रुपाकोट रिसोर्टले आईपीओ निष्कासनको तयारी थाल्यो, एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । रुपाकोट रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी अघि बढाएको छ। आईपीओ निष्कासनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो। रुपाकोट रिसोर्ट र एनआईसी एशिया क्यापिटलबीच ‘आईडीया टु आईपीओ’ सेवाअन्तर्गत सम्झौता भएको छ। उक्त सेवामार्फत क्यापिटलले कम्पनीलाई स्थापनाकालदेखि आईपीओ निष्कासनसम्म आवश्यक परामर्श तथा अन्य सेवा उपलब्ध गराउनेछ। कास्कीको रुपा–६, […]

चन्द्रमाबाट ग्रेट वाल होइन, नेपालको ग्यासको लाइन देखिन थाल्यो : एमाले सांसद पोर्तेल

काठमाडौं । नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले नेपालमा देखिएको ग्यास अभाव र उपभोक्ताले भोग्नुपरेको समस्याप्रति व्यंग्य गर्दै चन्द्रमाबाट नेपालको ग्यासको लाइन देखिन थालेको टिप्पणी गरेका छन्। बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद पोर्तेलले विगतमा चन्द्रमाबाट चीनको ‘ग्रेट वाल’ देखिने चर्चा हुने गरेको उल्लेख गर्दै अहिले नेपालको ग्यासका लागि लाग्ने लामो लाइनसमेत देखिन थालेको बताएका हुन्। […]

खैरो–सूचीबाट बाहिरिन कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्न सचिव बैठकको निर्देशन

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सुधारका लागि वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले औँल्याएका विषयलाई सम्बोधन गर्दै नेपाललाई खैरो–सूची (ग्रे लिस्ट) बाट बाहिर निकाल्न तयार गरिएको कार्ययोजनालाई प्रभावकारी र समयबद्ध रूपमा कार्यान्वयन गर्ने भएको छ। सचिव बैठकले सम्बन्धित मन्त्रालय, निकाय तथा नियामक संस्थालाई कार्ययोजनामा तोकिएका सुधारका काम प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिएको हो। बैठकले […]

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं । सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ मा विद्युत् महसुल दरको पुनरावलोकन गर्न समिति गठन गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने गृहकार्य अगाडि बढाएको हो । यसैबीच प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको […]

राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ?

काठमाडौं ।सरकारले राहदानीसम्बन्धी विद्यमान कानुनी व्यवस्थालाई समयसापेक्ष बनाउन ‘राहदानी ऐन, २०७६’ लाई संशोधन गर्न बनेको विधेयक, २०८३’ सङ्घीय संसद्‌मा प्रस्तुत गरेको छ । विधेयकले राहदानी जारी गर्ने प्रक्रियादेखि कूटनीतिक तथा विशेष राहदानीको प्रयोग, विदेशमा रहेका नेपालीलाई राहदानी उपलब्ध गराउने व्यवस्था, राहदानी रोक्का तथा रद्द गर्ने आधार र राहदानी दुरुपयोगमा हुने सजायसम्मका विषयमा महत्त्वपूर्ण परिवर्तन प्रस्ताव […]

गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘आफ्नो भोटरसँग जोक गर्न हुँदैन त ?’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले केही दिनअघि आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ का मतदातालाई लक्षित गर्दै दिएको ‘भोट फिर्ता लैजानुस्’ भन्ने अभिव्यक्ति आफूले मजाकका रूपमा दिएको बताएका छन्। बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै गुरुङले उक्त अभिव्यक्ति मतदातासँग गरिएको ‘जोक’ भएको दाबी […]

जीवन बीमा सूचकले घटायो शेयर बजार, निरन्तर तीन दिन घट्यो बजार

काठमाडौं । बुधबार पनि शेयर बजार घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज , नेप्से ०.२६ अंकले घटेर २६२२.२२ विन्दुमा पुगेर बन्द भएको हो । बुधबार सेन्सेटिभ इन्डेक्स ०.०८ अंकले घटेर ४६१.० विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.०२ अंकले घटेको हो । बुधबार ३४६ वटा कम्पनीको ९५ लाख ८ हजार ८८२ […]

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं । एनसेलले आज भाद्र २, मंगलबारबाट लागु हुने गरी १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन कलको पल्स दर परिवर्तन गरेको छ । कम्पनीले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२, २०८३ को स्वीकृति बमोजिम ६० सेकेन्डको नयाँ पल्स दरमा लागु गरेको हो । दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार प्राधिकरणले एनसेलको नयाँ […]

‘न्यु फेमिलि गर्ल्स होस्टेल’ मा खानामा किरा ,३ लाख रुपैयाँ जरिवाना

काठमाडौं । काठमाडौंको बालकुमारीस्थित ‘न्यु फेमिलि गर्ल्स होस्टेल’ मा खानामा किरा भेटिएको तथा छात्रालाई धम्की दिइएको सम्बन्धमा सामाजिक सञ्जालमार्फत प्राप्त गुनासोका आधारमा अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी प्रभाग कोटेश्वरको संयुक्त टोलीले होस्टेलमा अनुगमन गर्दा सरसफाइको अवस्था कमजोर रहेको तथा खाद्य सामग्री अस्वस्थ अवस्थामा राखिएको पाइएको हो। अनुगमनका क्रममा होस्टेलमा खाद्य स्वच्छता […]

१० वर्ष बित्दासमेत अलपत्र खोटाङको बाक्सिला सबस्टेसन

खोटाङ। जिल्लाको उत्तरी क्षेत्रका स्थानीयवासीलाई गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित सिम्पानीमा १० वर्षअघि नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन निर्माण सुरु गरिएको थियो। तीन वर्षमा सम्पन्न गर्ने गरी विसं २०७३ भदौमा भारतीय ठेकेदार कम्पनी एटुजेड इन्फ्रा इञ्जिनियरिङ लिमिटेडले सम्झौता गरेको सबस्टेसन अहिले पनि पूरा भएको छैन। निर्माणस्थलमा सबस्टेसनका लागि आवश्यक पर्ने विद्युतीय उपकरण ल्याइए […]