आजको मौसम : तीनवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहँदा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७८ रुपैयाँ १६ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

३५ लाख ९९ हजारमा नामी भिगो ई२ प्लस सार्वजनिक

काठमाडौं । नामी भिगो ई२ प्लस नेपालमा सार्वजनिक भएको छ। डोङफेङ नामीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले किफायती मूल्यमा नयाँ विद्युतीय एसयूभी नामी भिगो ई२ प्लस सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक गरिएको भिगो ई२ प्लसको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार उक्त मूल्य नाडा अटो शो अवधिका लागि मात्र […]

मोबाइलको कभर फेर्दा ३५० तिरेका प्रहरी नायब निरीक्षकलाई पर्यो १० लाख

काठमाडौं ।  करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार तुल पुडासैनीले जितेका  छन्। आन्तरिक राजश्व विभागले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार मन्त्रालयमा उपहार घोषणा गरेको थियो । साउन महिनाको दोस्रो १६ दिनको हरेक दिनको एक एक जना र सबै सहभागी मध्येबाट छनोट गरिएको एक जनालाई बम्पर गरि १७ जना उपभोक्ता छनोट गरिएको थियो […]

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। हाल  सुरपरीवेक्षण विभाग प्रमुखका रुपमा कार्यरत कार्यकारी निर्देशक रावल डेपुटी गभर्नर नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको छ ।  

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो जिम्मेवारीको रूपमा रहेको विपद् व्यवस्थापनमा मन्त्रालय संवेदनशील रहेको बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा समय लिएर बोल्दै उनले सांसद गोपाल शर्माले जाजरकोट र रुकुम पश्चिमका विपद्‌बाट प्रभावित नागरिकको उद्धार र राहतका सम्बन्धमा सोधेको प्रश्नको जवाफ दिएका हुन्। मन्त्री गुरुङले विपद्‌मा एक परिवारबाट एक व्यक्तिलाई लाभ प्राप्त हुने कानुनी व्यवस्था […]

प्रेस काउन्सिलका चार सदस्यले लिए सपथ

काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार सुरु गरका छन् । सञ्चारग्रामस्थित काउन्सिलमा आज आयोजित एक कार्यक्रमबिच अध्यक्ष उमेश श्रेष्ठले सदस्यहरू नम्रता शर्मा, प्रकाशभक्त माथेमा, रविराज बराल र उपासना घिमिरेलाई सपथ ग्रहण गराउँदै काउन्सिलका ऐन, कानुन, विनियमावली तथा कार्यविधिलगायत सामग्री प्रदान गरे । अध्यक्ष श्रेष्ठले पत्रकारिता क्षेत्रका दिग्गज सदस्य पाइएको बताउँदै अब […]

प्रधानमन्त्री शाह र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले चालु आर्थिक वर्षमा सरकारका प्राथमिकता तथा निर्धारित लक्ष्य कार्यान्वयनलाई प्रभावकारी बनाउन मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह र मन्त्रीहरूले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका हुन्। कार्यसम्पादन सम्झौतामा सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित प्रमुख काम तथा अपेक्षित उपलब्धि समेटिएका छन्। चालु […]

साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन ग्यास आयात

काठमाडौं । गत साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन बढी एलपी ग्यास आयात भएको छ । नेपाल आयल निगमका अनुसार पछिल्लो पाँच महिनामध्ये साउनमा सबैभन्दा बढी ग्यास आयात भएको हो । निगमका अनुसार गत साउनमा ५७ हजार ३१६ मेट्रिक टन ग्यास आयात भएको छ । गत असारमा ४४ हजार ५४४, जेठमा ३२ हजार ८४२, […]

कृषि उद्यम केन्द्रमा सल्लाहकार र सदस्य मनोनित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रमा सहसभापति, सदस्य तथा सल्लाहकार मनोनित भएका छन्। मनोनित पदाधिकारीलाई पत्र हस्तान्तरण गर्दै महासंघले केन्द्रलाई कृषि उद्यम, लगानी, प्रविधि, नवप्रवर्तन र बजारलाई एकीकृत गर्ने प्रभावकारी संस्थाका रूपमा विकास गर्ने लक्ष्य अघि सारेको छ। मनोनयन पत्र हस्तान्तरण कार्यक्रममा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले कृषि क्षेत्रलाई मुलुकको आर्थिक रूपान्तरणको प्रमुख […]