कोशी प्रदेशसभामा विधेयक पेस

काठमाडौं । कोशी प्रदेशसभाको बुधबार बसेको बैठममा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेस भएको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दा सभामुख अम्बरबहादुर विष्टले स्वीकृत भएको घोषणा गरेपछि विधेयक सदनमा पेस भएको हो । विशेष समय […]

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवको अवसरमा फुटसल प्रतियोगिता आयोजना हुने

काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली ईतिहास बोकेको यस नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको ७९औं वर्ष पूरा गरी ८० वर्षमा प्रवेश गरेको अवसरमा दोस्रो नेपाल इन्स्योरेन्स फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।  कम्पनीको ७९औँ वार्षिकोत्सवको अवसरमा आगामी २०८३ साल असोज ३ गते सामाखुसी फुटसलमा प्रतियोगिता आयोजना गर्न लागिएको हो। उक्त प्रतियोगितामा नेपाल बीमा […]

सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान बृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले सङ्घीय अनुदानमा कार्यरत शिक्षक तथा प्र्रारम्भिक बालविकास इसिडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान बृद्धि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक अनुदानमा १० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको हो । […]

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

काठमाडौं ।  बछ्यौलीका महिलाले सामूहिक दुध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्। स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने उद्देश्यले सौराहामा आउने विदेशी पाहुनालाई स्थानीय उत्पादन चखाउने अभिःप्रायबाट दुग्ध विविधिकरण पसल सञ्चालन गरिएको हो। रत्ननगर नगरपालिका–६ बछौलीस्थित नारी चेतना मध्यवर्ती महिला उद्यमी समूहमा आबद्ध ५० जना महिलाले स्थानीय दुधको विविधिकरण डेरी पसल सञ्चालन गरेका छन्। स्थानीय कृषि तथा पशुपालनलाई […]

प्रधानमन्त्री बालेन्द्र शाहले गरे बिभागिय मन्त्री र मुख्यसचिवसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले  बिभागिय  मन्त्री र मुख्यसचिवसँग  चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन्  । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्रीहरुले प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरेका हुन्  प्रधानमन्त्रीले  बिभागिय मन्त्रीहुसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको […]

परम्परागत नेपाली खुकुरी संरक्षणमा वल्र्डलिंकको साथ

काठमाडौं । परम्परागत नेपाली खुकुरी बनाउने सीप तथा व्यवसायको संरक्षणमा वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले सहयोग गरेको छ। सल्यानको खलङ्गास्थित विश्वकर्मा टोलमा परम्परागत रूपमा खुकुरी निर्माण गर्दै आएका राजु विक र पार्वती विकलाई वल्र्डलिंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सुरक्षित टहरा निर्माण गरी हस्तान्तरण गरेको हो। परम्परागत सीप र व्यवसायको संरक्षणसँगै स्थानीयस्तरमा रोजगारी तथा आयआर्जनका अवसरलाई निरन्तरता […]

एनआईसी एशिया डिबेन्चर २०८३/८४ को सूचीकरण खारेज हुने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले जारी गरेको एनआईसी एशिया डिबेन्चर २०८३/८४ परिपक्व हुने भएसँगै धितोपत्र दोस्रो बजारको सूचीकरणसमेत खारेज हुने भएको छ । यस कम्पनीले ७ वर्ष अवधिको १० दशमलव २५ प्रतिशत ब्याजदर कायम गर्दै १ अर्ब ९४ करोड ३६ लाख ९८ हजार रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो । उक्त ऋणपत्र भदौ १० […]

युनाइटेड अजोड र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयर थपियो नेप्सेमा

काठमाडौं । बुधवार दुई कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थपिएको छ । युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको बोनस शेयर नेप्सेमा थपिएको हो । युनाइटेड अजोड इन्स्योरेन्सले विक्री गरेको १० प्रतिशत हकप्रद शेयर वापत्को २३ लाख १० हजार कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । त्यस्तै साल्ट ट्रेडिङ्ग कर्पोरेशनको […]

सरकारी जग्गा व्यक्तिको नाममा, दर्ता बदर गर्न माग

काठमाडौं । साविक दुवाकोट गाविस–८ (ख), हाल चाँगुनारायण नगरपालिका–१ स्थित करिब १६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको भन्दै उक्त दर्ता बदर गरी नेपाल सरकारको नाममा कायम गर्न माग गरिएको छ । ‘सत्य र न्यायको खोजी अभियान’ले भूमि प्रशासन कार्यालय, भक्तपुरलाई पत्र पठाउँदै साविक दुवाकोट गाविस–८ (ख) को कित्ता नं ४७ को १९ रोपनी […]

मिड सोलु हाइड्रोपावरको ७७ लाख ६३ हजारभन्दा बढी कित्ता शेयरको लकइन अवधि सकिदै

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडको कुल ७७ लाख ६३ हजार १५३ कित्ता शेयरको लकइन आगामी असोज १० गतेपछि सकिने भएको छ । कम्पनीको संस्थापक तर्फको ६८ लाख ८५ हजार २८० कित्ता, आयोजना प्रभावित स्थानीयको ८ लाख ६० हजार ६६० कित्ता र कर्मचारीतर्फको १७ हजार २१३ कित्ता शेयरको लकइन असोज १० गतेपछि सकिने भएको छ […]