भ्याक्सिनेटरको भुक्तानीबाट घुस लिएको आरोपमा सेवा विज्ञ केन्द्रका दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराजका कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनीहरूले भ्याक्सिनेटरहरूलाई सेवा बापतको भुक्तानी उपलब्ध गराएबापत रकमको २० प्रतिशत कमिसन माग गरी रु. १ लाख ३२ हजार […]

