खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

काठमाडौं । इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठुलो क्षति भएपछि पेन्टागनले पर्सियन खाडीमा दशकौँदेखि कायम अमेरिकी सैन्य उपस्थितिको पुनर्मूल्याङ्कन थालेको छ । द वासिङ्टन पोस्टका अनुसार युद्धपछि अमेरिकी सैन्य संरचना कस्तो बनाउने भन्ने विषयमा विभिन्न विकल्पमाथि प्रारम्भिक छलफल भइरहेको छ। पेन्टागनको नीति शाखा, ज्वाइन्ट स्टाफ र अमेरिकी सेन्ट्रल कमान्डले क्षतिग्रस्त सैन्य आधार पुरानै स्वरूपमा पुनर्निर्माण […]

एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्र्याकिङ प्रणाली सुरु

काठमाडौं । एनएमबि बैंकले आफ्नो डिजिटल रुपान्तरणको यात्रामा एक महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै अनलाइन कर्जा आवेदन  (Online Loan Application) तथा ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ। यस नवीन व्यवस्थासँगै ग्राहकहरूले अब बैंक धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्। नयाँ डिजिटल पोर्टल मार्फत ग्राहकहरूले जुनसुकै स्थान वा म्भखष्अभ बाट सजिलै कर्जाको लागि आवेदन दिन […]

विश्वकै सबैभन्दा ठूलो ब्याट्री-इलेक्ट्रिक विमानले मात्र ५ डलर बराबरको बिजुली प्रयोग गरी २७ मिनेट उडान भर्यो

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो ब्याट्री-इलेक्ट्रिक विमानले मात्र ५ डलर बराबरको बिजुली प्रयोग गरी आफ्नो पहिलो उडान सफलतापूर्वक पूरा गरेको छ। ‘हार्ट एरोस्पेस’ (Heart Aerospace) को २५,००० पाउन्ड तौल भएको X1 डेमोन्स्ट्रेटर विमानले २७ मिनेट उडेर मेगावाट-स्तरको इलेक्ट्रिक प्रोपल्सन प्रणालीको पहिलो हवाइ परीक्षण पूरा गरेको हो। न्युयोर्कस्थित प्लाट्सबर्ग इन्टरनेसनल एयरपोर्टबाट २७ मिनेट उडान भरेको X1 […]

अनुदान र सहुलियतपूर्ण ऋण एउटै डालोमा राख्न मिल्दैन : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा आउने वैदेशिक सहायता, अनुदान र सहुलियतपूर्ण ऋणलाई एउटै दृष्टिकोणबाट हेर्दा भ्रम सिर्जना भएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षण सम्बन्धमा छलफल गर्दै अर्थमन्त्री वाग्लेले यस वर्षको बजेटमा वैदेशिक ऋण र अनुदानको यथार्थ अवस्थाबारे स्पष्ट पारेका हुन् । उनले विगतमा बजेटमा ठूलो […]

पर्यटकीय चहलपहल बढे पनि ठूला होटलको व्यापार खुम्चियो,आम्दानीमा १४.५३ प्रतीशतले गिरावट

काठमाडौं । नेप्से सूचीकृत होटल तथा पर्यटन समूहका ८ वटा कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा ५  वटा कम्पनी खुद घाटामा रहेका छन् । सोल्टी होटल र कालिञ्चोक दर्शन बाहेक अन्य कम्पनीको नाफा घटेको छ। एक वर्षको अवधिमा कालिञ्चोक दर्शनको खुद नाफा १०५ […]

नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै  

काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि., एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रा.लि. तथा फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट् प्रा.लि. को संयुक्त आयोजनामा नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी  आगामी २०८३ साल भदौ १९ देखि २१ गतेसम्म काठमाडौं स्थित भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ । नेपालको बिद्युत, ऊर्जा, […]

सासेक सदस्य राष्ट्रबीच भन्सारसम्बन्धी  पूर्व–आगमन सूचना आदानप्रदान समझदारी

काठमाडौं । दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत नेपाल, भुटान, बङ्गलादेश र माल्दिभ्सका भन्सार प्रशासनबीच व्यापार सहजीकरण तथा भन्सार नियन्त्रणलाई प्रभावकारी बनाउनेसम्बन्धी समझदारी भएको छ । सासेक राष्ट्रहरूका भन्सार प्रशासनबीच व्यापार सहजीकरण तथा मालवस्तुमाथि भन्सार नियन्त्रणका लागि आगमन–पूर्वको सूचना आदानप्रदानसम्बन्धी सहयोगको आशयपत्रमा चार देशका भन्सार प्रशासनले हस्ताक्षर गरेका हुन् । माल्दिभ्समा आयोजित सासेकको १४औँ […]

नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा । नापि कार्यलय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ। मिथिला बिहारी नगरपालिका वडा नं ३ का ३१० परिवारलाई लालपुर्जा वितरण गरिएको हो। साबिक मिथलेश्वर महुवाही वडा नं. १,२,३,४,५,६,७,८ र ९ अन्तर्गत पर्ने स्ववासी जग्गाको नापजाँच आर्थिक वर्ष  २०७२/०७३ मा सम्पन्न भएको थियो। नापजाँच सम्पन्न भए पनि […]

ईभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक सय वटा विद्युतीय वाहन भित्रिएका छन् । मुस्ताङ भन्सार कार्यालयका अनुसार एक महिनामा यो नाकाबाट आयात भएका विद्युतीय सवारी साधन र अन्य सामग्रीबाट राज्यकोषमा रु २९ करोड राजस्व दाखिला भएको छ । यो नाकाबाट दैनिक १० वटा कन्टेनरको भन्सार जाँचपास भइरहेको भन्सार प्रमुख विदुर चुडाललले […]

नेपालगन्ज–पोखरा उडान पुनः सुरु हुँदै

काठमाडौं । लामो समयदेखि रोकिएको नेपालगन्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ । निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ ३१ गतेदेखि नेपालगन्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ । बुद्ध एयर नेपालगन्जका प्रमुख विनीतविक्रम शाहले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए […]