बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण

काठमाडौं । बागमती प्रदेशमा गत आर्थिक वर्ष ४४ सडक पुल निर्माण सम्पन्न भएका छन्। बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विनियोजित कूल रकममध्ये ६३.४० प्रतिशत खर्च भएको मन्त्रालयका प्रवक्ता मदनकुमार आले मगरले जानकारी दिए। मन्त्रालयअन्तर्गत सोही अवधिमा १३६.६६ किमी ग्राभेल सडक स्तरोन्नति, २३१.३१ किमी कालोपत्रे÷ढलान सडक निर्माण, छवटा झोलुङ्गे (पैदलयात्री पुल), १७ सरकारी भवन, […]

‘कानून निर्माण तथा सुधार वर्ष’ अभियान सफल बनाउन उच्चस्तरीय समिति गठन

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको ‘कानून निर्माण तथा सुधार वर्ष’ अभियानलाई सफल बनाउनका लागि एक उच्चस्तरीय समिति गठन गरिएको छ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको निर्णयअनुसार आर्थिक वर्ष २०८३/८४ लाई ‘कानून निर्माण तथा सुधार वर्ष’ का रूपमा घोषणा गरिएको थियो। मन्त्री गौतमले उक्त अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न […]

नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताएका छन् । कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउनसके नेपाल ‘ग्रे लिस्ट’ बाट चाँडै बाहिर निस्कने आफ्नो विश्वास रहेको उनले बताए । आन्तरिक राजस्व विभाग, लाजिम्पाटबाट देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई बिहीबार सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरणसम्बन्धी […]

पूर्ववरिष्ठ उपरीक्षक साह नै परे ठगीमा

जनकपुरधाम। नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) गोविन्दकुमार साह आफैँ ठगीमा परेको भनी दुखेसो पोखेका छन्। धितोमा रहेको आफ्नो जग्गा बैंकमा पुनःधितो राखी अरु कसैले रु चार करोड ऋण लिएको थाहा पाएपछि आफू ठगीमा परेको उनले जानकारी दिए। धनुषाको विदेह नगरपालिका–८ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–२ मा बसोबास गर्दै आएका साहले आफू ठगिएको थाहा पाएपछि प्रहरीमा […]

विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः धिताल नियुक्त

काठमाडौं । सरकारले विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताललाई पुनः नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले खुला प्रतिस्पर्धामार्फत धिताललाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। नियुक्तिबारे जानकारी दिँदै धितालले सरकारले निर्णय गरेको सूचना आफूले भर्खरै प्राप्त गरेको बताए। उनले बिहीबार पदभार ग्रहण गर्ने तयारी रहेको जानकारी दिँदै नियामक निकायको भूमिकालाई थप प्रभावकारी, […]

कहिले सुध्रिने नेपालको भारतसँगको व्यापार घाटा, साढे ९ खर्ब पुग्यो व्यापार घाटा ?

काठमाडौं ।नेपालले भारतसँगको व्यापारमा साढे ९ खर्ब व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको भारतसँग व्यापार घाटा ९ खर्ब ५१ अर्ब ९५ करोड रहेको छ । समिक्षा अवधिमा १२ खर्ब १० अर्ब ६ करोडको आयात हुँदा २ खर्ब ५८ अर्ब ६५ करोडको निर्यात रहेको […]

अर्गानिक एसोसियसन नेपालका पदाधिकारीसँग भेट पछि प्रधानमन्त्रीको निर्देशन : कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउनु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा अग्र्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अग्र्यानिक कृषि व्यवसायीहरुको छाता संगठन ‘अग्र्यानिक एसोसियसन नेपाल’का पदाधिकारीहरुसँग गरेको छलफलमा उनले सो निर्देशन दिएका हुन् । छलफलको क्रममा पदाधिकारीहरुले अग्र्यानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा […]

रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवले नेपालको रैथाने तथा मौलिक उत्पादनको संरक्षण र प्रवर्द्धनका लागि भौगोलिक संकेत (जीआई) सम्बन्धी कानुन ल्याइने बताएकी छन् । उद्योगमन्त्री यादव र खाद्य तथा कृषि संगठन (एफएओ) का नेपाल प्रतिनिधि केन सिमिजुबीच भएको शिष्टाचार भेटवार्तामा नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने रैथाने वस्तुको ब्रान्डिङ, संरक्षण तथा अन्तर्राष्ट्रिय पहिचानका […]

एक वर्षमा वैदेशिक व्यापार घाटा १७ खर्ब ८१ अर्ब पुग्यो

काठमाडौं । गत आर्थिक वर्ष  २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापार घाटा १६.६३ प्रतिशतले बढेको छ । आयात र निर्यात दुवै वृद्धि भए पनि आयातको हिस्सा ठुलो भएका कारण व्यापार घाटा बढेको देखाउँछ । कुल वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १६.६३ प्रतिशतले बढेको छ । २०८२ साउनदेखि २०८३ असार मसान्तसम्मको वार्षिक तथ्यांकअनुसार नेपालको कुल […]

करदातालाई दपेटेर होइन, खुसी बनाएर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रशासनको व्यवहार र कार्यशैली सुधार गर्दै करदातामैत्री वातावरण बनाउन निर्देशन दिएका छन्। उनले कर उठाउने नाममा करदातालाई त्रसित बनाउने नभई विश्वास, सहजीकरण र स्वेच्छिक कर अनुपालनमार्फत राजस्व संकलन गर्न आग्रह गरेका छन्। बिहीबार आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा विभाग र मातहतका देशभरका कर अधिकृतलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले करदाताको […]