दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा

काठमाडौं । स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु उत्पादन तथा सङ्कलन सहकारी संस्थाले दूध बिक्रीबापतको रकम लामो समयदेखि भुक्तानी नगर्दा करिब दुई सय दुग्ध किसान आर्थिक सङ्कटमा परेका छन् । प्रारम्भिक रूपमा ६० किसानको रु २२ लाख ६५ हजार २०० बक्यौता प्रमाणित भइसकेको छ भने पीडितका अनुसार रकम पाउन बाँकी किसानको सङ्ख्या अझै धेरै छ […]

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको लागि तीनजनाको नाम सिफारिस

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि अर्थमन्त्री स्वर्णिम वाग्लेको नेतृत्वको सिफारिस समितिले आबेदन दिएक मध्ये  तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको छ। अब मन्त्रिपरिषद् बैठकले सिफारिस भएका मध्ये एक जनालाई नियुक्त गर्नेछ। सिफारिस समितिले याङ्की उक्याब, मनोज पौडेल र सुमनमानसिंह बस्नेतको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो। लगानी बोर्डको सिईओ समितिमा राष्ट्रिय योजना […]

विद्युतीय सवारी साधानले घटाउन सकेन पेट्रोलियम पदार्थको खपत, २१ प्रतिशतले बढ्यो पेट्रोलियम पदार्थको खपत

काठमाडौं ।उच्च विद्युतीय सवारी साधान आयात हुँदा पनि पेट्रोलियम पदार्थको खपतमा कमी आउन सकेको छैन । पेट्रोलियम पदार्थको कारण नेपालको व्यापार घाटा उच्च रहँदै आएकोमा त्यसलाई विद्युतीय सवारी साधानले विस्थापित वा कमी ल्याउन सकेको छैन । सरकारले स्वेदशमा उत्पादित बिजुलीको खपतलाई वृद्धि गरी व्यापार घाटा न्यून तथा अर्थतन्त्र बलियो बनाउने भने पनि तथ्यांकमा त्यसो हुन […]

लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आज साउन १४ गतेदेखि १० वर्षे अवधि भएको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन गरेको छ । बैंकले प्रतिऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशतले हुन आउने १८ लाख कित्ता […]

भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५७ लाख ८५ हजार ३८६.३५ कित्ता सेयरको लकइन अवधि भदौ १७ गतेबाट सकिने भएको छ । कम्पनीको संस्थापक सेयरधनीहरूको ५० लाख ८६ हजार ९९.२५ कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दातहरूको ६ लाख ७८ हजार २३९.९० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरूको २० हजार ३४७.२० कित्ता सेयरको लकइन अवधि सकिने […]

सन नेपाल लाइफको करिब ४ लाख कित्ता सेयरको लकइन अवधि भदौमा सकिने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ करोड ७७ लाख ७२ हजार २४ कित्ता सेयरको लकइन अवधि आउँदो भदौ १४ गतेबाट सकिने भएको छ । सन नेपाल लाइफको नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल ५ करोड २८ लाख २७ हजार ९३६ कित्ता सेयरहरू (बोनस सेयर र हकप्रद सेयर सहित) मध्ये ३ करोड ७७ […]

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दैछ । आजको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य […]

अघिल्लो वर्षभन्दा १५.१२ प्रतिशत बढी बीमा शुल्क सङ्कलन, निर्जीवन कम्पनीहरुले गरे ५० अर्बमाथिको व्यवसाय

काठमाडौं । १४ वटा निर्जीवन बीमा कम्पनीहरुले साढे ५० अर्बमाथिको ब्यवसाय गर्ने सफल भएका छन् । गत आर्थिक वर्ष २०८२/८३ सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका हुन् । निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन अघिल्लो आर्थिक वर्ष २०८१।०८२ को तुलनामा १५.१२ […]

गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, एनआरएनसँग धितोपत्र बोर्डकाे छलफल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड र गैर आवासीय नेपालीका प्रतिनिधिहरू बीच आज बोर्डमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा बोर्ड अध्यक्ष डा. गोपाल प्रसाद भट्ट लगायत बोर्डका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो। बोर्ड अध्यक्षले नेपाल सरकारले बजेट वक्तव्यमा गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन कानूनी व्यवस्थामा सुधार गर्ने कार्यक्रम तय […]

उद्योग विभागको अधिकांश सेवा अनलाइनबाटै लिन सकिने

काठमाडौं । घण्टौँसम्म ट्राफिक जाम सहँदै, फाइलको बिटो बोकेर त्रिपुरेश्वरस्थित उद्योग विभागको कार्यालय धाउनुपर्ने बाध्यता अब उद्यमी तथा व्यवसायीहरूका लागि विगत बन्ने भएको छ। नयाँ उद्योग खोल्ने सपना बोकेका युवा हुन् या आफ्नै व्यवसायको विस्तारमा लागेका उद्यमीहरू सबैका लागि विभागको ढोका धाउनुपर्ने झन्झट अन्त्य गर्दै सरकारले डिजिटल प्रविधितर्फ फड्को मारेको छ। उद्योग विभागले आफ्ना अधिकांश […]