नाइमा एक्स्पोमा दुई दिनमै ५५ हजारले गरे भ्रमण, बुकिङ पनि उच्च

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अवलोकनकर्ताको उल्लेख्य सहभागिता देखिएको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पोको दोस्रो दिन पनि अवलोकनकर्ताको व्यापक सहभागिताले मेलास्थल भरिभराउ बनेको हो । मेलास्थल पुगेका अवलोकनकर्ताले आफूलाई मनपरेका कार छानी–छानी बुक गरिरहेको पाइएको छ । एक्स्पोमा सहभागी […]

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक भव्यताका साथ सार्वजनिक

काठमाडौं । नेपालमा लामो समयदेखि बहुप्रतिक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ (Punch.ev) काठमाडौँमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा लन्च भएसँगै देशैभरका आधिकारिक शोरुमहरूबाट एकैपटक भव्यताका साथ सार्वजनिक गरिएको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको यस विद्युतीय कम्प्याक्ट एसयूभीलाई नेपालभरका शोरुमहरूबाट एकसाथ सार्वजनिक गरिएको जनाएको छ। […]

यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे

काठमाडौं ।  आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेव आज दिल्लीबाट विशेष चार्टर उडानमार्फत नेपाल आइपुगेका छन् । उनको नेपाल आगमनका लागि यती एअरलाइन्सको एटीआर विमान आज नयाँ दिल्ली पुगेको थियो । सद्गुरुको नेपाल आगमनमा यती एअरलाइन्ससँगको चार्टर उडान सहकार्यले यस वर्ष पनि निरन्तरता पाएको छ । सद्गुरु हरेक वर्ष नेपाल भ्रमणमा आउँदा यती एअरलाइन्सको चार्टर सेवामार्फत […]

बजारमा ग्यासको अभाव हटाउन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रुलिङ

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले बजारमा ग्यासको चरम अभाव देखिएको र त्यसबाट उपभोक्ता मर्कामा परेको विषय उठाएपछि अध्यक्ष दाहालले सरकारका नाममा रुलिङ गरेका हुन्। अध्यक्ष दाहालले ग्यास अभावका कारण जनताले भोग्नुपरेको समस्याबारे सांसदहरूले शून्य समय र […]

एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक

काठमाडौं ।सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित समितिले तयार पारेको उक्त प्रतिवेदन सार्वजनिक गर्दै त्यसमा उल्लिखित सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को उक्त निर्णय पछि सूचना तथा सञ्चार मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको हो ।

सुदूरपश्चिमको औद्योगिक विकासको आशाः दैजी औद्योगिक क्षेत्र अन्योलमा

काठमाडौं । साढे पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट नगरपालिकामा प्रस्तावित दैजी क्षेत्र औद्योगिक क्षेत्रको शिलान्यास गरे । सुदूरपश्चिममा औद्योगिक क्षेत्र स्थापना हुने खवरले यहाँको निजी क्षेत्रदेखि स्थानीयवासीसम्मले खुसियाली व्यक्त समेत गरे । तर २०७७ फागुनमा शिलान्यास भएको औद्योगिक क्षेत्र स्थापनाको काम रुख कटान र भोगाधिकारको विषयको फाइल कृषि, वन तथा पर्यावरण मन्त्रालय […]

४४ जिल्लाका १९३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुने

काठमाडौं ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिंहदरबार परिसरमा बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ। उत्पादनमा उपभोक्ताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको सातौँ वार्षिकोत्सवको सन्दर्भ पारेर सो बिक्री कक्ष सञ्चालन ल्याउन लागिएको हो। उक्त बिक्री कक्षको बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उद्घाटन गर्ने कार्यक्रम छ। खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य वस्तु सहज र सुलभ आपूर्तिमा […]

वैदेशिक लगानीको जटिलता : फरक र वृहत् दृष्टिकोणबाट सहजीकरण गर्न सरोकारवालाहरूको जोड

काठमाडौं ।  नेपालमा प्रशासनिक जटिलताका कारण प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अपेक्षित रुपमा भित्रिन नसकेको सरोकारवालाले बताएका छन् । मंगलबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा मोबिलिटी संवाद’मा सरोकारवालाले नेपालमा विदेशी लगानी आकर्षित गर्न आन्तरिक लगानीकर्ताको मनोबल उच्च बनाउनुपर्नेमा जोड दिएका हुन् । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका प्रमुख सत्येन्द्र […]

नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकममा गिरावट

काठमाडौं । नेप्से परिसूचक ०.५५ अंकले बढेर  २६४२.४० विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४८ वटा कम्पनीको ८७ लाख १ हजार कित्ता शेयर कारोबार हुँदा ३ अर्ब ५३ करोड २१ लाख रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा कारोबार रकम ५७ करोड ८८ लाख रुपैयाँले  घटेको हो । मंगलबार कारोबार रकम ४ अर्ब ११ […]

तनहुँमा ग्यास आपूर्ति सहज बनाउन प्रशासनको पहल

काठमाडौं ।  तनहुँमा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन जिल्ला प्रशासन कार्यालयले सम्बन्धित ग्यास उद्योग तथा सङ्घीय निकायसँग समन्वय गरी आपूर्ति बढाउन पहल गरेको छ । जिल्लाका विभिन्न स्थानमा ग्यासको अभाव देखिन थालेपछि प्रशासनले उद्योगसँग प्रत्यक्ष समन्वय गर्दै तत्काल आपूर्ति बढाउन आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार देवघाट क्षेत्रमा ग्यासको अभाव […]