बागमतीका मुख्यमन्त्री आज विश्वासको मत लिँदै, राप्रपाको ‘ह्विप’ले बहुमत जुटाउन सकस

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम भदौ ३ गते दाबी पेस गरेका उनलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भदौ ४ गते मुख्यमन्त्रीमा […]

देशभर मनसुनी प्रभाव : यी क्षेत्रमा भारी वर्षाको जोखिम

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यतिबेला देशभर साधारणतया बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक-दुई स्थानमा पनि वर्षा […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ५० पैसा र बिक्रीदर १७९ रुपैयाँ २० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ […]

चुनावपछि पनि पुँजीबजार अपेक्षाअनुसार अघि बढ्न सकेन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावपछि पुँजीबजारले अपेक्षाअनुसार गति लिन नसकेको बताएका छन्। आइतबार नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ‘नेपालको पुँजीबजार ः आर्थिक लगानी आधार’ विषयक कार्यक्रममा बोल्दै थापाले चुनावपछि पुँजीबजार राम्रोसँग अघि बढ्ने अपेक्षा गरिए पनि त्यसअनुसार सुधार हुन नसकेको बताएका हुन्। उनले पुँजीबजार अपेक्षाअनुसार अघि बढ्न […]

प्रभु महालक्ष्मी लाइफको क्लव एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ताहरुको उच्च तह चियरम्यान क्लव तथा सीईओ क्लव एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । पर्यटकीय सहर पोखरामा भाद्र ४ देखि ७ गतेसम्म ४ दिन चलेको कार्यक्रम ज्ञान, सम्मान, उल्लास र उत्सवले भरिपूर्णका साथ भब्य रुपमा सम्पन्न भयो । कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक समिति अध्यक्ष सम्झना अर्यालले गरेको […]

म्याग्दीमा एक वर्षमा चार किलोमिटरभन्दा बढी पदमार्ग निर्माण

काठमाडौं । एकीकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका योजनाअन्तर्गत चार दशमलव १९ किलोमिटर पदमार्ग निर्माण भएको छ। गत वर्ष कार्यालयले सञ्चालन गरेका पर्यटन पूर्वाधार निर्माणसम्बन्धी २४ वटा योजनाका लागि रु एक करोड ४० लाख बजेट विनियोजन भएकामा रु एक करोड १० लाख बजेटका १९ वटा योजना सम्पन्न भएका हुन्। योजनामार्फत पर्यटकीयस्थलमा […]

काठमाडौँ महानगरद्वारा ९२ निजी विद्यालयको अनुमति रद्द गर्ने प्रक्रिया सुरु

काठमाडौं ।  काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नेसम्बन्धी ३५ दिने सूचना जारी गरेको छ। महानगर क्षेत्रभित्र प्रचलित कानुनबमोजिम अनुमति वा स्वीकृति लिई सञ्चालनमा रहेका तर हाल रद्द गर्नुपर्ने अवस्थामा पुगेका विद्यालयलाई ३५ दिनभित्र आवश्यक कागजातसहित विवरण पेस गर्न विभागले निर्देशन दिएको हो। शिक्षा ऐन, २०७५ को दफा […]

निजी क्षेत्रप्रति अविश्वास राखेर आर्थिक विकास हुँदैन : एफएनसीसीआई अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रप्रति सरकारको विश्वास बढाउन र व्यवसायीहरूको आत्मविश्वास निर्माण गर्नुपर्ने बताएका छन् । आइतबार इक्यानले आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले अहिले निजी क्षेत्रको आत्मविश्वास इतिहासकै न्यून अवस्थामा पुगेको दाबी गरे । राजनीतिक परिवर्तन र प्राकृतिक प्रकोपजस्ता विभिन्न चुनौतीका बीच पनि व्यवसायीले काम गर्दै […]

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

काठमाडौं । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका लक्ष्मीमार्गका युवाले अहिले आफ्नै गाउँमा व्यावसायिक सफलता पाइरहेका छन्। वैदेशिक रोजगारीको लोभलाग्दो कमाइ छाडेर स्वदेश फर्किएका उनीहरूले सुरु गरेको राँगाको सुकुटी व्यवसायले अहिले लक्ष्मीमार्गको पहिचान नै बदलेर ‘सुकुटी बजार’ बनाइदिएको छ। कतारमा ६ वर्ष बिताएर फर्केका प्रेम श्रेष्ठ र मलेसियामा आठ वर्ष श्रम गरेका […]

चालु आवको पहिलो महिनामै ३८ अर्ब ७० करोडको निर्यात, व्यापार घाटा २४.८८ प्रतिशतले वृद्धि

काठमाडौं । पछिल्लो समय मुलुकको निर्यात व्यापार बढेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा निर्यात ६१.७२ प्रतिशत र आयात ३१.०४ प्रतिशतले वृद्धि भएको छ। विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँको आयात भएको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३१.०४ प्रतिशतले बढी […]