नेप्सेको तथ्यांकअनुसार साउन १९ गतेदेखि २२ गतेसम्म मात्रै बोनस शेयर तथा इकाईसहित ठूलो संख्यामा धितोपत्र सूचीकृत भएका हुन् । सूचीकृतमध्ये प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ), बोनस शेयर र […]

‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु

काठमाडौं । काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ नजिकिँदै गर्दा काठमाडौंको भृकुटीमण्डपमा स्टल निर्माणको काम तीव्र गतिमा अघि बढेको छ। आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने नाडा अटो शोको तयारी अन्तिम चरणमा पुगेको छ। प्रदर्शनीस्थलमा विभिन्न अटोमोबाइल ब्रान्ड, अटो पाट्र्स तथा कम्पोनेन्ट, […]

देशभर मनसुनी वायुको प्रभाव कायमै, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर […]

डलर, युरो र पाउण्डको मूल्य स्थिर, कुन देशको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन पनि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा नै रहेको थियो […]

टिकटकले अमेरिकालाई ४० करोड डलर तिर्ने, बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोप

काठमाडौं । बालबालिकाको गोपनीयता उल्लंघन गरेको आरोपमा टिकटकले अमेरिकालाई ४० करोड अमेरिकी डलर तिर्न सहमति जनाएको छ। यो बालबालिकाको अनलाइन गोपनीयतासम्बन्धी मुद्दामा भएको अहिलेसम्मकै ठूलोमध्ये एक सम्झौता हो। अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा सन् २०२४ मा न्याय विभागले टिकटक र यसको मातृ कम्पनी बाइटडान्सविरुद्ध मुद्दा दायर गरेको थियो। मुद्दामा टिकटकले १३ वर्षभन्दा कम उमेरका लाखौँ […]

अमेरिकासँग व्यापार वार्ता भाँडिएपछि क्यानडाले ‘डलर फोर डलर’ कर लगाउने

काठमाडौं ।  अमेरिका र क्यानडाबीचको व्यापार वार्ता अन्तिम समयमा भाँडिएपछि दुई देशबीचको व्यापारिक तनाव थप चर्किएको छ। क्यानडाले अमेरिकी वस्तुमाथि अमेरिकाले लगाएको कर बराबर नै प्रतिशोधात्मक कर लगाउने घोषणा गरेको छ। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले शुक्रबार राति व्यापार वार्ता स्थगित गर्दै अमेरिकी वस्तुमाथि ‘डलर फोर डलर’ का दरले पारस्परिक कर लगाउने घोषणा गरेका हुन्। उनले […]

नेपाली एआई प्रविधि ‘टिङटिङ’ श्रीलंकाको बजारमा प्रवेश

काठमाडौं । नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्रविधि ‘टिङटिङ’ अन्तर्राष्ट्रिय बजारमा विस्तार भएको छ। नेपाली प्रविधि कम्पनी प्रिक्साले श्रीलंकाको अग्रणी दूरसञ्चार सेवा प्रदायक डायलग आजियाटासँग रणनीतिक व्यावसायिक सम्झौता गर्दै टिङटिङलाई श्रीलंकाली बजारमा प्रवेश गराएको हो। सम्झौतापत्रमा प्रिक्साका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनिष शर्मा र डायलगका इनोभेसन एन्ड प्लाटफर्म्स बिजनेस प्रमुख तथा उपाध्यक्ष विरङ्गा […]

रविजीले तुरुन्तै ढिलो नगरी सरकार सम्हाल्नुपर्छ : हर्कराज राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई प्रधानमन्त्री बन्न आग्रह गरेका छन्। रास्वपाकै वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) प्रधानमन्त्री रहेका बेला साम्पाङले सभापति लामिछानेलाई सरकार सम्हाल्न अनुरोध गरेका हुन्। मेयर हुँदादेखि नै बालेनको कडा आलोचक बनेका साम्पाङ अहिलेसम्म प्रधानमन्त्रीप्रति […]