यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ […]

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौं ।  नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले गति लिन थालेको छ । व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता र व्यावसायिक दृष्टिकोणलाई प्राथमिकतामा राखेसँगै निगमको आम्दानी, सिट उपयोगिता तथा सञ्चालन व्यवस्थापनमा सुधार देखिएको हो । गत जेठ ५ गते खुला प्रतिस्पर्धाबाट छनोट भएका ५ जना स्वतन्त्र सञ्चालक तथा मन्त्रालयका दुई प्रतिनिधिसहित निगममा सात सदस्यीय […]

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । चितवनमा साउन १४, १५, १६ र १७ गते गरी ४ दिन विभिन्न कार्यक्रमहरुका साथ भब्य रुपमा सम्पन्न भएको हो । आर्थिक वर्ष २०८२/८३ को समिक्षा, नयाँ आर्थिक वर्ष २०८३/८४ रणनीति, आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्य गर्ने कर्मचारी, […]

ब्रड पिक हिम पहिरो अपडेट : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो

काठमाडौं । ब्रड पिकमा गएको हिमपहिरोमा परेका थप तीन जनाको शव पहिचान भएको छ। विश्व प्रख्यात आरोही निर्मल पुर्जा (निम्स दाइ)सँगै नीमा शेर्पा, किली पेम्बा शेर्पा (किलु)को शव उद्धार टोलीले फेला पारेको छ। यस्तै, चिनियाँ आरोही ह्याङ झोङको शव पनि उद्धार टोलीले पत्ता लगाएको छ। उद्धारकर्ताहरूले थप एउटा शव भएको स्थान पत्ता लगाएको बताइएको छ। […]

स्थानीयलाई अंकित मूल्यमै जलविद्युतको सेयर दिन इप्पानको आग्रह

काठमाडौं ।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई छुट्याइएको साधारण सेयर (आईपीओ) अंकित मूल्य अर्थात् प्रतिकित्ता १०० रुपैयाँमै उपलब्ध गराउन आग्रह गरेको छ। केही जलविद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूले नियामकीय प्रक्रियाका कारण साधारण सेयर निष्कासनमा ढिलाइ भएपछि स्थानीय प्रभावितका लागि प्रिमियम मूल्यमा सेयर जारी गर्ने विकल्पबारे छलफल गरिरहेको विषयमा […]

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

काठमाडौं । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा कायम गर्न सामूहिक प्रतिबद्धता जनाइएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा आज धनगढीमा भएको सर्वपक्षीय बैठकमा सरोकार भएकाहरूले सदियौँदेखि मिलेर बसेको समाजमा कुनै प्रकारका अवाञ्छित गतिविधि हुन नदिन मिलेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका हुन् । बैठकमा राजनीतिक दललगायत धार्मिक तथा सामाजिक […]

अत्यधिक गर्मीका कारण हङ्गेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने

काठमाडौं । ड्यान्युब नदीको पानीको सतह कीर्तिमानी रूपमा घटेपछि हङ्गेरीले ४४ वर्षपछि पहिलो पटक आफ्नो एकमात्र आणविक ऊर्जा केन्द्र बन्द गर्ने भएको छ । प्रधानमन्त्री पिटर म्याग्यारले आइतबार यसबारे जानकारी दिएका हुन् । युरोपभर लामो समयदेखि जारी खडेरी र अत्यधिक गर्मीका कारण उत्पन्न ऊर्जा सङ्कटको पछिल्लो प्रभावका रूपमा हङ्गेरीले पाक्स आणविक ऊर्जा केन्द्र बन्द गर्ने निर्णय […]

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को दृश्यावलोकन गराउन उडाइएको थियो । नाज्का नगरपालिकाका अनुसार विमान नजिकैको इका सहरबाट उडेको थियो । पेरुभियाली कम्पनी एरोडियानाद्वारा सञ्चालित उक्त विमानले विगत १४ वर्षदेखि ‘सेसना ग्रान्ड क्याराभान’ विमानमार्फत […]

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

काठमाडौं । सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन निर्माणका लागि आवश्यक वातावरणीय अध्ययनको सन्दर्भमा विद्युत् विकास विभागले सार्वजनिक सूचना प्रकाशित गरेको छ। विभागले आज एक सूचनामार्फत सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–२ मा निर्माणाधीन ५.५७५ मेगावाट क्षमताको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको स्विचयार्डदेखि वडा नम्बर ३ मा निर्माणाधीन तल्लो दूधकुण्ड खोला जलविद्युत् आयोजनाको स्विचयार्डसम्म […]

जेठसम्म १ खर्ब ३९ अर्ब सेयर कर्जा प्रवाह, कुन बैंकको कति?

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा (साउन-जेठ) वाणिज्य बैंकहरुको सेयर धितो कर्जा प्रवाह ३१.६३ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुले १ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले १ खर्ब ६ अर्ब १८ करोड ६० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका […]