पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । उनलाई ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको हो । प्रहरी स्रोतले पक्राउ गरेको जानकारी दिएको छ । यद्यपि उनलाई पक्राउ गर्नुको कारण भने प्रहरीले खुलाएको छैन ।

सक्रिय मनसुनः यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानकै आसपासमा अवस्थित छ। यतिबेला मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लागेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा […]

बिहीबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा , युके पाउन्ड स्ट्रलिङ एकको […]

बैंकिङ प्रणालीमा ८२ खर्ब ५० अर्ब निक्षेप, १५ खर्ब बढी तरलता

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ८२ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा मात्रै ७४ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थामा ८ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप रहेको छ। यस्तै, बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५९ खर्ब २४ […]

थुनुवा–कैदीको मानव अधिकार अवस्थाबारे उपसमितिको प्रतिवेदन कार्यान्वयन गरिने

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानवअधिकार अवस्थासम्बन्धी अध्ययन तथा अनुगमन गर्न गठित उपसमितिको प्रतिवेदन ग्रहण गर्दै कार्यान्वयन गराउने भएको छ । समितिको आज भएको बैठकको निर्णयअनुसार विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानवअधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन गर्न गठित उपमितिको प्रतिवेदनमाथि समितिका […]

विद्युतीय सवारीका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै

काठमाडौं । चिनियाँ अटो निर्माता चेरीले दक्षिण अफ्रिकामा निसानको पूर्वकारखाना खरिद गरेपछि अफ्रिकामा विद्युतीय सवारी साधन (ईभी) उत्पादनतर्फ चिनियाँ कम्पनीहरूको चासो बढेको देखिएको छ । चीनमा सवारी साधनको आन्तरिक माग सुस्त हुनुका साथै युरोप र उत्तर अमेरिकामा व्यापारिक अवरोध बढिरहेका बेला चिनियाँ अटोमेकरले अफ्रिकालाई नयाँ बजारका रूपमा हेर्न थालेका हुन्। विश्लेषकका अनुसार स्थानीय उत्पादनले रोजगारी […]

यातायात सुधार सरकारको प्राथमिकतामा छ, प्रविधि र सुरक्षामा जोड दिन्छौं : अनुकूल निधि

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयका विज्ञ सल्लाहकार एवं ट्राफिक तथा यातायात इन्जिनियर अनुकूल निधिले सार्वजनिक यातायात सुधारका लागि नीति निर्माणसँगै प्रविधिको विकासलाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन् । नाइमा नेपाल मोबिलिटी एक्स्पोका अवसरमा आयोजित ‘मोबिलिटी : हिजो, आज र भोलि‘ विषयक ‘नाइमा मोबिलिटी संवाद’ मा उनले सरकारले सार्वजनिक यातायात सुधारलाई उच्च प्राथमिकता दिएको पनि बताए […]

रास्वपा सांसद सुनारको आरोपमा आईजीपी कार्कीको जवाफ: ‘पाषाणयुगीन मानसिकताबाट शासित भयौँ’

काठमाडौं । रास्वपा सांसद खगेन्द्र सुनारले सार्वजनिक लेखा समितिमा आफूमाथि लगाएको अनियमितताको आरोपमाथि आईजीपी दानबहादुर कार्कीले कडा जवाफ फर्काएका छन् । सुनारले नेपाल प्रहरीको पोशाक खरिद अनियमिततामा भएको भन्दै कार्कीलाई जिम्मेवारीबाट हटाएर छानबिन थाल्नुपर्ने बताएका थिए । सुनारलाई जवाफ फर्काउँदै कार्कीले सुनारका कुरा सुन्दा ‘पाषाणयुगीन मानसिकता बोकेका मान्छेबाट शाषित हुँदै छौँ’ कि भन्ने चिन्ता लागेको […]

काठमाडौं उपत्यकामा २० लाखभन्दा बढी सवारीको ट्राफिक व्यवस्थापन हातको ईशारा र सिठ्ठीका भरमा भइरहेको छ : ट्राफिक प्रमुख

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्ले काठमाडौं उपत्यकामा २० लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा रहे पनि ट्राफिक प्रहरीले अझै हात र सिठीको भरमा ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताएका छन् । नाइमा नेपाल मोबिलिटी एक्स्पोका अवसरमा आयोजित ‘मोबिलिटी : हिजो, आज र भोलि‘ विषयक ‘नाइमा मोबिलिटी संवाद’ मा बुधबार […]

१० सहकारीका १९७ बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं । लामो समयदेखि रोकिएको बचत रकम फिर्ता हुने क्रमसँगै विभिन्न १० वटा सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन्। राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अनुसार सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई प्रक्रिया पूरा गरी रोकिएको बचत रकम फिर्ता गरिएको हो। प्राधिकरणको विवरणअनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ जना बचतकर्ताले रकम फिर्ता […]