नेप्सेमा २ हाइड्रोपावर कम्पनीको सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा याम्बालिङ्ग हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको सेयर सूचीकृत भएको छ । नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावरको कुल ७० लाख कित्ता सेयर सूचीकृत भएको छ । जसमा २८ लाख कित्ता सर्वसाधारणमा वितरण गरिएको सेयर र ४२ लाख कित्ता संस्थापक समूहको सेयर रहेको छ । नेप्सेले कम्पनीलाई ‘YMHL’  सिम्बोल दिएको […]

युनाइटेड अजोड इन्स्योरेन्सले प्रस्ताव गर्‍यो पाँच प्रतिशत लाभांश

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले शेयरधनीलाई ४.७५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको ६२औं बैठक ले उक्त निर्णय गरेको हो। कम्पनीले बीमा ऐन, २०७९ तथा बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन, २०८० बमोजिम आर्थिक वर्ष २०८१/८२ सम्मको वित्तीय […]

एडीबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौं ।एसियाली विकास बैंक (एडीबी) ले नेपालका नगरपालिकामा खानेपानी र सरसफाइ सुधारका लागि ११ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ । एडीबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट १३ जिल्लाका आठ लाख ५० हजारभन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ । एडीबीका अनुसार उक्त परियोजनाले खानेपानीको पहुँच विस्तार र […]

मन्त्रिपरिषद् बैठक आज ४:३० बजे बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।  आज दिउसो ४:३० बजे  सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ ।

ट्रेजरी बिलमार्फत सरकारले २५ अर्ब ५३ करोड आन्तरिक ऋण उठाउँदै

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले शुक्रबार २५ अर्ब ५३ करोडको ट्रेजरी बिल सार्वजनिक गरेको छ । आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा बैंकहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले जारी गरेको ट्रेजरी बिलमा बैंकहरुले प्रतिस्पर्धा गर्न लागेको हुन् । सार्वजनिक […]

हेटौँडामा बक्यौता नतिर्ने उद्योगको विद्युत् आज पनि काटिने

काठमाडौं ।औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा कार्यालयले औद्यागिक क्षेत्रभित्र सञ्चालित बक्यौता तिर्न बाँकी उद्योगको विद्युत् लाइन काट्ने कामलाई आज पनि निरन्तरता दिएको छ । बिहीबार ५० वटा उद्योगको विद्युत् लाइन काटेको कार्यालयले आज बिहान ६ः०० बजेदेखि बक्यौता तिर्न बाँकी रहेका कार्यालयको विद्युत् काट्ने कामलाई निरन्तरता दिएको हो । कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले विद्युत् लाइन […]

उजुरीपछि अख्तियारको छापा

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा नदीजन्य पदार्थ उत्खनन तथा ठेक्का व्यवस्थापनका सम्बन्धमा अनुसन्धान अघि बढाएको छ । ठेक्का व्यवस्थापनमा अनियमितता भएको उजुरीपछि अख्तियारले सम्बन्धित कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो । नदीजन्य पदार्थको उत्खनन, घाटगद्दी व्यवस्थापन तथा ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा परेको उजुरीका आधारमा अख्तियारको टोली गाउँपालिकामा पुगेर […]

सामुदायिक विद्युतीकरण विस्तारमा समस्या

काठमाडौं ।पर्वतका ग्रामीण बस्तीहरूमा विद्युत् पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालनमा रहेका सामुदायिक विद्युतीकरण सेवा पछिल्लो समय आर्थिक अभावले विस्तारमा समस्या भएको छ । सञ्चालन खर्च वृद्धि, प्राविधिक जनशक्तिको अभाव, विद्युत् चुहावट तथा उपभोक्ताको असन्तुष्टिका कारण सामुदायिक विद्युतीकरण संस्थाको अवस्था जटिल बनेको हो । जिल्लाको विहादी गाउँपालिका १ बाच्छा सामुदायिक विद्युत् उपभोक्ता समितिलाई विद्युत् सेवा विस्तार […]

सुनको मुल्य १० हजार ५ सयले घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा  सुनचाँदीको मुल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १० हजार ५ सय रुपैयाँले घटेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार सुन प्रतितोला २ लाख ९७ हजार दुइ सय रुपैयाँमा कारोबार भएको थियो । […]

कक्षा १२ को नतिजा सार्वजनिक,यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्डका अनुसार नियमित तर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षामा ४ लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ ३ लाख ३२ हजार २४१ र आशिंक तर्फ […]