काँकडभिट्टा नाकाबाट चिया निर्यातमा गिरावट, आम्दानी पनि घट्यो
भद्रपुर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका काँकडभिट्टाबाट भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेखनीय गिरावट आएको छ। काँकडभिट्टा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा चिया निर्यातको परिमाणसँगै त्यसबाट हुने आम्दानी पनि अघिल्लो वर्षको तुलनामा घटेको हो। भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा १३ हजार ४५ मेट्रिक टन चिया निर्यात हुँदा रु तीन […]

