प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि यहाँबाट काठमाडौँका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार यहाँ आएका थिए । शनिबारअपराह्न उनले मुक्तिनाथको पूजार्चना गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरीक्षक सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनीमार्गबाट सङ्घीय राजधानीतर्फ प्रस्थान गरेका हुन् ।

अमेरिकाले प्रतिबद्धता पूरा नगरेसम्म होर्मुज जलमार्ग नखुल्ने इरानको चेतावनी

काठमाडौं । अमेरिकाले आफ्ना प्रतिबद्धता पूरा नगरेसम्म रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण होर्मुज जलमार्ग नखुल्ने इरानले चेतावनी दिएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् (एसएनएससी) का सचिव मोहसेन रेजाइले शनिबार सरकारी प्रसारक आईआरआईबीसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् । रेजाइले अमेरिकाले जलमार्ग खुला रहेको दाबी गरे पनि वास्तविकता त्यस्तो नभएको दाबी गर्दै अमेरिकाले आफ्नो व्यवहार सच्याएर […]

बढ्यो सुनको मूल्य, घट्यो चाँदीको

काठमाडौं । आइतबार नेपाली बजारमा दुनको मूल्य २ हजार ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य ३ लाख १६ हजार ७ सय रुपैयाँ थियो । त्सयतै, चाँदी भने १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला […]

सरकारसँग सहमतिपछि घर फर्किए लघुवित्त ऋणीहरू

काठमाडौं । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आ-आफ्नो घर फर्किएका छन्। नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबिच हिजो भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएसँगै धर्ना कार्यक्रम स्थगित भएको हो। सहमति पश्चात् आज बिहान ८:५० बजेदेखि सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई […]

कार्लोस एस्पीको इन्जुरी टाइम गोलमा जोसे मोरिन्होको दोस्रो कार्यकालको सुखद सुरुवात

काठमाडौं । जोसे मोरिन्होको रियल मड्रिडमा दोस्रो कार्यकालको सुरुवात ला लिगामा एस्पानियोलविरुद्ध २-१ को जितसँगै भएको छ, जहाँ ९० औँ मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका नयाँ फरवार्ड कार्लोस एस्पीले निर्णायक गोल गर्दै जित दिलाए। आइतबार बहिना भएको सिजनको पहिलो खेलमा जुड बेलिङह्यामले अर्दा गुलरको फ्रि-किक पासमा हेडमार्फत गोल गर्दै मोरिन्होको दोस्रो कार्यकालको पहिलो गोल […]

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि अर्थबाट तत्काल बजेट नलिने : मन्त्री गौरी कुमारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई निरन्तर सञ्चालनमा ल्याउन तत्काल अर्थ मन्त्रालयबाट थप बजेट नमागी उद्योग सञ्चालन गरिने बताएकी छन् । मन्त्री यादवले कानुनी प्रक्रिया मिलाएर औद्योगिक क्षेत्रबाट वर्षौँदेखि उठ्न नसकेको करिब आधा अर्ब रुपैयाँ बराबरको भाडा बक्यौता असुल गरिएको रकमलाई हेटौँडा कपडा उद्योगको स्तरउन्नति […]

सन नेपाल लाइफद्वारा मधेश प्रदेशका एडीएम तथा सन इमर्जिङ क्लब एचिभर्सलाई सम्मान

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा मधेश प्रदेशअन्तर्गतका Agency Development Manager (ADM) तथा Emerging Sun Club मा योग्य अभिकर्ताहरूको सम्मान तथा अवार्ड कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बर्दिबासस्थित बर्दिबास रिसोर्टमा शनिबार आयोजित कार्यक्रममा मधेश प्रदेशका विभिन्न शाखाबाट ADM, उत्कृष्ट अभिकर्ता, Regional Manager तथा शाखा प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कम्पनीका प्रमुख […]

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

काठमाडौं । पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आव २०८२/८३ मा भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी रु २४ अर्ब २६ करोड ७४ लाखको कृषि उपज सामग्री नेपाल भित्रिएको हो । […]

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७३, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो […]

जिम्बाब्वेका सिकन्दर राजाले चितवन राइनोजबाट एनपीएल खेल्ने

काठमाडौं । जिम्बाब्वेका अलराउन्डर सिकन्दर राजाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन चितवन राइनोजबाट खेल्ने भएका छन् । चितवन राइनोजले आउँदो सिजनका लागि राजालाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको जनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेटसँगै विश्वका विभिन्न फ्रेन्चाइज टी–ट्वान्टी प्रतियोगितामा अनुभव हासिल गरेका राजाको आगमनले टोली थप बलियो हुने उसको अपेक्षा छ । ब्याटिङ र […]