नेपाल बैकंद्वारा ग्रामीण विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण

रसुवा । नेपाल बैङ्क लिमिटेड धुञ्चे शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पहिलो पटक दुर्गम क्षेत्रका सात विद्यालयका ९२ जना विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । दुर्गम क्षेत्रका विद्यार्थीको मनोबल बढाउने उद्देश्यले पहिलो पटक रसुवाका सामुदायिक विद्यालयका छात्रछात्रालाई पोसाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको शाखा प्रबन्धक कृष्ण तामाङले जानकारी दिए । बैङ्कले भीमली आधारभूत […]

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग र सहजिकरणमा दार्चुलाका नौ जनाको आँखाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैशाख २९ र ३० गते जिल्ला अस्पताल दार्चुला र दार्चुलाकै दुुहुँ गाउँपालिकामा सञ्चालन गरिएको निःशल्क आँखा शिविरमा गरिएको परीक्षणमा मोतियाविन्दुको शल्यक्रिया गराउनुपर्ने देखिएका ११ जनामध्ये नौ जनाको गेटा आँखा […]

असफलता लुकाउन राज्य अराजकताको प्रायोजकः महामन्त्री प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले केही प्रमुख सञ्चारगृहका प्रवेशद्वार र पार्टी सभापति गगन थापाको निवास अगाडि नियोजित रूपमा गाडी तेस्र्याएर बाटो अवरुद्ध गरिएको घटनाप्रति घोर आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता पौडेलले सरकार आफ्नो असफलता लुकाउन अराजकताको प्रायोजक बनेको गम्भीर आरोप लगाए । सञ्चारगृह र नेताको निवास घेर्ने […]

 प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त 

काठमाडौं । प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भइका छन्  । मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उनी प्रेस काउन्सिलको अध्यक्षमा नियुक्यत भएका हुन् नवनियुक्त अध्यक्षद्वयले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र लिएका हुन्

११ महिनामा १३ सय ५४ किलो सुन आयात, जेठमा भने आयात ठप्प

काठमाडौं । सुनको मूल्य आकासिइरहँदा नेपाली बजारमा सुन किन्ने उपभोक्तामा कमी आइरहेको छ। जेठ महिनामा सुनको आयात शून्य रह्यो अर्थात् यस महिनामा सुनको आयात भएको थिएन। मासिक सयौँ किलोग्राम आयात भइरहने सुन जेठ महिनामा ठप्प भएको छ। नेपालमा सुनको आयात वाणिज्य बैंकहरुमार्फत् हुने गर्दछ। व्यवसायीहरुले माग गरेअनुसार बैंकहरुले सुनको आयात गर्ने गर्दछन्। चालु आर्थिक वर्षको […]

सञ्चारमाध्यमका गेटमा सवारी पार्किङ गरिएको घटनाको निष्पक्ष छानबिन गर्न रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालयबाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। सोमबार रास्वपा महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै सञ्चारगृह र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता र प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको उल्लेख गरेका छन् । पार्टीले स्वतन्त्र र निर्भिक पत्रकारिता […]

यातायात कार्यालयको सेवाहरू बन्द

काठमाडौं । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र एकान्तकुना ललितपुरले विभिन्न सेवाहरू बन्द भएको जनाएको छ । यातायात व्यवस्था विभागमा रहको सर्भरमा आएको समस्याका कारण ईडीएलभीआरएस प्रणाली अवरुद्ध भएकाले कार्यालयबाट प्रवाह हुने लाइसेन्स वितरण, दुई प्राङ्गे सवारी साधनको ब्लुबुक नवीकरण, आज हुने लिखित परीक्षा र ए/के र एफ/जी को प्रयोगात्मक परीक्षा बाहेकका सम्पूर्ण सेवाहरू बन्द […]

२६ लाख थान सवारी लाइसेन्स छापियो, साउनदेखि वितरण गर्ने

काठमाडौं । सरकारले लामो समयदेखि छपाइ हुन बाँकी रहेका करिब २६ लाख सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छापिसकेको जनाएको छ। सुरक्षा मुद्रण केन्द्रले पहिलो चरणमा १२ लाख र दोस्रो चरणमा करिब १४ लाख लाइसेन्स छपाइ सम्पन्न गरेको हो। केन्द्रका अनुसार दोस्रो चरणमा १७ लाख लाइसेन्स छाप्ने जिम्मेवारी दिइएकामा हालसम्म १३ लाख २८ हजार ८४१ वटा […]

प्रबन्ध निर्देशक संगीता पहाडी अदालतको सफाई पछि टेलिकम फर्किन्

काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी विशेष अदालतको सफाइपछि कार्यालय फर्किएकी छन् ।नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा अनियमितता भएको दाबी गर्दै पहाडी मािथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेसँग निलम्बनमा परेकी थिइन् । असार २५ को फैसलामा विशेष अदालतले यस प्रकरणमा कुनै बदनियत नदेखिएको ठहर गरेको थियो । न्यायाधीशद्वय नारायणप्रसाद […]

शिक्षा अधिकृतको शरीरमा मोबविल छर्किने वडा सदस्य पक्राउ

काठमाडौं । शिक्षा अधिकृतको शरीरमा मोबविल छर्किने वडा सदस्य पक्राउ परेका छन् । दाङ, घोराही उपमहानगरपालिका-१५ स्थित पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले शिक्षा अधिकृतको शरीरमा मोविल छर्किने वडा सदस्य उत्तम बुढाथोकी पक्राउ परेका हुन् । पक्राउ पर्ने ४२ वर्षीय बुढाथोकी घोराही उपमहानगरपालिका-१५ का वडा सदस्य हुन्। उनले असार २७ […]