टेकुबाट मात्रै ग्यास वितरण गरेर समस्या समाधान नहुने : सांसद कार्की
काठमाडौं । सांसद प्रकाश सिंह कार्कीले टेकुबाट मात्रै ग्यास बिक्री–वितरण गरेर उपभोक्ताको समस्या समाधान नहुने बताएका छन्। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले भक्तपुर, कीर्तिपुरलगायत विभिन्न स्थानका उपभोक्तालाई टेकुसम्म पुगेर ग्यास लिन व्यावहारिक रूपमा कठिन हुने बताए। उनले भने, “टेकुमा ग्यास बाँडेर हुन्छ ? भक्तपुर, कीर्तिपुर कुना–कुनाका मान्छे कसरी […]

