मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा

काठमाडौं । पहिरोका कारण अवरूद्व रहेको मुग्लिङ–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । नेपाल प्रहरीका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङमा माथिबाट पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि हाल उक्त सडकखण्डमा सवारी आवागमन पुनःसञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

भक्तपुरमा ४ हजार लिटर गुणस्तरहीन दूध नष्ट, मनोहराको पोलीमर एण्ड वेभेरेज उद्योगलाई चेतावनी

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताहरूबाट प्राप्त उजुरी र गुनासोको तत्काल सम्बोधन गर्ने क्रममा साउन १५ गते विशेष अनुगमन निरीक्षण सम्पन्न गरेको छ।  विभागको टोलीले उपत्यकाका दुई प्रमुख खाद्य उद्योगहरुको स्थलगत निरीक्षण गरी कैफियत भेटिएका उद्योगमाथि कडा कारबाही गर्नुका साथै आवश्यक निर्देशन जारी गरेको छ। अनुगमनका क्रममा भक्तपुर जिल्लाको लिवालीस्थित जय शम्भु […]

हर्मुज खुला नभएको इरानको स्पष्टोक्ति

काठमाडौं । इरानले ओमानसँग नयाँ समुद्री यातायात मार्गसम्बन्धी भएको प्राविधिक समझदारीलाई लिएर हर्मुज जलघाँटी पुनः सञ्चालन हुन लागेको भन्ने व्याख्या अस्वीकार गर्दै जलघाँटी अझै बन्द नै रहेको र त्यसलाई खोल्ने निर्णय पूर्णतः अलग विषय भएको स्पष्ट गरेको छ । इरानले जलघाँटी बन्द रहनुको कारण अमेरिकाको नाकाबन्दी, सम्झौता उल्लङ्घन तथा आफूविरुद्ध जारी शत्रुतापूर्ण गतिविधिलाई जिम्मेवार ठहर […]

परराष्ट्रमन्त्री र मङ्गोलियाका पूर्वप्रधानमन्त्रीबिच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ जन्दानशातारबिच भेटवार्ता भएको छ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा साेमबार भएको भेटवार्तामा उनीहरूबिच नेपाल र मङ्गोलियाबिचको द्विपक्षीय सम्बन्ध, भूराजनीतिक समानता, विकास, व्यापार, साझेदारी तथा बौद्ध मूल्य–मान्यताका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भएको मन्त्रालयले जनाएको छ। सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल र मङ्गोलियाबिच भूराजनीतिक रूपमा धेरै समानता […]

निर्जिवन कम्पनीले शेयर बजार उचाल्दा एक अंकले मात्र घट्यो नेप्से, सवा अर्बले बढ्यो कारोबार रकम

काठमाडौं । गत साता सोमबार देखि घटेको सेयर बजार सोमबार पनि घटेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज , नेप्से १.२० अंकले घटेर २६८४.३३ विन्दुमा पुगेर बन्द भएको हो । सोमबार सेन्सेटिभ इन्डेक्स ०.४९ अंकले घटेर ४७०.६३ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.१४ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.१७ अंकले घटेको […]

‘भर्सन नेक्स्ट’ आई–सोलुसन सार्वजनिक गर्दै सिटिजन लाइफले गर्‍यो ‘सिटिजन लिडर्स नाइट २०२६’

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता, एजेन्सी म्यानेजर, शाखा र कर्मचारीलाई सम्मान गर्दै ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न गरेको छ। कार्यक्रममार्फत कम्पनीले नयाँ आई–सोलुसन प्रणाली ‘भर्सन नेक्स्ट’ सार्वजनिक गर्दै सेवा प्रवाहलाई थप डिजिटल, छरितो र ग्राहकमैत्री बनाउने घोषणा गरेको छ। साउन १६ गते काठमाडौंको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजित कार्यक्रममा […]

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं मङ्गोलियन चेस फेडेरेसनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल र मङ्गोलियाबीचको कूटनीतिक सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भयो । उनीहरुबीच नेपाल र मङ्गोलिया दुवै देश भौगोलिक […]

जुलाईमा भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ पर्यटक ६१ प्रतिशतले बढे

काठमाडौं । नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत वर्षको जुलाई महिनाको तुलनामा २.३ प्रतिशत बढी हो । सन् २०२५ को जुलाईमा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल आएका थिए । पर्यटन बोर्डका अनुसार जुलाईमा सबैभन्दा धेरै […]

परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सोमबार काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रबाट उनलाई पक्राउ गरेको हो। सिआइबीका अनुसार भट्टराईमाथि राहदानी ऐन अन्तर्गत कसुर गरेको आरोप छ। अनुसन्धानका क्रममा ट्राभल डकुमेन्ट बनाउन नमिल्ने व्यक्तिलाई ट्राभल डकुमेन्ट उपलब्ध गराएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप […]

राष्ट्रिय सभामा एलपी ग्यास अभावबारे सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले बढ्दो महँगी, एलपी ग्यासको अभाव र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले चाडपर्व नजिकिँदै गर्दा बजारमा खाद्यान्न तथा अत्यावश्यक वस्तुको मूल्य निरन्तर बढेको, तर उपभोक्ताले सहज रूपमा सामानसमेत नपाएको भन्दै तत्काल प्रभावकारी हस्तक्षेप गर्न सरकारसँग माग गरेका हुन्। सांसद कृष्णबहादुर रोकायाले खाद्यान्नसहित […]