ब्याजदर सीमाभित्र राख्न सफल : मौद्रिक नीति समिक्षा (पूर्ण पाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर सीमाभित्र राख्न सफल भएको जनाएको छ । मंगलबार आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा जनाएको हो । मौद्रिक नीति समिक्षामार्फत् राष्ट्र बैंकले  ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमा बीचको दूरी क्रमशः घटाउँदै नीतिगत दरलाई करिडोरको बीचमा कायम गर्ने उद्देश्यले ब्याजदर करिडोरलाई थप […]

सईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ अन्तर्गत सञ्चालन गरिएको ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार असार १ देखि ९ गतेसम्म सञ्चालन भएको परीक्षामा आवेदन दिएका १ लाख ४८ हजार ५०७ परीक्षार्थीमध्ये १ लाख २९ हजार १९४ जना परीक्षामा सहभागी भएका थिए। सहभागीमध्ये ८३ हजार […]

रेमिटेन्स वृद्धि हुँदा तरलताले निरन्तरता पायो : मौद्रिक नीतिको समीक्षा  (पूर्ण पाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाहबाट भित्रिएको रकम वित्तीय प्रणालीमा थपिँंदै जाने तर कर्जा प्रवाह र लगानीमा अपेक्षित वृद्धि नहुँदा अधिक तरलताको स्थिति निरन्तर कायम भई मौद्रिक व्यवस्थापन दबाबमा रहेको जनाएको छ । मंगलबार आर्थिक वर्ष २०८२ /८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै सो कुरा बताएको हो । जुन मौद्रिक नीति […]

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको बिदाइ

काठमाडौं । निर्वाचन आयोगले कार्यवाहक प्रमुख  रामप्रसाद भण्डारीको बिदाइ गरेको छ । बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भण्डारीले आयोगको गरिमा अभिवृद्धि गर्न खेलेको भूमिकाप्रति आभार एवं कृतज्ञता व्यक्त गरे। प्रवक्ता भट्टराईले उनलाई एक मृदुभाषी, कानुनविद् र कठिन परिस्थितिमा मार्गनिर्देशन गर्ने अभिभावकका रूपमा चित्रण गरे । राष्ट्रलाई संकट परेका विभिन्न परीक्षाहरूमा उनले आफ्नो […]

सरकारको कृषिमा लगानी फलदायी हुँदै, वार्षिक औसत ४.३ प्रतिशतको वृद्धि

काठमाडौं । सरकारले कृषिमा गरेको लगानी फलादायी भएको पाइएको छ । समग्र कृषि उत्पादक मूल्य सूचकाङ्क आर्थिक वर्ष २०७०/७१ को तेस्रो त्रैमासिकमा १०५.६३ रहेकोमा आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकमा वृद्धि भई १५०.२० पुगेको छ । यो १३ वर्षको अवधिमा भएको ७३.५ प्रतिशतको संचित वृद्धि हो यसले वार्षिक रूपमा लगभग ४.३ प्रतिशतको औसत वार्षिक चक्रवृद्धि […]

तेस्रो त्रैमासको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहने

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष आर्थिक वर्ष २०८२८३ को तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहने अनुमान गरेको छ । आधारभूत मूल्यमा तयार गरिएको मौसमी प्रभाव समायोजन नगरिएको तथ्याङ्कअनुसार यो वृद्धि अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा अनुमान गरिएको  हो। प्रारम्भिक अनुमानअनुसार विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण […]

१४सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार नेपालि बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यवासायी महांसघका अनुसार सुन प्रतितोला  १४ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला २  लाख ८८ हजार  रुपैयाँमा कारोबार भइरेहको छ । सोमबार सुन प्रतितोल २ लाख ८९  हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज, चाँदी पनि ३० रुपैयाँले घटेको […]

२५ अर्वको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक २०८४ ड’ जारी गर्ने भएको हो । राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र एक वर्षे अवधिको हुनेछ । बुधबार दिउँसो २ बजेसम्म बोलकबोल गर्ने समय तोकिएको छ । ब्याज भुक्तानी अर्धवार्षिक हुनेछ भने साँवा भुक्तानी मिति २०८४ […]

निजामती कर्मचारीका पूर्व ट्रेड युनियनलाई तीन दिनभित्र सरकारी भवन खाली गर्न सरकारको निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साविकका राष्ट्रियस्तरका निजामती कर्मचारी ट्रेड युनियन तथा कर्मचारी संगठनहरूले प्रयोग गर्दै आएका सरकारी भवन तथा संरचना तीन दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार सम्बन्धित संगठनहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र भवन तथा अन्य संरचना पूर्ण […]

द्रुतमार्ग पुरानै रेखांकनअनुसार खोकनासम्मै विस्तार हुने, सेनालाई निर्माण अघि बढाउन सरकारको ग्रिन सिग्नल

काठमाडौं । काठमाडौँ–तराई/मधेश द्रुतमार्गलाई प्रारम्भिक परिकल्पनाअनुसार खोकनासम्मै विस्तार गर्ने गरी सरकारले नेपाली सेनालाई निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। यससँगै अघिल्लो सरकारले विवादित खण्डलाई स्थगित गरेर वैकल्पिक विकल्प खोज्ने संकेत दिएको नीति परिवर्तन भएको छ। पूर्वाधार विकास मन्त्रालयले द्रुतमार्गको अन्तिम ६.५ किलोमिटर डुकुछाप–फर्सिडोल–खोकना खण्डलाई दुई प्याकेजमा विभाजन गरी निर्माण प्रक्रिया अघि बढाउन स्वीकृति दिएको […]