अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
काठमाडौं ।अमेरिकाले इरानका बन्दरगाहमाथि पुनः नौसैनिक नाकाबन्दी लागू गरेपछि इरानले अमेरिकालाई फाइदा पुग्ने अन्य महत्त्वपूर्ण निर्यात मार्गसमेत बन्द गर्ने चेतावनी दिएको छ । यसले विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा थप सङ्कट गहिरिने चिन्ता बढाएको छ । इरानी सञ्चारमाध्यमका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले बुधबार जारी गरेको विज्ञप्तिमा अमेरिकाका सहयोगीहरूलाई लाभ पुग्ने सबै ऊर्जा […]

