जेनजी शहीदको बलिदान खेर जान दिँदैनौँ : सांसद सुनार

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका शहीदहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता जनाएका छन् । मंगलबार काठमाडौंमा आयोजित जेनजी शहीदहरूको सम्झनामा आयोजित स्मृति सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । सांसद सुनारले शहीद परिवारको पीडालाई स्मरण गर्दै शहीदका छोराछोरी तथा परिवारले दिएको बलिदानकै जगमा नयाँ सुशासनको सुरुवात […]

चिल्लाचिल्ला भाषण गर्ने होइन अहिले तपाईहरुले काम गर्ने नेताहरु चुन्नुभएको छ : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान नेताहरु भाषण गर्ने नभई काम गर्ने भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित जेनजी शहीदहरूको सम्झनामा आयोजित स्मृति सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । गृहमन्त्री गुरुङले विगतमा नेताहरूले गर्दै आएको चिल्ला भाषणको संस्कार परिवर्तन गर्न आफूहरू सरकारमा आएको बताएका छन्। उनका अनुसार  यसअघि धेरै नेताहरूले चिल्ला […]

सञ्चालन आम्दानीमा ४० प्रतिशतको सुधार, ‘होटल फरेस्ट इन’ को क्रेडिट रेटिङ स्थिर

काठमाडौं । काठमाडौँको बूढानीलकण्ठस्थित होटल फरेस्ट इन लिमिटेड को कुल सञ्चालन आम्दानी आर्थिक वर्ष २०८१/८२ को १३ करोड ६० लाख रुपैयाँको तुलनामा ४० प्रतिशतले बढेर आर्थिक वर्ष २०८२/८३ मा १९ करोड १० लाख रुपैयाँ पुगेको छ। सञ्चालनको सुरुवाती चरणमा उच्च स्थिर खर्चका कारण कम्पनीको सञ्चालन नाफा (इबिट्डा) मार्जिन र ब्याज भुक्तानी क्षमता अनुपात नकारात्मक रहे […]

भोटेकोशी बाढीको १३औँ दिन पनि खोज तथा उद्धार कार्य जारी, १३ हजार ३९६ जनाको उद्धार

काठमाडौं । भोटेकोशी बाढी  नदीमा आएको विनाशकारी बाढीपछि आज १३औँ दिनमा पनि सरकारले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत नदीको तटीय क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै घर, भवन, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको छ। प्रभावकारी खोज, उद्धार तथा राहत कार्यका लागि सरकारले […]

जेनजी आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म

काठमाडौं । नेपालको पूर्वाधार तथा विकास निर्माणका क्षेत्रमा ‘जेनजी’ आन्दोलनपश्चात्को वर्षदिनमा थुप्रै नीतिगत र कानुनी सुधारका प्रयास भइरहेका छन् । मुलुकको विकास निर्माणमा वर्षौंदेखिको बाधकका रूपमा चित्रण गरिएको ‘सार्वजनिक खरिद ऐन, २०६३’ जेनजी आन्दोलनपछिको निर्वाचित वर्तमान सरकारले संशोधन गरी समयसापेक्ष बनाएको छ । पूर्वाधार निर्माण र विकास आयोजनाका क्षेत्रमा यो कानुनको समयसापेक्ष संशोधन र परिमार्जनलाई […]

कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफुल

काठमाडौं । उत्तरी कोरला नाकाबाट फलफुल बोकेको १० कन्टेनर भन्सारमा चेक जाँच गरी क्रमशः नेपाल भित्रिन थालेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीपछि रसुवा–केरुङ नाका बन्द भएपछि त्यहाँबाट पैठारी गरिने फलफुल कोरला नाकातर्फ फर्काउन थालिएको हो । केरुङ नाकाबाट फिर्ता आएका फलफुलका कन्टेनर कोरला नाकास्थित लिजीमा आइपुगेपछि नेपाली कन्टेनरले त्यहाँ […]

चीनद्वारा नेपाललाई चौथो किस्ताको राहत सामग्री हस्तान्तरण

काठमाडौं ।  चीन सरकारद्वारा उपलब्ध गराइएको चौथो किस्ताको आपतकालीन राहत सामग्री आज (सेप्टेम्बर ८, २०२६) अपरान्ह काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ। चिनियाँ जनमुक्ति सेना (PLA) को वायुसेनाको ‘Y-20A’ विशाल ट्रान्सपोर्ट विमानमार्फत उक्त सामग्री नेपाल ल्याइएको हो। विमानस्थलमा आयोजित एक कार्यक्रमका बिच नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन […]

इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च

काठमाडौं ।  इरान युद्ध र महत्वपूर्ण समुद्री मार्गबाट कच्चा तेलको ढुवानीमा आएको अवरोधका कारण अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । महँगो इन्धनका कारण अमेरिकी परिवारको यात्रा योजना प्रभावित हुनुका साथै दैनिक खर्चमा समेत थप आर्थिक दबाब परेको छ । अमेरिकामा नियमित पेट्रोलको औसत मूल्य प्रति ग्यालोन चार दशमलव १४ अमेरिकी डलर पुगेको […]

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं ।  नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशन आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा आयोजना गर्ने भएको छ। महाधिवेशनको तयारी, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनका लागि कांग्रेसले राष्ट्रिय सभा गृह बुकिङ गर्न पत्राचार गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा हस्ताक्षरित पत्र अनुसार असोज १५ देखि २० गतेसम्म जम्मा ६ […]

जेनजी आन्दोलनको मर्मअनुसार भ्रष्टाचारमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्नुपर्ने छ : प्रवक्ता ज्वाला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का प्रवक्ता प्रकाश ज्वालाले जेनजी आन्दोलनको जगमा बनेको सरकारले आन्दोलनका माग र भावनालाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने बताएका छन्। भदौ २३ गतेको ऐतिहासिक सन्दर्भ स्मरण गर्दै मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका ज्वालाले आन्दोलनका शहीदहरूको बलिदानको सम्मान गर्न, शहीद परिवारलाई न्यायोचित क्षतिपूर्ति दिन तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न […]