सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

काठमाडौं । बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा भएको छ । त्यहाँ १०७ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त अवधिमा सिन्धुपाल्चोकमा १०३ मिलिमिटर, पश्चिम नवलपरासी (परासी) मा ६९ मिलिमिटर वर्षा भएको विभागका मौसमविद् डेविड ढकालले बताए ।

२०२६ विश्वकप फाइनल: मेसी र यामालबीचको अनौठो संयोग

काठमाडौं । आज फिफा विश्वकप २०२६ को फाइनल खेल अमेरिकाको मेटलाइफ स्टेडियममा हुँदैछ। नेपाली समय अनुसार यो खेल सोमबार बिहान पौने १ बजै सुरु हुनेछ, जहाँ साविक विजेता अर्जेन्टिना र स्पेन उपाधिका लागि भिड्दै छन्। यो फाइनल खेल फुटबलका दिग्गज खेलाडी लियोनेल मेसी र नयाँ युवा स्टार लामिन यामालको भिडन्तका कारण निकै विशेष बनेको छ। […]

निजी क्षेत्रको लगानी भित्र्याएर जिडिपी बढाउने मधेस सरकारको लक्ष्य

काठमाडौं । कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा मधेस प्रदेशको करिब १३ प्रतिशत योगदानलाई वृद्धि गर्न प्रदेश सरकारले आर्थिक गतिविधि विस्तार, उत्पादन वृद्धि तथा निजी क्षेत्रको लगानी प्रोत्साहनलाई प्राथमिकतामा उच्च प्राथमिकतामा राखेर तदनुरुप कार्यारम्भ गरेको छ । प्राकृतिक स्रोत, उर्वर कृषि भूमि, प्रशस्त श्रमशक्ति तथा सीमापार व्यापारको पर्याप्त सम्भावना हुँदाहुँदै पनि प्रदेशको आर्थिक क्षमता पूर्ण रूपमा […]

कामना सेवा विकास बैंकको नाफा ३३.५१% ले बढ्यो, चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक

काठमाडौं । चौथो त्रैमासको पहिलो वित्तीय विवरण सार्वजनिक गर्न कामना सेवा विकास बैंकको  आर्थिक वर्ष २०८२/०८३  मा नाफा बढेको छ। विवरण अनुसार कम्पनीको नाफा आर्थिक वर्ष २०८१/०८२ को तुलनामा ३३.५१ प्रतिशतले  बढेको छ । बैंकले गत आवमा ८९ करोड ४१ लाख ७८ हजार १२६ रुपैयाँ नाफा कमाएको थियो। अघिल्लो आवको तुलनामा बैंकले २२ करोड ४४ […]

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य १ हजार ९ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा खरिदबीक्र भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज, चाँदी पनि २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ […]

बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम भन्दै सचेत रहन आग्रह गरेको छ । यससँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको छ । प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले नदीमा पानीको बहाव बढेर बाढी जोखिमको अवस्था आएमा […]

मञ्जुश्री फाईनान्सको संस्थापक सेयर लिलाम बिक्रीमा

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । फाइनान्सले आइब्रोक्स इन्टरनेशनल प्रालिको नाममा रहेको १ हजार ८६५ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त कम्पनीबाट सेयर बिक्रीका लागि आवेदन आएको भन्दै फाइनान्सले उक्त सेयर किन्न इच्छुक हाल कायम संस्थापक सेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको थियो । तर, ३५ दिनको समय राखेर चैत […]

जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिइने

काठमाडौं । सरकारले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै जोखिमको अवस्था मूल्याङ्कन गरेरमात्रै प्रभावित जिल्लामा सवारीसाधन चलाउन दिने भएको छ। देशका २१ जिल्लामा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको हो। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले सम्भावित […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३२, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४८, आलु रातो (गोलो) प्रतिकिलो रु ४६, आलु रातो (मुढे) प्रतिकिलो रु […]

फर्स्ट माइक्रोफाइनान्सको नाफामा ७३ प्रतिशतकाे सुधार, अन्य सूचक कस्ता ?

काठमाडौं । फर्स्ट  माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३ प्रतिशतले नाफा बढेको हो । गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले १९ करोड ७ लाख रुपैयाँ खुद […]