जोखिमयुक्त स्थानमा रहेका बस्ती सार्नेगरी कानुन बनाउँदै सरकार

काठमाडौं । सरकारले नदी किनार, तालतलैया, राष्ट्रिय निकुञ्ज, आरक्ष, वन क्षेत्र तथा सडकको मापदण्डभित्रलगायत जोखिमयुक्त स्थानमा रहेका बस्ती अन्यत्र सार्नेगरी कानुन बनाउन लागेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ मा जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई अन्यत्रै […]

भोटेकोशी बाढी : एक हजार ३० शवको सुरक्षित व्यवस्थापन

काठमाडौं । भोटेकोशी बाढीपछि फेला परेका एक हजार ३४४ मध्ये एक हजार ३० शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ । फेला परेका शवको पहिचानका लागि डिएनए नमूना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म २२२ महिला, ३५५ पुरूष र ४५३ संवेदनशील अवस्थाका पहिचान नखुलेका शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । शव पहिचानका लागि मृतकका […]

माथिल्लो त्रिशूली–३ ए जलविद्युत् बाट दुई जनाको उद्धार, सम्पर्कविहीनको खोजी जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित रसुवा र नुवाकोटमा विद्युत् पूर्वाधारको मर्मत तथा पुनःस्थापना र उद्धार कार्यलाई तीव्रता दिइएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार बाढीपछि जलविद्युत् आयोजना, विद्युत् संरचना तथा प्रभावित कामदार र समुदायको उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखिएको छ। मन्त्रालयका सहसचिव एवम् प्रवक्ता मोहन कुमार […]

बाढीले पुरिएको घरबाट नुवाकोटमा महिलाको जीवितै उद्धार

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ । सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरबाट उनकी श्रीमती चण्डिका श्रेष्ठको उद्धार गरिएको हो । उद्धार गरिएकी चण्डिकालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउन लागिएको प्रवक्ता कार्कीले जानकारी दिए । यसअघि नेपाली सेनाले अपर त्रिशूली–१ जलविद्युत् […]

ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति, ‘२५ लाख सहयोग गरेर साढे ११ करोड असुलियो’

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश सिंह कार्कीले खाना पकाउने एलपी ग्यासको मूल्यवृद्धिप्रति आपत्ति जनाएका छन् । उनले बाढीपीडितका लागि नेपाल आयल निगमले गरेको सहयोगको तुलनामा मूल्यवृद्धिबाट उपभोक्तामाथि परेको आर्थिक भार अत्यधिक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजोन) ले काठमाडौंमा आयोजना गरेको ‘रसुवा बाढीपछिको आपूर्ति तथा मूल्य शृंखलामा परेको प्रभाव र देखिएको […]

इन्धन र ग्यासको चर्चाबीच अन्य उपभोग्य वस्तुको महँगी ओझेलमा :  पूर्वराज्यमन्त्री  दुगड

काठमाडौं । पूर्वराज्यमन्त्री तथा उद्योगपति मोतीलाल दुगडले पेट्रोलियम पदार्थ र ग्यासको मूल्य तथा आपूर्तिको चर्चाबीच दैनिक उपभोग्य अन्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि ओझेलमा परेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजोन) ले काठमाडौंमा आयोजना गरेको ‘बाढीपछिको आपूर्ति र मूल्य शृङ्खलामा परेको प्रभाव तथा चुनौती’ विषयक कार्यक्रममा बोल्दै दुगडले बजारमा बिस्कुटदेखि साबुनसम्म र भान्सामा प्रयोग हुने […]

माथिल्लो त्रिशुली टनेलबाट १० औं दिनमा एक चिनियाँको उद्धार

काठमाडौं ।बाढीका कारण प्रभावित माथिल्लो त्रिशुली १ (२१६ मेवा) को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले केहीबेर अघि मात्रै उक्त टनेलबाट उनलाई उद्धार गरेको हो। उनलाई उद्धार गरेर नुवाकोटको त्रिसुलीस्थित मैथिल ब्यारेकमा ल्याइँदैछ। उनलाई बाढी गएको १० औं दिनमा उद्धार गरिएको हो।

पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा नेपाली दूतावास पुगेर बाढीप्रति दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शहबाज शरीफले इस्लामाबादस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। शुक्रबार नेपाली दूतावास पुगेर नेपालका लागि नेपाली कार्यवाहक राजदूत रीता धितालसँग भेट गर्दै प्रधानमन्त्री शरीफले बाढीका कारण अमूल्य जीवन गुमाएकाहरूप्रति गहिरो समवेदना प्रकट गरेका हुन्। सो अवसरमा उनले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त […]

भोटेकोशी बाढीको क्षतिपूर्ति समस्या सिर्जना गर्नेले तिर्नुपर्छ : शङ्कर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिको क्षतिपूर्ति समस्या सिर्जना गर्ने पक्षले तिर्नुपर्ने बताएका छन् । एमाले विशेष संगठन कमिटीले शनिबार केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै पोखरेलले औद्योगिक राष्ट्रहरूले अत्यधिक कार्बन उत्सर्जन गर्दा त्यसको असर नेपालजस्ता विकासशील मुलुकले भोग्नुपरेको बताए । ‘विकसित देशहरूले ठूला–ठूला उद्योग र आणविक […]

रसुवा–भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा खोज्न समिति गठन

काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्न सरकारले उपयुक्त जग्गा पहिचानका लागि समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरेको हो । समितिलाई बाढीका कारण घर तथा जग्गामा क्षति पुगेका, हालको बसोबास जोखिमयुक्त […]